नयाँ दिल्ली । भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि३२पिटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो ।
भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबङ्की नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्रगतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । सो घटनामा परी बाँके राप्तीसोनारी गाउँपालिका बिनौना गाउँका प्रेम थारू, शीतल थारू, दाङ बेलतापुरका चक्रबहादुर वलीको मृत्यु भएको र एक मृतकको सनाखत हुनसकेको छैन ।
उक्त दुर्घटनामा परेका बाँके बैजापुरका ५० वर्षीय रावत, ४० वर्षीय अमरबहादुर, बारबर्दियाकी ३५ वर्षीया रीताकुमारी थारू, दाङका २८ वर्षीय कृष्ण, रुकुमका ४० वर्षीय कालीबहादुर र तनहुँका ४० वर्षीय हरिशरणको अवस्था जटिल रहेकाले उनीहरूलाई लखनउस्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ ।सल्यान घुइयाबारीका २९ वर्षीय बहादुर राना, पद्मा राना, बाँके बिनौनाका १७ वर्षीय मनोज, मनमती कौर, १९ वर्षीय सुनील थारू, १६ वर्षीय विजय थारू, १८ वर्षीय हरि योगी र सन्तोष पनि घाइते भएकाले उनीहरुलाई बाराबङ्कीस्थित जिल्ला अस्पतालमा उपचार गराइरहेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: