Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

रुस नियन्त्रित बस्तीहरू पुनः युक्रेनी कब्जामा

युक्रेनी सैनिक खार्किभको दक्षिण-पूर्वमा, डोनेट्स्कको पूर्वी क्षेत्रतर्फ आक्रमण

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गर्दै त्यसलाई सुखद समाचारको संज्ञा दिएका छन्।

जेलेन्स्कीले कुन ठाउँहरू पुनः आफूले कब्जा गरेको भन्नेबारे जानकारी दिएनन्। उनले भने,"अहिले ती ठाउँहरूको नाम भन्ने सही समय होइन।"

पूर्वी खार्किभ क्षेत्रमा सम्भावित सफलताको बारेमा केही दिनदेखि चर्चा भइरहेको छ तर युक्रेनी अधिकारीहरूले यसबारे कुनै जानकारी दिएका छैनन्।

अमेरिकी अधिकारीहरूले भने युक्रेनले रुसी सेनाहरू विरुद्ध "विस्तारै तर अर्थपूर्ण प्रगति" गरिरहेको बताएका छन्।

राति प्रसारण भएको भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने,"मलाई लाग्छ कि हरेक नागरिकले हाम्रा सेना प्रति गर्व महसुस गर्छन्।"

सम्बोधनको क्रममा उनले विशिष्ट सैन्य एकाइहरूको नाम लिए र लडाइँमा उनीहरूले देखाएको बहादुरीको प्रशंसा गरे।

तर उनले भने: "अहिले नै युक्रेनी झन्डा पुनः फहराउने बस्तीहरूको नाम भन्ने समय होइन।"

युक्रेनले पछिल्ला साताहरूमा पूर्व र दक्षिणमा धेरैले अपेक्षा गरेको प्रत्याक्रमणको बारेमा केही विवरण सार्वजनिक गर्दै आफ्नो सैन्य परिचालनको बन्दोबस्तीलाई कडा पारेको छ।

युक्रेनी सैनिकहरूले खार्किभको दक्षिण-पूर्वमा, डोनेट्स्कको पूर्वी क्षेत्रतर्फ आक्रमण सुरु गरेका छन्। ती क्षेत्रमा ६ महिना अघि युद्ध सुरु भएदेखि रुसले पर्याप्त सैन्य नियन्त्रण कायम राखेको छ।

केही विवरणहरूका अनुसार युक्रेनी सेना इज्युम सहरबाट केही किलोमिटर टाढा हुन सक्छन्। उक्त सहर रुसको सैन्य आपूर्ति शृङ्खला जोड्ने महत्त्वपूर्ण स्थान हो।

घटनाक्रमबारे अमेरिकाको ठहर

संयुक्त राज्य अमेरिकामा एक कार्यक्रममा बोल्दै एक वरिष्ठ रक्षा अधिकारी कोलिन काहलले युक्रेनी सेनाले केही क्षेत्रमा रुसी सेनाहरूले भन्दा राम्रो प्रदर्शन गरिरहेको बताए।

"यी प्रारम्भिक दिनहरू हुन्। मलाई लाग्छ युक्रेनीहरूले विस्तारै तर अर्थपूर्ण प्रगति गरिरहेका छन्। र हामीले कसरी घटनाक्रम सतहमा आउँछ भन्ने देख्नेछौँ," उनलाई रोएटर्स समाचार संस्थाले उद्धृत गरेको छ।

उनले दक्षिणमा रुसी पक्षको तुलनामा युक्रेनी पक्षका तर्फ राम्रा परिणामहरू देखिएको विश्वास व्यक्त गरे। तर, अवस्था अझै नाजुक छ।

बुधवार राति युक्रेनी जनरल स्टाफले युक्रेन पक्षले खार्किभ र डोनेट्स्क क्षेत्रमा "सबै रुसी आक्रमणहरू पन्छाएको" बताए। तर दुवै पक्षबाट तोप र हवाई आक्रमणहरू जारी रह्यो र त्यसले थुप्रै क्षेत्रमा क्षति पुर्‍यायो।

राष्ट्रपति जेलेन्स्कीले २७ अर्ब डलर भन्दा बढी देशको पैसा युद्धका क्रममा रक्षामा खर्च भएको जानकारी दिए। यसले आगामी आर्थिक वर्षलाई प्रभावित पारे पनि पेन्सन जस्ता मुख्य सामाजिक प्रावधानहरू कायम राखिने उनले वाचा गरे।

यद्यपि, "रक्षा, देशको आर्थिक विकास, जनताको सामाजिक र सांस्कृतिक उन्नतिमा मद्दत नगर्ने कम महत्त्वका सम्पूर्ण खर्चहरू सकेसम्म कम गर्न आवश्यक छ", उनले चेतावनी दिए।

विस्थापनको त्रास

संयुक्त राष्ट्र सङ्घका निरीक्षकहरूले भने युक्रेनी जनताले भोगिरहेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। एक वरिष्ठ मानव अधिकार अधिकारीले युक्रेनमा मानिसहरूको विस्थापन र विशेष गरी बालबालिकाको अवस्थाबारे चिन्तित रहेको बताएकी हुन्।

मानव अधिकारसम्बन्धी सहायक महासचिव इल्जे ब्रान्ड्स केहरिसले भनिन्, "सहाराविहीन बालबालिकाहरूलाई जबरजस्ती रुसले कब्जा गरेको क्षेत्र वा रुसमा नै स्थानान्तरण गरेको विश्वसनीय आरोपहरू लागेका छन्।"

अमेरिकाले बुधवार नै वयस्क युक्रेनीहरूको स्थानान्तरणको बारेमा चिन्ता व्यक्त गर्‍यो।

अमेरिकी विदेश मन्त्रालयले क्रेमलिनलाई "फिल्ट्रेशन अपरेसन" भनिने कारबाही अन्तर्गत रुसी नियन्त्रणमा रहेको युक्रेनका क्षेत्रहरूमा जबरजस्ती पठाइने युक्रेनीहरूको सूची राखेको आरोप लगाएको छ। 

"फिल्ट्रेशन एक अमानवीय शब्द हो। यसले मस्कोले खतरा ठानेका व्यक्तिहरूलाई कैद गर्न, जबरजस्ती निर्वासन वा बेपत्ता पार्ने अभियानलाई व्याख्या गर्छ," प्रवक्ता वेदान्त पटेलले भने।

"फिल्ट्रेशनका पीडितहरूलाई गम्भीर परिणामहरूको सामना गर्नु बाहेक कुनै विकल्प दिइँदैन।"

उनले यस प्रणालीलाई व्यापक र उन्नत प्रविधिको प्रयोगसहित गरिएको कारबाहीको रूपमा व्याख्या गरे। उनले अमेरिकासँग क्रेमलिनका अधिकारीहरूको यस परियोजनासँगको सम्बन्ध पुष्टि गर्ने प्रमाणहरू रहेको बताए।

यद्यपि, रुसका संयुक्त राष्ट्रसङ्घका राजदूत भासिली नेबेन्ज्याले भने रुस भ्रमण गर्ने युक्रेनीहरूले दर्ता प्रक्रिया मात्र पूरा गर्ने बताएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending