Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

रुस नियन्त्रित बस्तीहरू पुनः युक्रेनी कब्जामा

युक्रेनी सैनिक खार्किभको दक्षिण-पूर्वमा, डोनेट्स्कको पूर्वी क्षेत्रतर्फ आक्रमण

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गर्दै त्यसलाई सुखद समाचारको संज्ञा दिएका छन्।

जेलेन्स्कीले कुन ठाउँहरू पुनः आफूले कब्जा गरेको भन्नेबारे जानकारी दिएनन्। उनले भने,"अहिले ती ठाउँहरूको नाम भन्ने सही समय होइन।"

पूर्वी खार्किभ क्षेत्रमा सम्भावित सफलताको बारेमा केही दिनदेखि चर्चा भइरहेको छ तर युक्रेनी अधिकारीहरूले यसबारे कुनै जानकारी दिएका छैनन्।

अमेरिकी अधिकारीहरूले भने युक्रेनले रुसी सेनाहरू विरुद्ध "विस्तारै तर अर्थपूर्ण प्रगति" गरिरहेको बताएका छन्।

राति प्रसारण भएको भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने,"मलाई लाग्छ कि हरेक नागरिकले हाम्रा सेना प्रति गर्व महसुस गर्छन्।"

सम्बोधनको क्रममा उनले विशिष्ट सैन्य एकाइहरूको नाम लिए र लडाइँमा उनीहरूले देखाएको बहादुरीको प्रशंसा गरे।

तर उनले भने: "अहिले नै युक्रेनी झन्डा पुनः फहराउने बस्तीहरूको नाम भन्ने समय होइन।"

युक्रेनले पछिल्ला साताहरूमा पूर्व र दक्षिणमा धेरैले अपेक्षा गरेको प्रत्याक्रमणको बारेमा केही विवरण सार्वजनिक गर्दै आफ्नो सैन्य परिचालनको बन्दोबस्तीलाई कडा पारेको छ।

युक्रेनी सैनिकहरूले खार्किभको दक्षिण-पूर्वमा, डोनेट्स्कको पूर्वी क्षेत्रतर्फ आक्रमण सुरु गरेका छन्। ती क्षेत्रमा ६ महिना अघि युद्ध सुरु भएदेखि रुसले पर्याप्त सैन्य नियन्त्रण कायम राखेको छ।

केही विवरणहरूका अनुसार युक्रेनी सेना इज्युम सहरबाट केही किलोमिटर टाढा हुन सक्छन्। उक्त सहर रुसको सैन्य आपूर्ति शृङ्खला जोड्ने महत्त्वपूर्ण स्थान हो।

घटनाक्रमबारे अमेरिकाको ठहर

संयुक्त राज्य अमेरिकामा एक कार्यक्रममा बोल्दै एक वरिष्ठ रक्षा अधिकारी कोलिन काहलले युक्रेनी सेनाले केही क्षेत्रमा रुसी सेनाहरूले भन्दा राम्रो प्रदर्शन गरिरहेको बताए।

"यी प्रारम्भिक दिनहरू हुन्। मलाई लाग्छ युक्रेनीहरूले विस्तारै तर अर्थपूर्ण प्रगति गरिरहेका छन्। र हामीले कसरी घटनाक्रम सतहमा आउँछ भन्ने देख्नेछौँ," उनलाई रोएटर्स समाचार संस्थाले उद्धृत गरेको छ।

उनले दक्षिणमा रुसी पक्षको तुलनामा युक्रेनी पक्षका तर्फ राम्रा परिणामहरू देखिएको विश्वास व्यक्त गरे। तर, अवस्था अझै नाजुक छ।

बुधवार राति युक्रेनी जनरल स्टाफले युक्रेन पक्षले खार्किभ र डोनेट्स्क क्षेत्रमा "सबै रुसी आक्रमणहरू पन्छाएको" बताए। तर दुवै पक्षबाट तोप र हवाई आक्रमणहरू जारी रह्यो र त्यसले थुप्रै क्षेत्रमा क्षति पुर्‍यायो।

राष्ट्रपति जेलेन्स्कीले २७ अर्ब डलर भन्दा बढी देशको पैसा युद्धका क्रममा रक्षामा खर्च भएको जानकारी दिए। यसले आगामी आर्थिक वर्षलाई प्रभावित पारे पनि पेन्सन जस्ता मुख्य सामाजिक प्रावधानहरू कायम राखिने उनले वाचा गरे।

यद्यपि, "रक्षा, देशको आर्थिक विकास, जनताको सामाजिक र सांस्कृतिक उन्नतिमा मद्दत नगर्ने कम महत्त्वका सम्पूर्ण खर्चहरू सकेसम्म कम गर्न आवश्यक छ", उनले चेतावनी दिए।

विस्थापनको त्रास

संयुक्त राष्ट्र सङ्घका निरीक्षकहरूले भने युक्रेनी जनताले भोगिरहेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। एक वरिष्ठ मानव अधिकार अधिकारीले युक्रेनमा मानिसहरूको विस्थापन र विशेष गरी बालबालिकाको अवस्थाबारे चिन्तित रहेको बताएकी हुन्।

मानव अधिकारसम्बन्धी सहायक महासचिव इल्जे ब्रान्ड्स केहरिसले भनिन्, "सहाराविहीन बालबालिकाहरूलाई जबरजस्ती रुसले कब्जा गरेको क्षेत्र वा रुसमा नै स्थानान्तरण गरेको विश्वसनीय आरोपहरू लागेका छन्।"

अमेरिकाले बुधवार नै वयस्क युक्रेनीहरूको स्थानान्तरणको बारेमा चिन्ता व्यक्त गर्‍यो।

अमेरिकी विदेश मन्त्रालयले क्रेमलिनलाई "फिल्ट्रेशन अपरेसन" भनिने कारबाही अन्तर्गत रुसी नियन्त्रणमा रहेको युक्रेनका क्षेत्रहरूमा जबरजस्ती पठाइने युक्रेनीहरूको सूची राखेको आरोप लगाएको छ। 

"फिल्ट्रेशन एक अमानवीय शब्द हो। यसले मस्कोले खतरा ठानेका व्यक्तिहरूलाई कैद गर्न, जबरजस्ती निर्वासन वा बेपत्ता पार्ने अभियानलाई व्याख्या गर्छ," प्रवक्ता वेदान्त पटेलले भने।

"फिल्ट्रेशनका पीडितहरूलाई गम्भीर परिणामहरूको सामना गर्नु बाहेक कुनै विकल्प दिइँदैन।"

उनले यस प्रणालीलाई व्यापक र उन्नत प्रविधिको प्रयोगसहित गरिएको कारबाहीको रूपमा व्याख्या गरे। उनले अमेरिकासँग क्रेमलिनका अधिकारीहरूको यस परियोजनासँगको सम्बन्ध पुष्टि गर्ने प्रमाणहरू रहेको बताए।

यद्यपि, रुसका संयुक्त राष्ट्रसङ्घका राजदूत भासिली नेबेन्ज्याले भने रुस भ्रमण गर्ने युक्रेनीहरूले दर्ता प्रक्रिया मात्र पूरा गर्ने बताएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending