दार्चुला । दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन् । बाढी पहिरोमा परी सातजना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीकी ३५ वर्षीया मानमति कार्की तथा नौगाड गाउँपालिका–१ की ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ४५ वर्षीय मोहनराम पार्की छन् ।
पहिरोमा परी नौगाड–४ का रामसिँह ठगुन्ना, विरा ठगुन्ना, फागुली ठगुन्ना र जयवहादुर ठगुन्ना घाइते छन् । उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेर अघि कैलालीको धनगढी लगिएको सहायक प्रजिअ साउदले जानकारी दिए। जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारैजनालाई धनगढी लगिएको उनले बताए।
यस्तै बाढी पहिरोमा बेपत्ता महाकाली नगरपालिकाको लास्कु र डुङरीका सात जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजि गरिरहेका छन् । बेपत्तामा महाकाली–३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरु दीपक र दिनेश तथा अन्य चारजना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १ गते, २०८१ - १६:५६
काठमाडौं । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी भएको छ । ...
कार्तिक १ गते, २०८१ - १६:४५
सिन्धुलीमाढी। बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत सिन्धुली जिल्लामा पर्ने नेपालथोक–बर्षेखोला खण्डमा रातको समयमा सवारी सञ्चालन बन्द गरिए...
कार्तिक १ गते, २०८१ - १६:३८
काठमाडौँ । आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी–२० क्रिकेट खेल्ने भएको छ । लिग–२ अघि नेपा...
कार्तिक १ गते, २०८१ - १६:३१
काठमाडौँ । शीर्ष तीन राजनीतिक दल शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन गठन हुने भनिएको सर्च कमिटीलाई तत्काल पूर्णता दिने विषयमा सहमत भएका छन्। बिह...
कार्तिक १ गते, २०८१ - १६:२६
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्न गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप...
कार्तिक १ गते, २०८१ - १६:१४
पर्सा। मधेश आन्दोलनको क्रममा भएको वीरगन्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगन्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठुलो सङ्कुच...
कार्तिक १ गते, २०८१ - १६:०४
काठमाडौँ । विहिबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से २.४७ अंकले बढेर २७४५. ३६ विन्दुमा बन्द भएको छ । आज कुल ३१६ कम्पनीका एक करोड ८...
कार्तिक १ गते, २०८१ - १५:५५
कोहलपुर। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिएको विषयलाई लिएर भ्रामक प्रचार नगर्न आग्रह गरेको छन् । बिही...
कार्तिक १ गते, २०८१ - १५:३८
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएक...
कार्तिक १ गते, २०८१ - १५:२९
बिहार। भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको ...
प्रतिकृया लेख्नुहोस्: