Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

एमालेले ओली तोके झैँ गठबन्धनबाट भावी प्रधानमन्त्री को ?

अघि सर्लान् त गगन ? विश्लेषक भन्छन् : सम्भावना निकै कम छ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा-एमालेले आउँदो सङ्घीय संसद्को चुनाव जितेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भन्दै अघि बढे तापनि सत्तारुढ गठबन्धनले भने अहिलेसम्म कसैलाई भावी प्रधानमन्त्री तोकेको छैन।

नेपाली काङ्ग्रेसका शेरबहादुर देउवा र माओवादी केन्द्रका पुष्पकमल दाहाल दुवैले प्रधानमन्त्री बन्ने आकाङ्क्षा बोकेको नेताहरू ठान्छन्। 

काङ्ग्रेसभित्र महामन्त्री गगन थापा समेतले यसै निर्वाचनमा प्रधानमन्त्रीमा दाबी गर्ने गरी अघि बढ्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएका छन्। 

तर काङ्ग्रेस प्रवक्ता प्रकाशशरण महत काङ्ग्रेसभित्र को प्रधानमन्त्री बन्ने भन्ने कुरामा "ठूलो विवाद" नभएको बताउँछन्। 

"सभापतिले स्थानीय चुनावमा सफलतापूर्वक नेतृत्व गर्नुभयो र यो चुनावमा पनि पार्टी वहाँकै नेतृत्वमा जाने निश्चित हो," उनी भन्छन्।

ओलीको 'दबाव छैन'

केपी ओली भावी प्रधानमन्त्रीका रूपमा अगाडि आउनु 'एमाले पार्टीको संरचनाका हिसाबले अनपेक्षित' नरहेको प्रवक्ता महत बताउँछन्।

"ओलीले प्रधानमन्त्री बन्ने भन्दैमा हामी आत्तिनुपर्ने केही छैन। वहाँले अवसर पाउँदा समेत असफलता प्रस्तुत गर्नु भएकाले घोषणा गर्दैमा जनमत त्यहाँ जाँदैन," महत ठान्छन्।

"चुनावअघि हामीले पनि भावी प्रधानमन्त्री घोषणा गर्नै पर्ने बाध्यात्मक अवस्था छैन। यसबारे कुरा भएको छैन।"

पछिल्ला दिनमा नेकपा-माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत "पुनः एक पटक देशको नेतृत्व गर्ने चाहना" रहेको सार्वजनिक रूपमा बताउँदै आएका छन्।

प्रचण्डले त्यसरी इच्छा व्यक्त गरे पनि "कुन प्रक्रिया र कसरी" भन्ने गठबन्धन दलबीच प्रस्टता नभइसकेको माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल बताउँछन्।

"दलहरूबीच त्यसबारे स्पष्ट कुरा हुनुपर्छ। अन्यथा अनावश्यक विवाद सिर्जना हुन जान्छ," गजुरेल भन्छन्।

"तर प्रधानमन्त्रीमा ओलीलाई अगाडि सारिएकै हुनाले गठबन्धनलाई दबाव पर्दैन। वहाँको जनमानसमा अब कुनै क्रेज बाँकी छैन। अर्को कोही अनुहार आएको भए केही दबाव हुन सक्थ्यो।"

अन्य दलको सम्भावना कस्तो?

गजुरेलले सत्ता गठबन्धनबाट तेस्रो दल वा व्यक्ति प्रधानमन्त्रीमा बन्ने सम्भावना आफूले नदेखेको बताउँछन्। 

"प्रधानमन्त्री बन्नलाई कम्तीमा एउटा बलियो पार्टी चाहियो, सीट जित्नपर्‍यो। स्थानीय तहको चुनावको नतिजा पनि हेर्नुपर्‍यो," उनले कुनै पार्टीको नाम नतोकीकन भने।

"मलाई लाग्दैन संसद्ले चुन्ने प्रणाली रहेसम्म कसैले बिनाआधार प्रधानमन्त्रीका रूपमा आफूलाई अगाडि सार्छ।"

तर गठबन्धनमा काङ्ग्रेसले दाबी धेरै सिटमा भइरहेको भन्दै खासगरी माओवादी र नेकपा-एकीकृत समाजवादीका नेताहरूले असन्तुष्टि पोखिरहेका छन्।

एमाले र माओवादी केन्द्रका नेताहरूले एक अर्कालाई 'वामपन्थी नरहेको' आरोप लगाए पनि दुवैतर्फ वाम गठबन्धनको चर्चा समेत सेलाएको छैन।

त्यसरी फरक गठबन्धन भएको अवस्थामा 'काङ्ग्रेसलाई घाटा पर्ने' भन्दै सत्ता गठबन्धनभित्र समेत छलफलको क्रम जारी छ।

र विगतमा कसैले बहुमत ल्याउन नसक्ने अवस्थामा नेपालमा ठूला दुई दलबाहेकका नेताहरू पनि प्रधानमन्त्री बनेका छन्।

भदौ १५ सम्ममा सत्ता गठबन्धनमा सीट बाँडफाँडको टुङ्गो लगाउने नेताहरूको आशा छ।

देउवाको मौनता

सत्ता गठबन्धनभित्रै स्थानीय चुनावमा देखिएको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्न चुनावअघि नै भावी प्रधानमन्त्री घोषणा गर्नु महत्त्वपूर्ण हुने आवाज सानै स्वरमा भए पनि उठिरहेको बताइन्छ।

तर यसबेला "गठबन्धनको राप र ताप एवं शीर्ष नेताहरूको बलमिचाइले गर्दा" भावी प्रधानमन्त्रीको कुरा ओझेलमा परेको काङ्ग्रेसनिकट टिप्पणीकार शङ्कर तिवारी बताउँछन्।

काङ्ग्रेस स्वयंले त्यसबारे बहस सुरु नगरेको र अबका केन्द्रीय समिति बैठक समेत आफूहरूले पाउने सीटमा केन्द्रित हुने देखिएको उनी ठान्छन्।

"अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई भावी प्रधानमन्त्री घोषणा गर्न सक्ने अवस्थामा हुनुहुन्छ तर वहाँ गर्नुहुन्न," तिवारी भन्छन्।

"भोलि आफू र प्रचण्डबीच समय बाँडेर प्रधानमन्त्री बन्ने कुनै गोप्य सहमति भएको भए त्यसो भनेर अघि बढ्दा चुनाव लाभदायी नहुन सक्छ। त्यसले नै देउवालाई भावी प्रधानमन्त्री घोषणा गर्न रोकेको हुन सक्छ।"

गगन थापा अघि सर्लान्?

नेपाली काङ्ग्रेस महामन्त्री गगन थापाले पछिल्लोपटक एक टेलिभिजन कार्यक्रममा यसैपटक आफूले प्रधानमन्त्रीमा दाबी गर्ने बताएका थिए। 

अर्का महामन्त्री विश्वप्रकाश शर्माको समेत उनलाई साथ दिने बताउँदै आएका छन्। 

तर पार्टीको पछिल्ला केन्द्रीय समिति बैठकमा स्वयं थापासहित उनी र अन्य केन्द्रीय सदस्यहरू यसबारे मौन देखिन्छन्। 

"चुनावमा टिकट कसरी बाँडिन्छ भन्ने पछिल्लो चुनावमा देखिइसकियो। अझै पनि अधिकारहरू सबै सभापतिलाई एकल रूपमा दिइएको छ," तिवारी भन्छन्।

"स्वाभाविक अवस्थामा यसपटक गगन थापा प्रधानमन्त्रीमा आउने सम्भावना निकै कम छ।" बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending