Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

बन्दीपुरमा आधुनिक घर निर्माणमा प्रतिबन्ध

खबरडबली संवाददाता

तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दीपुर क्षेत्रमा आधुनिक घर निर्माणमा प्रतिबन्ध लगाइएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले आधुनिक घर बनाउनेका लागि नक्सापास रोकिदिएको छ । गाउँपालिकाले मौलिक घर संरक्षण कार्यलाई प्राथामिकता दिएर योजना अघि बढाएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । नमूना सहरको रूपमा ख्याति कमाएको बन्दीपुरको साख जोगाइराख्नका लागि अब बन्ने घर निर्माणमा अनिवार्यरूपमा पिलर छोपिने गरी परम्परागत शैली झल्किने किसिमको बनाउन निर्णय भएको उनले बताए ।

बन्दीपुर गाउँपालिकाको वडा नं २ र ४ को बन्दीपुर टाउन क्षेत्रमा आधुनिक किसिमका घर निर्माण नगर्न कडाइ गरिएको छ । आधुनिक घरले मौलिकता गुमाउने हुँदा त्यसमा प्रतिबन्ध लगाइएको अध्यक्ष थापाले जानकारी दिए ।

आरसिसी घर बनाए पनि परम्परागत शैली झल्किने, सटर राख्न नपाउने र झ्यालढोका काठको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । बन्दीपुरका परम्परागत घरहरूमा काठका बुट्टा भएका झ्याल, ढोका तथा बरण्डा, इँटा बाहिर देखिने प्यागोडा शैलीका घरले बन्दीपुरको मुख्य आकर्षण बढाएको छ । उक्त क्षेत्रमा घर बनाउने व्यक्तिलाई सटर तथा च्यानलगेट र आल्मुनियमका झ्यालढोका राख्न प्रतिबन्ध लगाइएको छ । 

सालको काठ महँगो पर्ने भएकाले सामुदायिक वनसँग सहकार्य गरी सुलभ दरमा घर निर्माणका लागि काठ उपलब्ध गराउन लागिएको छ । पर्यटकीयस्थल भएकाले मौलिक घरले व्यवसाय वृद्धि गर्न सहयोग पुग्ने हुँदा सहुलियत दरमा काठ खरिदका लागि व्यवस्था मिलाइएको गाउँपालिका कार्यालयले जनाएको छ । 

बन्दीपुरमा पर्यटकको आगमन बढेसँगै नयाँ घर बन्ने क्रम पनि उत्तिकै बढ्दै गएको छ । बन्दीपुरबाट धवलागिरिदेखि अन्नपूर्ण माछापुच्छ्रे, मनास्लु, बुद्ध, हिमालदेखि पूर्वका गणेश हिमाल, लाङटाङ हिमशृङखलाका सयौँ चुचुरा सजिलै देख्न सकिन्छ । 

प्रमुख आकर्षण मौलिक घरका अतिरिक्त विभिन्न जातजातिको कला, संस्कृति, ढुङ्गा बिछ्याइएका बाटो, विभिन्न मठमन्दिर, फराकिलो टुँडिखेल, सहिद पार्क, बाख्रा अनुसन्धान केन्द्र, रेशम खेती, प्याराग्लाइडिङ आदि हुन् । 

बन्दीपुरबाट आधा घण्टा ओरालोमा एसियाकै ठूलो मानिने सिद्धगुफा अवलोकन, मर्स्याङ्दी नदीमा जलविहार, छाङ्दीमा क्यानोनिङ, चुनपहरामा चट्टान आरोहण र मनोरम दृश्यले पर्यटक लोभिने गर्दछन् । एकपटक बन्दीपुर घुम्न आएका पर्यटक पटक–पटक दोहो¥याएर आउने गरेको होटल व्यवसायी बैंश गुरुङले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद् बन्ने भएपछि निफ्राबाट लीमा अधिकारीको राजीनामा

काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...

बसपार्कबाट गाडी सञ्चालन नगरे २५ सय सम्म जरिवाना

सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...

ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन घरमा क्षति, साढे ७५ लाख बराबरको नोक्सानी

ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...

सी जिनपिङको पुस्तक जलाएकोमा चीनको चासो, घटनामा छानबिन गर्न निर्देशन

काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...

चौरजहारी नगरपालिकाका नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...

नवनिर्वाचित सांसदहरूको शपथ र बैठक बहुउद्देश्यीय हलमा हुने

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...

घरदैलोमै पुगेर जन्म र मृत्युदर्ताको प्रमाणपत्र

घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: