Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

झापामा कांग्रेसका सबै दाबेदारको नाम सिफारिस, को-को परे?

खबरडबली संवाददाता

झापा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस झापाले सबै उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । पाँच निर्वाचन क्षेत्र भएको झापामा तीन निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि एक÷एक जनाको मात्रै नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर १ का लागि विश्वप्रकाश शर्मा, क्षेत्र नम्बर ३ मा कृष्णप्रसाद सिटौला र  क्षेत्र नम्बर ४ मा देउकुमार थेवेको मात्रै नाम सिफारिस भएको नेपाली कांग्रेसले जनाएको छ । क्षेत्र नम्बर १ मा सिफारिस हुने शर्मा पार्टीको महामन्त्री रहनुभएको छ भने क्षेत्र नम्बर ३ मा सिफारिस हुने सिटौला पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री छन् । क्षेत्र नम्बर ४ मा सिफारिस हुनुभएका थेवे पार्टी सभापति छन् । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, सुधिरकुमार शिवाकोटी, जलकुमार गुरुङ, छत्रबहादुर गिरी र नवीनराज प्रसार्इंको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ५ मा महेन्द्राकुमारी सुब्बा, डा खगेन्द्रपाण्डव अधिकारी, विश्वदिप लिङ्देन, पदमबहादुर पौडेल र मेदनी प्रसाद सिटौलाको नाम सिफारिस भएको छ । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले झापामा कुनै पनि क्षेत्रमा जीत हासिल गर्न सकेको थिएन ।

क्षेत्र नं १ मा सिफारिस भएका शर्मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्र कार्कीसँग पराजित हुनुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएर कार्की निर्वाचित हुनुभएको थियो । क्षेत्र नं ३ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्नुभएका सिटौलालाई राप्रपाका तर्फबाट उम्मेदवार बन्नुभएका राजेन्द्र लिङ्देनले पराजित गर्नुभएको थियो । क्षेत्र नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र राप्रपाबीच चुनावी तालमेल भएको थियो । चुनावी तालमेलका कारण लिङ्देन प्रतिनिधिसभामा सिटौलालाई पराजित गर्दै निर्वाचित भएका थिए ।

प्रतिनिधिसभाको समानुपातिक, प्रदेशसभा प्रत्यक्ष तथा समानुपातिकतर्फ सबैको नाम सिफारिस गरिएको नेपाली कांग्रेस झापाका सभापति थेवेले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending