Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममाः अर्थमन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताए। 

मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताए। उनले देशमा विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सवल हुँदै जाने विश्वास व्यक्त गरे। उनले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिए ।

मन्त्री शर्माले निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै देशमा लगानीयोग्य वातावरण रहेको बताए । कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई उनले आग्रह गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।  ...

‘नेपाल र कतारबीच लगानी एवं सहकार्य बिस्तारका लागि ‘टिम’ निर्माण गर्ने समझदारी’

काठमाडौँ । नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसूमह’ गठन गर्ने समझदारी भएको छ । कतारका अम...

पोखरा फेवातालमा डुंगा दुर्घटना, पाँच जनाको सकुशल उद्धार

पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।  अचानक आएको हावाहुरीक...

लगानी प्रवर्द्धनका लागि अध्यादेश मार्फत कानुनको संसोधन स्वागतयोग्य: महासंघ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि कानुन र नियमावलीमा अध्यादेश मार्फत गरेको संसोधनको स्वागत गरेको छ ।  एक विज...

कतारी अमिरको सम्मानमा द्वारिका होटलमा दिवाभोज

काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवाभोजको...

नेपाल र कतारबीच के-के विषयमा भयो सम्झौता ?

काठमाडौँ।  नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ ।  कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा बुधबार विभिन...

बैकिङ्ग कसुरमा फरार रहेकि करुणा शाही पक्राउ

बाँके। बैकिङ्ग कसुरमा फरार रहेकी करुणा शाहीलाई प्रहरीले पक्राउ गरेको छ । कहोलपूर नगरपालीका ११ वस्ने करुणा शाहीलाई ईलाका प्रहरी कार्यलय कोहलपूर बाँकेले...

कतारी राजा र प्रधानमन्त्री प्रचण्डबीचको भेटवार्ता सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका कतारका अमिर अल ...

विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्छ: मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्ने बताएको छन् । खानी तथा भूग...

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमै फोहर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा फोहरलाई स्रोतमा घटाउने, उत्पादित फोहरलाई विद्यालयकै परिसरमा व्यवस्थापन गर्ने प्रणाली कार्या...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies