Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

‘धानमा आत्मनिर्भर’को नारा, बिउमा भारत–चीनकै भर

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । सरकारले २३औँ राष्ट्रिय धान दिवस यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित मनाइरहेको छ। तर, यही आत्मनिर्भरताको नाराबीच नेपाली किसानले प्रयोग गर्ने धानको बिउ भने अझै विदेशी बजारकै भरमा रहेको तथ्यांकले देखाएको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा मात्रै नेपालले १ अर्ब २९ करोड ९४ लाख रुपैयाँ बराबरको २ हजार ९ सय ९३ टन धानको बिउ आयात गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा आयात मूल्य ११.४२ प्रतिशतले बढेको हो। एक वर्षमै बिउ आयातमा १३ करोड ३१ लाख रुपैयाँ थपिएको छ।

सबैभन्दा धेरै बिउ भारतबाट आयात भएको छ। ११ महिनामा भारतबाट मात्रै १ अर्ब १४ करोड २५ लाख रुपैयाँ बराबरको २ हजार ६ सय ६९ टन बिउ नेपाल भित्रिएको छ। चीनबाट १५ करोड ६७ लाख रुपैयाँ बराबरको ३ सय २४ टन बिउ आयात भएको छ। यसरी नेपालले आयात गर्ने धानको बिउमध्ये ९९ प्रतिशतभन्दा बढी हिस्सा भारत र चीनकै छ।

सरकारले धानको बिउ उत्पादनमा आत्मनिर्भर उन्मुख भएको दाबी गरे पनि किसानको रोजाइमा पर्ने हाइब्रिड (वर्णशंकर) बिउ पर्याप्त मात्रामा स्वदेशमै उत्पादन हुन नसक्दा विदेशी बिउको निर्भरता घट्न सकेको छैन।

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. माथुर यादवका अनुसार नेपाललाई वार्षिक करिब ७१ हजार टन धानको बिउ आवश्यक पर्छ भने आन्तरिक उत्पादन ७० देखि ७८ हजार टनसम्म हुने गरेको छ। तर त्यो तथ्यांकले देखाएजस्तो आत्मनिर्भरता व्यवहारमा देखिँदैन।

उनका अनुसार नेपालमा प्रयोग हुने बिउमध्ये करिब ७७ प्रतिशत अनौपचारिक प्रणालीबाट चल्ने गरेको छ। अर्थात् किसानले आफ्नै बिउ राख्ने वा एकअर्कासँग साटासाट गरेर प्रयोग गर्छन्। प्रमाणित तथा औपचारिक बिउको हिस्सा भने जम्मा २३ प्रतिशत मात्रै छ। आयात हुने बिउमध्ये अधिकांश हाइब्रिड भएकाले विदेशी बजारको भर पर्नुपरेको उनले बताए।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले हालसम्म १५० भन्दा बढी उन्नत धानका जात विकास गरिसकेको भए पनि किसानको बढी रोजाइमा पर्ने स्वदेशी हाइब्रिड धान भने जम्मा दुई जात मात्रै छन्। यही कारण विदेशी कम्पनीका हाइब्रिड बिउले नेपाली बजारमा प्रभुत्व जमाइरहेका छन्।

बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बाली विकास अधिकृत डा. प्रकाश आचार्यका अनुसार स्वदेशी हाइब्रिड बिउको उत्पादन बढाउन नसक्दा किसान विदेशी बिउ प्रयोग गर्न बाध्य भएका हुन्। उनका अनुसार खुमल, हर्दिनाथ, सावित्रीजस्ता उन्नत जात नेपालमै उत्पादन भइरहेका छन्, तर हाइब्रिड बिउको विकल्प अझै कमजोर छ।

उता, नार्कले पनि आफ्नो उत्पादन क्षमता पर्याप्त नभएको स्वीकार गरेको छ। नार्कका प्रवक्ता डा. भानुभक्त पोखरेलका अनुसार देशभर आवश्यक पर्ने बिउको तुलनामा नार्कले वार्षिक करिब २ सय टन मात्रै स्रोत बिउ उत्पादन गर्न सक्छ। त्यसलाई निजी कम्पनी र किसानमार्फत वृद्धि गरिए पनि मागअनुसार पर्याप्त हुँदैन।

खुला सीमाका कारण किसानले भारतबाट आफैं बोकेर ल्याउने बिउको कुनै आधिकारिक अभिलेखसमेत नहुने सरकारी अधिकारीहरू बताउँछन्। यसले वास्तविक निर्भरता सरकारी तथ्यांकभन्दा अझ बढी हुन सक्ने संकेत गर्छ।

पछिल्ला वर्षहरूको तथ्यांक हेर्दा पनि नेपालले बर्सेनि ठूलो रकम खर्चेर धानको बिउ आयात गर्दै आएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब १६ करोड रुपैयाँ, २०८०/८१ मा ८८ करोड रुपैयाँ, २०७९/८० मा ७५ करोड रुपैयाँ र २०७८/७९ मा ८७ करोड रुपैयाँ बराबरको बिउ आयात गरिएको थियो। आर्थिक वर्ष २०७७/७८ मा भने नेपालले २ अर्ब १७ करोड रुपैयाँ खर्चेर ४५ हजार टनभन्दा बढी धानको बिउ आयात गरेको थियो।

यसरी सरकारले धानमा आत्मनिर्भरताको नारा दोहोर्याइरहे पनि किसानले प्रयोग गर्ने बिउमा विदेशी निर्भरता कायमै छ। कृषि विज्ञहरूका अनुसार आत्मनिर्भरता भाषणबाट होइन, स्वदेशी हाइब्रिड अनुसन्धान, उत्पादन र वितरण प्रणालीमा लगानी बढेपछि मात्रै सम्भव हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending