काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा सिट बाँडफाँटका विषयमा सहमति हुन बाँकी रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा नेताहरूले सार्वजनिक अभिव्यक्ति दिएजस्तो कांग्रेसले १०० सिटभन्दा तल झरेर सहमति हुने अवस्था नरहेको बताएका हुन्।
मंगलबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले ८० र माओवादी केन्द्रले ६० वरपर सिटमा सहमति हुने बताएका थिए ।
कांग्रेस महामन्त्री थापाले भने कांग्रेसलाई १०० सिटमा झर्नै समस्या भइरहेको र ८० सिटमा झरेर चुनावी तालमेल गर्ने अवस्था नरहेको बताए ।
'गठबन्धनमा अहिले कुनै सहमति भइसकेको छैन । हामी छलफलमै छौँ, छलफल निरन्तर छ । तर अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेका छैनौँ' उनले भने, 'कांग्रेसले कति सिट लिने भन्ने विषयमै हामी निष्कर्षमा पुगेका छैनौँ । अहिले करिब १२७ सिटमा कांग्रेसको दाबी छ, त्यो सिटलाई झारेर १०० सिटमा ल्याउनुपर्नेछ । त्यो नै भइसकेको छैन ।'
उनले कांग्रेसले १०० वटा कुन कुन सिट लिने भन्ने विषयमा समेत पार्टीभित्र छलफल भइरहेको बताए । 'देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ८० सिटमा पहिलो छौँ, र ७० वटा सिटमा दोस्रो छौँ' महामन्त्री थापाले भने, 'केही क्षेत्रमा मात्रै हामी तेस्रो छौँ । दोस्रो भएको ठाउँमा पनि स्वभाविकरुपमा साथीहरुको इच्छा छ, त्यसलाई पनि सम्बोधन गर्नुपर्ने अवस्था छ ।'
उनले गठबन्धन दलले कांग्रेसलाई धम्क्याएर सिट संख्या कम गर्न सकिन्छ भनेर बुझ्नु गलत हुने बताए । गठबन्धनमा तत्काल सिट बाँडफाँटमा सहतति बनेजस्तो नलागेको बताए। सबै दलहरु गठबन्धन गर्नुपर्ने इच्छाबाहेक कार्यदलमा थप प्रगति नभएको दाबी गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: