Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

देव गुरुङ लमजुङबाट प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङ प्रत्यक्षतर्फ पुनः प्रतिनिधिसभा सदस्यका लागि लमजुङबाट उम्मेदवार सिफारिस हुनुभएको छ । जिल्ला समन्वय समिति लमजुङको हिजो बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो । 

उक्त बैठकले महासचिव गुरुङसँगै प्रत्यक्षतर्फ स्थायी कमिटी सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिस गरेको छ । माओवादी केन्द्रका महासचिव गुरुङ २०७४ सालको निर्वाचनमा पनि लमजुङबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। 

सो निर्वाचनमा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार गुरुङले ३९ हजार चार सय ६८ मत प्राप्त गरेका थिए। मनाङको नासों गाउँपालिका–४, ओडारगाउँ घरभई पछिल्लो समय लमजुङ केन्द्रित राजनीति गर्दै आउनुभएका गुरुङको दोस्रो पटक प्रतिनिधिसभाका उम्मेदावर बन्न लागेका हुन्। 

समानुपातिकमा पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङ, ऋषिराम पौडेल र उर्मिला माझीको नाम सिफारिस भएको छ । 

प्रदेशसभा (क) को प्रत्यक्षतर्फ अधिकारी गुरुङ, मेखबहादुर भण्डारी, हरिजङ तामाङ र होमबहादुर विकको नाम सिफारिस भएको छ । केन्द्रीय सदस्य एवं मन्त्री अधिकारी गुरुङ प्रतिनिधिसभा समानुपातिक र प्रत्यक्षतपर्फ दुवैबाट सिपफारिस हुनुभएको छ । प्रदेश (ख) मा केन्द्रीय सदस्य विमल अधिकारी र जिल्ला सचिव रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ ।

बैठकले प्रदेशसभामा समानुपातिकमा जनजाति महिलामा सतिमाया तामाङ, आदिवासी जनजाति पुरुषमा टकराज गुरुङ, दलित पुरुषमा सुनिल सुनार, देवबहादुर गहतराज, खसआर्य महिलामा शोभा थापा, खसआर्य पुरुषमा निराजन कुँवर र दयासागर घिमिरे, अल्पसङ्ख्यकमा नन्दबहादुर कुमाल, दलित महिलामा जुना विक, अजय तामाङ र मुस्लिमतर्फ मोहमद जलालदिन मियाको नाम सिफारिस गरेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ढुसी लागेको सामग्री बेचेपछि काठमाडौं महानगरद्वारा भाटभटेनी स्टोरलाई २ लाख जरिवाना

काठमाडौं । त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केटलाई काठमाडौँ महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गरेको छ।  ढुसी लागेको सामग्री बेचेको पाइएपछि ...

बागमती प्रदेशमा धान उत्पादन घट्यो

बागमती । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पुर्याउँदा धान एक दशमलव ३७ प्रति...

थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी

बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको भए। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको चार वर्ष भयो ।  सुरुमा...

चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ

झापा । यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् । बुधबारे इलाका प्रहरी का...

आजदेखि मुग्लिन-काठमाडौँ सडक दैनिक तीन घण्टा बन्द हुने

भरतपुर । मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ।​ स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा ...

रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदै, १ अर्ब ५१ करोड बिगो माग गर्ने तयारी

काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदैछ। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत...

सोमबार रातिदेखि पश्चिम नेपालमा वर्षा हुने, यस्तो छ आजको मौसम

काठमाडौंमा पनि थोरै बदली भई छिटफुटसम्म वर्षा हुनसक्ने

जनकपुरले एनपीएल उपाधि जितेको खुसीमा सखुवा प्रसौनी गाउँपालिकामा सार्वजनिक बिदा

काठमाडौं । पहिलोपटक भएको देशकै ठूलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको उपलक्ष्यमा पर्साको सखुवा प्रसौनी ...

भण्डारीलाई उक्साउन ‘पुन कार्ड’ खेल्दै माओवादी

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टी राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेको छ। नेकपा एमालेबाट दुई कार्यका...

एमालेनिकट विद्यार्थी संगठनको अवरोधपछि कार्यालय जानै छाडे त्रिवि उपकुलपति बराल

काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कार्यालय घेराउसँगै अवरोध गरेपछि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल कार्यालय जानै छाडेका छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy