भाद्र २३ गते, २०७९ बिहिवार 8th September, 2022 Thu०७:२८:०२ मा प्रकाशित
खबरडबली संवाददाता
सिन्धुपाल्चोक । मेलम्ची र इन्द्रावतीमा आएको बाढीपछि जिल्लाको पश्चिमी भेगमा खेल गतिविधि कम भएका छन् । कोरोना महामारी र त्यसपछिको बाढीले भएका संरचना बगाउँदा खेल गतिविधि लगभग शून्य नै छ ।
अभ्यासका लागि खेल मैदान नभए पनि सिन्धुपाल्चोकका खेलाडी उत्पादन भने उत्साहजनक छ । सिन्धुपाल्चोकले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गर्ने खेलाडी जन्माएको छ । यी खेलाडीले जिल्ला र देशकै नाम उँचो बनाएका छन् । खेल जितेर फर्किंदा वाहवाही पाए पनि यी खेलाडीको सङ्घर्ष भने सहज छैन ।
क्षमता भए पनि खेलकुदका गतिविधि बढाउन अभ्यास खेलका लागि जिल्लामा उपयुक्त मैदान नै छैनन् । प्रतिस्पर्धामा जितेका बेला भाषण गर्ने स्थानीय नेताहरूले खेलकुदको विकासका लागि प्रतिबद्ध रहेको जनाउँदै आए पनि स्थानीय तहले खेल क्षेत्रमा पर्याप्त बजेट नै विनियोजन गरेका छैनन् ।
जिल्लामा जुनसुकै खेलकुद प्रतियोगिता गर्न कुनै चाडपर्व वा मेला कुर्नुपर्ने र भइहाले पनि कहाँ सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता आयोजकलाई भइरहन्छ । जिल्ला तथा प्रदेशस्तरका खेलकुद प्रतियोगिता खेल मैदानका अभावले प्रायःजसोे विद्यालयका साँघुरा चौरमा हुने गर्छन् । अहिले एक स्थानीय तह एक खेलकुद मैदान अवधारणा सिन्धुपाल्चोकका सबै स्थानीय तहले अघि बढाएका छन् ।
जिल्लाको १२ स्थानीय तहमध्ये चौतारामा मिनी रङ्गशाला निर्माण भइरहेको छ भने सुनकोसीमा वसन्तपुर खेलमैदान अहिले पनि सञ्चालनमा छ । जिल्लाको लिशङ्खुपाखर गाउँपालिकामा लामाचौर खेलमैदान रहेको छ भने पाँचपोखरीको खेलमैदान नै नभए पनि सेराफाँटमा विभिन्न प्रतियोगिता खेलाउँदै आएको छ ।
इन्द्रावतीमा पनि केही मैदान निर्माण भएका छन् । मेलम्ची नगरपालिकामा अघिल्लो कार्याकालमै निर्माण भएको खेलमैदान कर्भड हल गत वर्षको बाढीले बगाएपछि अहिले खेल मैदानको खोजीमा नगरपालिका लागिपरेको छ । जिल्लाको हेलम्बु, जुगल, बलेफी, भोटेकोसी र त्रिपुरासुन्दरी गाउँपालिकामा पनि अहिलेको अवस्थामा खेल मैदानको अभाव छ । बाह्रबिसे नगरपालिकामा भने केही वडामा सानातिना मैदान भए पनि पर्याप्त नभएको पाइएको छ ।
यसरी हेर्दा इन्द्रावती, सुनकोसी, चौतारा, लिसङ्खुपाखर, इन्द्रवतीबाहेकका पालिकामा पर्याप्त खेलमैदान नभएको जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष शिव देउजाले जानकारी दिए।
जिल्लामा भलिबल, फुटबल, कराँते, क्रिकेट खेलको मोह बढ्दै गएको छ । कोरानापछि खेल क्षेत्रलाई अगाडि बढाउन नसकेको खेल क्षेत्रका जानकार बताउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, रेफ्री तथा प्रशिक्षकलाई स्थानीय तहदेखि केन्द्रीय सरकारसम्मले उनीहरुको माग र आवश्यकतालाई सम्बोधन गर्न नसकेको अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक तथा नेपाल गोजुरियो कराँते दो सङ्घका केन्द्रीय सचिव सानुबाबु गिरीले बताए ।
उनले पुराना खेलाडीलाई सम्मान र नयाँ खेलाडीलाई हौसला दिँदै प्रोत्साहन गर्नसके खेलाडी खेलक्षेत्रमा आकर्षित हुने बताए। चाडबाडका अवसरमा दर्जनभन्दा बढी खेलकुद प्रतियोगिता हुने सिन्धुपाल्चोकमा कोरोना कारणले गर्दा अहिले खेल क्षेत्र सुस्ताएको छ ।
जिल्लामा खेलप्रतिको आकर्षण धेरै छ । तर खेलका लागि पूर्वाधार अभावका कारण जिल्लामा आयोजना हुने प्रतियोगिता खुम्चिँदै गइरहेको जिल्ला भलिबल सङ्घका उपाध्यक्ष रामचन्द्र सापकोटाले बताउनुभयो । खेलप्रतिको आकर्षण व्यापक भए पनि स्तरीय मैदान अभावले खेल प्रतिभा पलायन हुने स्थिति बनेको सापकोटाको भनाइ छ ।
जिल्लामा प्रतिभा धेरै भए पनि पूर्वाधार अभावमा पलायन हुने स्थिति बनेको फुटबल खेलाडी आशिष श्रेष्ठले बताउनुभयो । “मजस्ता फुटबल खेलाडी धेरै उत्पादन हुन सक्छन्”, उनले भने, “यहाँ पूर्वाधार नभएकै कारण खेल प्रभावित भएको छ ।”
जिल्लामा खेलसम्बन्धी तालिम नभएको र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको खेल खुम्चिँदै गएकोप्रति श्रेष्ठ चिन्तित हुनुहुन्छ । खेल क्षेत्रको विकासका लागि राज्य उदासीन भएकाले क्रमिकरूपमा खेल खुम्चँदै गएको खेलप्रेमी बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...
प्रतिकृया लेख्नुहोस्: