वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा सङ्कुचन देखिएको छ । वीरगञ्ज नाका प्रयोग गरी हुने मालवस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि त्यसको नकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको छ ।
गत आर्थिक वर्षको साउनमा वीरगञ्ज नाकाबाट कुल १६ हजार चार सय ३७ प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा चार हजार पाँच सय ८९ कम आर्थिक ११ हजार आठ सय ४८ प्रज्ञापन पत्रमात्र कारोवारका लागि प्रयोग भएका छन् । यो समीक्षा अवधिको तुलनामा २७।९१ प्रतिशत कम हो । वीरगञ्ज भन्सारबाट ग्रिन च्यानलमार्फत हुने कारोबारमा ३९ प्रतिशत, एलो च्यानलबाट हुने कारोबारमा २० प्रतिशत र रेड च्यानलमार्फत हुने कारोवार २७ प्रतिशतले कमी आएको भन्सार कार्यालयले जनाएको छ ।
गत आवको साउनमा ग्रिन च्यानलबाट चार हजार ६६, एलो च्यानलबाट चार हजार तीन सय ६० र रेड च्यानलबाट आठ हजार ११ वटा प्रज्ञापनपत्रमार्फत कारोबार भएकोमा चालु आवको सोही अवधिमा ग्रिन च्यानलबाट एक हजार पाँच सय ८०, एलो च्यानलबाट तीन हजार पाँच सय १२ र रेड च्यानलबाट पाँच हजार आठ सय ५० प्रज्ञापनमार्फत कारोबार भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले वैदेशिक मुद्राको सञ्चितिलाई सन्तुलित गर्न सरकारले १० वटा विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धकै कारण कारोबार कम भई राजस्व सङ्कलनमा समेत असर परेको बताउनुभयो ।
असार ३१ गते नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चारपाङ्ग्रे सवारीसाधन लागायतका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएपछि वीरगञ्ज नाकाको कारोबारमा कमी हुँदै गएको सूचना अधिकारी गुप्ताले जानकारी दिनुभयो । उहाँले आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन तथा कारोबारमा केही गिरावट देखिए पनि आउने दिनमा राजस्व सङ्कलनमा सुधार हुँदै जाने बताए । सरकारले राजपत्रमा प्रकाशित गरी लगाएको प्रतिबन्ध हटाइएकाले कारोबारमा बढोत्तरी हुँदै जाने विश्वास व्यक्त गरे ।
कारोबारमा देखिएको सङ्कुचनकै कारण वीरगञ्ज भन्सारले राजस्व सङ्कलनको मासिक लक्ष्य हासिल गर्न सकेको छैन । साउन महिनाका लागि भन्सार विभागले रु १५ अर्ब २० करोड सात लाख राजस्व सङ्कलनको लक्ष्य दिएको तुलनामा कार्यालयले रु दुई अर्ब २१ करोड आठ लाख कम अर्थात् रु १२ अर्ब ९८ करोड ९९ लाख मात्र राजस्व हासिल गरेको अधिकृत गुप्ताले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: