Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

बेलायती महारानी एलिजावेथ, जसले गरिन् ७० बर्ष शासन

खबरडबली संवाददाता

 

काठमाडौं । यूकेमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ। उनी ७० वर्षसम्म गद्दीनसीन थिइन्।

बिहीवार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए।

महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन्।

उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन्।

उनले उनको प्रिय आमाको निधन एउटा "ठूलो दुःखको क्षण" भएको बताएका छन्।

राजा चार्ल्सले एक विज्ञप्ती जारी गर्दै भनेः "हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहीरो शोक मनाउने छौँ। मलाई थाहा छ उनको अभाव देशभरी नै अनुभव गरिने छ र राष्ट्रमण्डलका देशहरूमा पनि। साथै संसारभरीका अनगिन्ती मानिसहरूले पनि उनको अभाव महसुस गर्नेछन्।"

उनले भनेका छन् शोक र परिवर्तको अवधीमा उनी र उनको परिवारलाई " महारानीलाई मानिसहरूले सम्मान व्यक्त गर्ने र गहीरो प्रेम गर्ने गरेको भन्ने जानकारी"ले सान्त्वना प्रदान गर्नेछ।

निधन

एउटा विज्ञप्ति जारी गर्दै बकिङ्गम दरबारले भनेको छ, ''आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ। राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज बाल्मोरलमै बस्नेछन् र भोलि लन्डन फर्कनेछन्।''

चिकित्सकहरूले महारानीलाई चिकित्सकीय निगरानीमा राखेपछी उनका सबै सन्तानहरू एबरडीन नजिकैको बाल्मोरलमा गएका थिए।

महारानीको निधनको घोषणा हुँदा उनको नाति राजकुमार विलियम पनि त्यहाँ थिए भने अर्का नाति राजकुमार ह्यारी बाटोमा नै रहेका थिए।

महारानी एलिजाबेथ द्वितीयाबाट मंगलबार मात्रै पदभार ग्रहण गरेकी ब्रिटेनकी प्रधानमन्त्री लिज ट्रसले "महारानी आधुनिक ब्रिटेन निर्माण भएको चट्टान जस्तै भएको र उनले हामीलाई आवश्यक स्थीरता र शक्ति प्रदान गरेको" बताएकी छन्।

नयाँ राजाका बारेमा बोल्दै उनले भनिन्ः " हामी उनी समक्ष उनको आमाले यति लामो समयसम्म यति धेरै मात्रामा व्यक्त गरेको जसरी नै हाम्रो बफादारी र समर्पण प्रस्तुत गर्दछौँ"

"र दोस्रो एलिजाबेथ युगको अन्त्यसँगै हाम्रो महान् देशको उल्लेखनीय इतिहासमा हामी नयाँ युगको स्वागत गर्दछौँ, सम्भवतः ठीक महारानीले चाहना गरेको जस्तै गरी र भन्छौँ गड सेभ द किङ् (ईश्वरले राजाको रक्षा गरुन् )।"

प्रधानमन्त्री

महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा ब्रिटेनमा १५ जना प्रधानमन्त्री भए, सन् १८७४ मा जन्मेका विन्स्टन चर्चील देखि लिएर त्यसको १०१ वर्ष पछि सन् १९७५ मा जन्मेकी हालकी प्रधानमन्त्री लिज ट्रससम्म।

राज्यकालभरी नै उनले प्रधानमन्त्रीहरूसँग साप्ताहिक रूपमा भेटघाट गर्ने गर्दथिइन्।

लण्डनस्थित बकिंघम राजदरबार बाहिर महारानीको स्वास्थ्य अवस्थाबारे जानकारीको प्रतिक्षा गरिरहेका मानिसहरू उनको निधनको समाचार सुनेर रून थालेका थिए। स्थानीय समय अनुसार बेलुकीको साढे छ बजे महारानीको निधन भएको घोषणा गरिएपछि उक्त दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको थियो भने महारानीको निधन भएको भन्ने औपचारिक सूचना दरबार बाहिर राखिएको थियो।

महारानीको जन्म सन् १९२६ को २१ एप्रीलमा लण्डनको मेफएरमा एलिजाबेथ एलेक्जान्ड्रा मेरी विन्डसरका रूपमा भएको थियो।

उनी ब्रिटेनको महारानी बन्लिन् भनेर कसैले पनि अनुमान गरेका थिएनन् तर सन् १९३६ मा उनको ठूलो बुवा एडवर्ड अष्टम्‌ले दुईपटक पूर्वपतिहरूसँग छोडपत्र गरेकी अमेरिकी महिला वालिस सिम्पसनसँग विवाह गर्न राजगद्दी त्यागे। त्यसपछि उनका पिता राजा जोर्ज छैठौँ बनेपछि १० वर्षको उमेरमा नै परिवारभित्र लिलिबेट भनेर मायालु नामले बोलाइने उनी राजगद्दीको उत्तराधिकारी बन्न पुगेकी थिइन्।

त्यसको तीन वर्षभित्रै ब्रिटेन नाजी जर्मनीविरुद्ध युद्धमा होमियो। एलिजाबेथ र उनकी बहिनी प्रिन्सेस मार्गरेटलाई क्यानडा पठाइदिनुपर्ने सुझाव उनीहरूका आमाबुवाले नमानेका कारण युद्धकालको अधिकांश समय उनीहरूले विन्डसर काशलमै बिताए।

१८ वर्षको उमेर भएपछि एलिजाबेथले अक्सिलिअरी टेर्रिटोरिअल सर्भिसमा ५ महिना काम गरिन् जहाँ उनले गाडी मर्मतसम्भार तथा गाडी चलाउने आधारभूत सीप हासिल गरिन्। "चुनौतीका माझ कसरी सामूहिक भावना उब्जन्छ भनेर मैले बुझ्न थालेँ," त्यतिखेरको अनुभव सम्झँदै उनले पछि भनेकी थिइन्।

विवाह

युद्धअवधिभरि उनले त्यतिखेर यूकेको नौसेना रोयल नेभीमा कार्यरत टाढाको नातेदार पर्ने प्रिन्स अफ ग्रीस फिलिपलाई पत्र लेखिरहिन्। उनीहरूको प्रेम सम्बन्ध झाँगियो र सन् १९४७ को नोभेम्बर २० मा वेस्टमिन्स्टर अबेमा उनीहरूको विवाह भयो। त्यसपश्चात् फिलिपलाई ड्यूक अफ एडिनबराको उपाधि दिइयो।

९९ वर्षको उमेरमा सन् २०२१ मा फिलिपको निधन हुनु अगाडि आफ्नो ७४ वर्ष लामो वैवाहिक सम्बन्धका दौरान फिलिपलाई एलिजाबेथले 'मेरो शक्ति र आडभरोसा' भनेर व्याख्या गरेकी थिइन्।

उनीहरूका पहिलो छोरा चार्ल्सको जन्म सन् १९४८ मा भएको थियो। प्रिन्सेस एनको जन्म सन् १९५० मा, प्रिन्स एन्ड्र्युको जन्म १९६० मा अनि प्रिन्स एडवार्डको जन्म सन् १९६४ मा भएको थियो। उनीहरूबाट एलिजाबेथका कुल ८ नातिनातिना अनि १२ पनातिपनातिना भए।

राज्यारोहण

सन् १९५२ मा तत्कालीन अस्वस्थ राजाको प्रतिनिधित्व गर्दै केन्या भ्रमणमा रहेका बखत फिलिपले एलिजाबेथलाई उनको बुवाको निधन भएको खबर सुनाएका थिए। तत्कालै उनी नयाँ महारानीको रूपमा लण्डन फर्किइन्।

सन् १९५३ को जुन २ मा एलिजाबेथलाई वेस्टमिन्स्टर अबेमा आयोजित समारोहमा राज्यारोहण गराइयो। २७ वर्षको उमेरमा उनले गद्दी सम्हालेको समारोहको दृश्य त्यतिखेर रेकर्ड गरेर टेलिभिजनमा देखाइँदा २ करोडभन्दा धेरै मानिसले हेरेका थिए।

त्यसपछिका दशकहरूमा ठूला परिवर्तन भए। विदेशमा ब्रिटिश साम्राज्यको अन्त्य भयो अनि सन् १९६० ताका सामाजिक मूल्यमान्यतामा पनि व्यापक बदलाव आए।

उक्त युग अनुकूल एलिजाबेथले राजतन्त्रमा पनि सुधार ल्याइन्, सामान्य हिँडडुल, शाही भ्रमण तथा सार्वजनिक समारोहमा उपस्थितिमार्फत् उनले आम मानिससँग अन्तर्क्रिया गरिन्।

राष्ट्रमण्डलप्रति उनको प्रतिबद्धता निरन्तर रह्यो। उनले राष्ट्रमण्डलका प्रत्येक सदस्य राष्ट्रको कम्तीमा एकचोटि भ्रमण गरिन्।

समर्पणको वाचा

तर उनको जीवनमा निजी तथा सार्वजनिक पीडाका समय पनि थिए। सन् १९९२ महारानीका निम्ति खराब वर्ष रह्यो जब आगलागीले विन्डसर काशलमा ठूलो क्षति भयो। उक्त दरबार महारानीको निजी निवासका साथै काम गर्ने स्थल पनि थियो। अनि उनका तीन सन्तानको विवाह समस्याग्रस्त भए।

प्रिन्सेस अफ वेल्स राजकुमारी डायनाको प्यारिसमा भएको कार दुर्घटनामा सन् १९९७ मा निधन भएपछि तत्काल सार्वजनिक प्रतिक्रिया दिन गाह्रो मानेको भन्दै महारानीको आलोचना पनि भयो।

आधुनिक समाजमा राजतन्त्रको सान्दर्भिकताबारे पनि प्रश्नहरू उठे। "कुनैपनि संस्थाले … तीप्रति बफादारी तथा समर्थन नजनाउनेहरूको त कुरै छाडौँ, बफादार एवं समर्थकहरूका निगरानीबाट समेत मुक्त हुने आश गर्नु हुँदैन," उनले भनेकी थिइन्।

२१ वर्षको राजकुमारीकै रूपमा पनि एलिजाबेथले आफ्नो जीवन सेवामा समर्पण गर्ने वाचा गरेकी थिइन्।

सन् १९७७ मा आफ्नो शासनकालको रजत वर्षका बेला उनले ती वाचा सम्झिइन् र भनिन्: "हुन त अनुभवहीन समय र उमेरका बेला मैले त्यस्तो वाचा गरेकी थिएँ। तर त्यसको मलाई कुनै पछुतो छैन। म त्योबेलाको कुनै शब्द फेरबदल गर्न चाहन्नँ।"

सोही वाचा उनले त्यसको ४५ वर्ष पछि पुन: दोहोर्‍याइन्। यसै वर्षको जुन महिनामा शासनकाल ७० वर्ष पुगेको अवसरमा मनाइएको प्लाटिनम जुबिली महोत्सवका बेला उनले राष्ट्रलाई लेखेको पत्रमा उनले ती वाचा दोहोर्‍याएकी थिइन्।

उक्त महोत्सवलाई ब्रिटिश शैलीमा आधिकारिक समारोहहरू अनि जीवन्त सडक उत्सवहरूसहित मनाइयो। स्वास्थ्य अवस्थाका कारण महारानी कतिपय समारोहमा उपस्थित नभएपनि उनले भनेकी थिइन्: "मेरो मन तपाईँहरूसँगै छ।"

जन्म

एलिजाबेथ एलेक्जेण्ड्रा मेरी विन्डसर सन् १९२६ एप्रिल २१ मा लन्डनको बर्कली स्क्वायर नजिकैको घरमा जन्मिएकी थिइन्। उनी जोर्ज पाचौँका दोस्रो छोरा अर्थात् 'ड्यूक अफ योर्क' अल्बर्ट र उनकी पत्नी एलिजाबेथ बाउज लायोनकी पहिलो सन्तान हुन्।

एलिजाबेथ र सन् १९३०मा जन्मिएकी उनकी बहिनी मार्गरेट रोज दुवै जनाको शिक्षादीक्षा घरमै भएको थियो र उनीहरु मायालु पारिवारिक वातावरणमा हुर्किएका थिए।

एलिजाबेथ आफ्ना पिता र हजुरबुबा जोर्ज पाचौँसँग अत्यन्तै निकट थिइन्। छ वर्षको उमेरमा एलिजाबेथले आफ्ना घोडा प्रशिक्षकलाई आफू थुप्रै घोडा र कुकुर भएकी 'कन्ट्री लेडी' बन्न चाहेको बताएकी थिइन्।

निकै कलिलो उमेरदेखि उनले उल्लेखनीय जिम्मेवारीबोध देखाएको बताइन्थ्यो। त्यति बेलाका भावी प्रधानमन्त्री विन्स्टन चर्चिललाई उद्धृत गर्दै उनमा 'एउटा बच्चामा अनौठो लाग्ने नेतृत्व क्षमता देखिएको' बताउने गरिन्थ्यो।

विद्यालय नगए पनि एलिजाबेथले भाषाहरूमा दक्षता देखाएकी थिइन् र संवैधानिक इतिहासको विस्तृत अध्ययन गरेकी थिइन्। नी आफ्नो उमेरका बालिकाहरूसँग घुलमिल होऊन् भनेर उनीहरूको एउटा विशेष समूह 'गर्ल गाइडस् कम्पनी' बनाइएको थियो।

बढ्दो तनाव

सन् १९३६ मा जोर्ज पाचौँको निधनपछि डेभिड नामका उनका जेठा छोरा एडवर्ड आठौँ भए। तर दुईपल्ट छोडपत्र गरिसकेकी अमेरिकी वालिस सिम्पसनलाई उनले पत्नीका रूपमा रोजपछि त्यसलाई राजनीतिक र धार्मिक आधारमा अस्वीकार्य ठानियो।

वर्षको अन्त्यमा उनलाई गद्दीच्युत गरियो। अनिच्छुक हुँदाहुँदै ड्यूक अफ योर्क राजा जोर्ज छैटौँ बने। उनको गद्दीआरोहणले एलिथाबेथलाई आउँदा दिनहरूमा आफ्नो भाग्यमा के थियो भन्ने पूर्वानुभव गराएको थियो र पछि उनले त्यो अवसर 'असाध्यै अद्भुत' भएको लेखेकी थिइन्।

युरोपमा बढ्दो तनावको पृष्ठभूमिमा आफ्नी पत्नी--रानी एलिजाबेथसँगै नयाँ राजा राजतन्त्रमा जनआस्था पुनर्स्थापित गराउने अभियानमा लागेका थिए। त्यो उदाहरण उनीहरूकी ठूली छोरीको हकमा पनि खेर गएन।

सन् १९३९ मा १३ वर्षीया राजकुमारी राजा र रानीसँगै डार्टमथस्थित रोयल नेभल कलेज पुगिन्। आफ्नी बहिनी मार्गरेटसँगै उनलाई उक्त कलेजमा अध्ययरनत मध्येका एक ग्रीसका राजकुमार फिलिपले साथ दिएका थिए।

अवरोधहरू

यो उनीहरूबीच भेट भएको पहिलो अवसर थिएन। तर उनले फिलिपमा चाख लिएको पहिलो पटक थियो। नौसेनाबाट छुट्टीमा आएका बेला राजकुमार फिलिप आफ्ना शाही नातेदारहरूलाई भेट्न आउँथे।

सन् १९४४ सम्ममा त, जब एलिजाबेथ १८ वर्षकी थिइन्, उनी फिलिपसँग प्रेममा परिसकेकी थिइन्। उनले फिलिपको तस्वीर आफ्नो कोठामा राखेकी थिइन् र उनीहरू एकअर्कासँग पत्र आदानप्रदान गर्दथे।

युद्धको अन्त्यतिर युवती राजकुमारी ब्रिटिश सेनाको महिला शाखा 'अक्जिलरी टेरिटोरियल सर्भिस'( एटीएस) मा भर्ना भइन्। उनले त्यहाँ गाडी चलाउन र सामान बोक्ने 'लरी'को मर्मतसम्भार कसरी गर्ने भन्नेबारे सिकिन्।

युरोपमा युद्ध जितेको खुशियालीमा मनाइने दिन 'भीइ डे'मा उनी बकिङ्गम राजदरबारमा शाही परिवारसँगै देखिन्। त्यतिबेला युद्धमा प्राप्त जित मनाउन राजदरबार अगाडिको मूल सडक 'द मल'मा हजारौँ भेला भएका थिए।

"हामीले बुवाआमासँग हामी बाहिर गएर हेर्नसक्छौं भनेर सोध्यौँ", उनी सम्झन्छिन्, "मलाई याद छ, हामी परिचित हुन डराउँथ्यौँ। धेरै अपरिचित मानिसहरूको हुल एकले अर्को हात समातेर 'ह्वाइटहल' (सिटी अफ वेस्टमिनस्टरको सडक)बाट तल झर्दै गरेको सम्झन्छु। हामी सबै त्यही खुशी र राहतको आँधीमा समाहित भयौँ"।

युद्धपछि राजकुमार फिलिपसँग विवाह गर्ने उनको चाहनामा थुप्रै व्यवधान आए। राजा आफूले अत्यन्तै रुचाएकी छोरी गुमाउन अनिच्छुक थिए र फिलिपलाई उनको विदेशी वंश नस्वीकार्ने संस्थापन पक्षको पूर्वाग्रह तोड्नुपर्ने चुनौती थियो।

 

व्यक्तिगत आलोचना

तर ब्रिटिश प्रभाव सन् १९५६ को सुयज प्रकरणपछि झन् खस्कियो। उक्त घटनाले सङ्कटको बेला राष्ट्रमण्डलमा एकीकृत रूपमा काम गर्न सक्ने सामूहिक इच्छाशक्ति नरहेको देखायो।

सुयज नहर राष्ट्रियकरण गर्ने इजिप्टको प्रयास रोक्न ब्रिटिश सैनिक पठाउने निर्णय लाजमर्दो फिर्तीमा टुङ्गियो। त्यसपछि प्रधानमन्त्री एन्थोनी इडेनले राजीनामा दिनुपर्‍यो।

यो घटनाले रानीलाई राजनीतिक सङ्कटमा पारिदियो। कन्जर्भेटिभ पार्टीसँग नयाँ नेता चयन गर्ने कुनै संयन्त्र थिएन र शृखलाबद्ध छलफलपछि रानीले ह्यारोल्ड म्याकमिलनलाई नयाँ सरकार गठनका लागि निम्तो दिइन्।

रानीले आफैलाई लर्ड अल्ट्रिनमको व्यक्तिगत आलोचनाको विषयवस्तुको रूपमा पनि पाइन्।अखबरमा प्रकाशित एउटा लेखमा उनले एलिजाबेथको अदालत 'असाध्यै ब्रिटिश' र 'उच्च वर्ग'को भएको दाबी गरे र लिखतविना एउटा सामान्य भाषण पनि गर्न रानीसक्षम नभएको आरोप लगाए।

उनको टिप्पणीले सञ्चारमाध्यममा व्यापक विवाद र बहस निम्त्यायो। लर्ड अल्ट्रिनमलाई 'लिग अफ एम्पायर लोयलिस्टस्' भनिने राजतन्त्र पक्षधर समूहका सदस्यले सडकमा भौतिक आक्रमण पनि गरेका थिए।

तथापि उक्त घटनाले राजतन्त्रप्रति ब्रिटिश समाज र हेराइ तीव्र गतिमा बदलिरहेको देखायो। आफ्ना पतिको हौसलाले रानीले नयाँ सुधारहरू अपनाउन थालिन्। 'द मोनार्की' पदावलीलाई क्रमश: 'द रोयल फ्यामिली'ले विस्थापित गरियो।

सन् १९६३ मा ह्यारोल्ड म्याकमिलन प्रधानमन्त्री पदबाट बाहिरिएपछि रानी फेरि राजनीतिक विवादको केन्द्रमा परिन्। कन्जर्भेटिभ पार्टीले नयाँ नेता चयन गर्ने संयन्त्र अझै पनि बनाएको थिएन।

उनको स्थानमा गृहमन्त्रीलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गर्ने म्याकमिलनको सल्लाह महारानीले पालना गरिन्। त्यो रानीका लागि अप्ठ्यारो समय थियो।

संविधान पालना र तत्कालीन सरकारबाट राजतन्त्रलाई पर राख्ने विषय रानीको शासनका पहिचान थिए। रानीले आफू सुसूचित हुने, आफूले सल्लाह दिने र चेतावनी दिने आफ्ना अधिकारलाई गम्भीर रूपमा लिइन्।

तर उनी त्यसबाट बाहिर जान कहिल्यै खोजिनन्। रानी त्यस्तो अप्ठ्यारोमा पर्ने अवस्था त्यो नै अन्तिम थियो। कन्जर्भेटिभहरूले अन्तत: जथाभावी नयाँ पार्टी नेता चुन्ने प्रणाली अन्त्य गरी व्यवस्थित विधि अपनाए।

विवाद र दुर्घटना

एउटा जटिल क्षेत्र भनेको राष्ट्रमण्डलप्रति रानीको भक्ति थियो जसको प्रमुख उनी थिइन्। एलिजाबेथ अफ्रिकाका नेताहरुसँग राम्ररी परिचित थिइन् र उनीहरुको उद्देश्यप्रति सहानुभूति राख्थिन्।

उनले थ्याचरको शैली 'बुझ्न नसकिने खालको' रहेको पाएको बताइन्छ--रङ्गभेदी दक्षिण अफ्रिकाविरुद्ध प्रतिबन्ध लगाउने विपक्षमा प्रधानमन्त्री उभिएको विषयमात्रै होइन अरू थुप्रै पक्षमा पनि।

वर्षैपिच्छे रानीका सार्वजनिक दायित्वहरुले निरन्तरता पाए। सन् १९९१ को खाडीयुद्धपछि उनी अमेरिकी संसद्‌को संयुक्त सत्रलाई सम्बोधन गर्ने पहिलो ब्रिटिश शाही सदस्य भइन्।

राष्ट्रपति जर्ज बुसले उनी आफूहरूले "सम्झन सकेसम्मको अवधिदेखिकै स्वतन्त्रताको मित्र" भएको बताए। तथापि एक वर्षपछि शृङ्खलाबद्ध विवाद र दुर्घटनाहरूले शाही परिवारलाई प्रभावित तुल्यायो।

रानीको दोस्रा छोरा 'ड्युक अफ योर्क' र उनकी पत्नी सारह छुट्टिए। मार्क फिलिप्ससँग राजकुमारी यानको विवाह पनि सम्बन्धविच्छेदमा टुङ्गियो।

त्यति बेलाका वेल्सका राजकुमार र राजकुमारी पनि एकअर्कासँग अत्यन्तै बेखुशी रहेको खुलासा भयो र अन्तत: उनीहरू पनि छुट्टिए। वर्षको अन्त्यतिर रानीको प्यारो बासस्थान 'विन्डसोर क्यासल'मा भीषण आगलागी भयो।

त्यो अप्ठ्यारोमा परेको राजदरबारको प्रतीक जस्तो देखिन्थ्यो। मर्मतका लागि करदाता वा रानी स्वयंले खर्च बेहोर्ने भन्ने विषयमा चर्किएको विवादले अवस्था थप जटिल बनायो।

विवादबीच मर्यादा

रानीले सन् १९९२ लाई आफ्ना लागि 'दुर्भाग्यले भरिएको वर्ष'का रुपमा व्याख्या गरिन्। सिटी अफ लन्डनमा गरेको आफ्नो सम्बोधनमा उनले कम आलोचक सञ्चारमाध्यमको बदलामा थप खुला राजतन्त्रको आवश्यकतामा जोड दिइन्।

"कुनै पनि संस्था, शहर, राजतन्त्र कसैले पनि आफूप्रति निष्ठावान र आफूलाई समर्थन गर्नेहरुको समीक्षाबाट मुक्त हुन्छु भनेर अपेक्षा गर्नुहुन्न। हामी सबै राष्ट्रिय समाजको एउटै धागोको अंश हौँ। भद्रता, हास्य रस र समझदारी अपनाइयो भने समीक्षा थप प्रभावकारी हुनेछ"।

राजतन्त्र एकदमै रक्षात्मक अवस्थामा थियो। विन्डसोरको मर्मतसम्भारका लागि पैसा जुटाउन बकिङ्गम राजदरबार सर्वसाधारणका लागि खुला गरियो र महारानी र वेल्सका राजकुमारले लगानीको आम्दानीमा कर तिर्ने घोषणा गरियो।

देशबाहिर चाहिँ एलिजाबेथको शुरूवाती शासनकालमा राष्ट्रमण्डलका लागि देखिएको आशा पूरा हुन सकेन। युरोपमा नयाँ व्यवस्थासँगै ब्रिटेनले आफ्ना पुराना सहयात्रीहरूलाई ढाड फर्कायो।

रानीले तैपनि राष्ट्रमण्डलको महत्त्व देखेकी थिइन्। दक्षिण अफ्रिकाले रङ्गभेदी प्रणाली अन्त्य गर्दा रानी अत्यन्तै कृतज्ञ थिइन्। त्यो कृतज्ञता उनले सन् १९९५ को मार्चमा त्यहाँ भ्रमण गरेर दर्शाइन्।

देशभित्र राजसंस्थाको कुनै भविष्य रहेको वा नरहेको भन्नेबारे सार्वजनिक बहस भइरहँदा रानीले राजतन्त्रको प्रतिष्ठा कायमै राख्ने प्रयास गरिन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy