Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास जोगाउन नसक्ने सैनिक अधिकारीमाथि पनि कारबाहीको सिफारिस

खबरडबली संवाददाता

काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकारीमाथि पनि कारबाहीका लागि जाँचबुझ आयोगले सिफारिस गरेको छ । उनीहरूले सावधानी नअपनाउँदा ती निकाय जलेको निष्कर्ष निकाल्दै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारबाही सिफारिस गरेको हो । 

आन्दोलनकारीहरू राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवाससमेत छिरेर आगजनी र तोडफोड गरेका थिए । त्यसअघि नै राष्ट्रपति र प्रधानमन्त्रीलाई अन्यत्र लगिएको थियो । ती निकायको सुरक्षाको मुख्य जिम्मेवारी नेपाली सेनाले सम्हाल्दै आएको छ । सेनाले आन्दोलनकारीलाई रोक्न आवश्यक प्रयास नगरेको देखिएकाले कारबाहीको सिफारिस गरिएको आयोगका एक अधिकारीले बताए । ‘सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयको सुरक्षामा खटिएका सैनिक अधिकारीले सामान्य बल प्रयोग पनि गरिएको देखिएन, उनीहरूले सक्रियता बढाएको भए यो हदको क्षति हुने थिएन भन्ने हाम्रो निष्कर्ष हो,’ आयोगका ती अधिकारी भन्छन्, ‘यस विषयमा हामीले कारबाही गर्न भनेका हौँ ।’ 

आन्दोलनमा देश जलिरहँदा सेना रमिते बनेको भनेर आलोचना हुँदै आएको छ । २४ भदौको राति १० बजेपछि मात्र सेना सुरक्षामा खटिएको थियो । त्यतिवेलासम्म काठमाडौंका प्रहरी कार्यालयदेखि महत्वपूर्ण सरकारी संरचना र केही व्यावसायिक घरानासमेत जलेर नष्ट भइसकेका थिए । आयोगले प्रधानसेनापति अशोकराज सिग्देलसँग समेत बयान भने लिएको थियो । तर, समग्र सेनाको भूमिकाबारे प्रश्न उठाएको छैन । उपत्यका पृतनाको नेतृत्वको कमजोरीबारे समेत केही बोलेको छैन । 

महत्वपूर्ण निकायको सुरक्षामा खटिएका अधिकृतलाई मात्र कारबाहीको सिफारिस गरेको छ । आयोगका अधिकारीले सेनाको माथिबाट बल प्रयोग गर्ने आदेश नआएको दाबी गरेका छन् । सेनाले गत कात्तिकमै सिंहदरबारस्थित नरसिंह दल गणका गणपतिलगायत केही अधिकृतमाथि छानबिन गरेको थियो । अहिले आयोगले पनि उनीहरूलाई नै कारबाही सिफारिस गरेको हो । अर्काेतर्फ नेपाल प्रहरीको हकमा भने तत्कालीन आइजिपीमाथि नै मुद्दा चलाउन सिफारिस गरिएको छ । तत्कालीन आइजिपी खापुङलाई मुद्दा चलाउनुपर्ने र अन्य अधिकारीमाथि गम्भीर प्रकृतिको विभागीय कारबाहीको सिफारिस भएको छ । 

एकथरी प्रहरीलाई अधिक बल प्रयोग गरिएकोका कारबाही सिफारिस भएको छ भने केहीलाई बल प्रयोग नगर्दा कार्यालयमा आगजनी र हतियार लुटिएको विषयमा दोषी देखाउँदै कारबाही सिफारिस भएको छ । तत्कालीन प्रहरी नेतृत्वमाथि फौजदारी मुद्दा चलाउन सिफारिस भएपछि यसले प्रहरीमा असन्तुष्टि देखिएको छ । यसरी प्रहरीमाथि कारबाही भएमा भोलिका दिनमा भिड नियन्त्रणमा कर्मचारीलाई खटाउन नसकिने प्रहरी अधिकारीको गुनासो छ । आयोगको प्रतिवेदन निष्पक्ष हुन नसकेको भन्दै प्रहरी अधिकारीले असन्तुष्टि जनाएका छन् । यद्यपि, प्रतिवेदनको विवरण भने अझै सार्वजनिक भइसकेको छैन । 

आयोगले गत २४ फागुनमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्रीले आफ्नै सरकारले प्रतिवेदन सार्वजनिक गर्ने बताएकी थिइन् । तर, नौ दिन हुँदासम्म प्रतिवेदन सार्वजनिक भएको छैन । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरे पनि सार्वजनिक गर्ने–नगर्ने विषयमा कुनै निर्णय गरेको छैन । जेन–जी अगुवाहरूले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दैे दैनिक प्रदर्शन गरिरहेका छन् । 

जेन–जी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन पनि तयार, अर्काे साता सार्वजनिक हुने जेन–जी आन्दोलनमा भएको दमन र क्षति सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले छानबिन टुंग्याएको छ । आयोगले आगामी साता प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले सदस्य लिली थापाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले बिहीबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । 

‘छानबिन सकाएका छौँ, बिहीबार अध्यक्षज्यूलाई प्रतिवेदन बुझाउँछौँ,’ छानबिन समिति संयोजक थापाले भनिन्, ‘आयोगको बैठकमा पेस भएपछि सम्भवतः अर्काे साता सार्वजनिक हुनेछ ।’ आयोगले २४ भदौमै सो समिति गठन गरेको थियो । १ महिनाभित्रै आयोगले प्रतिवेदन तयार गर्ने लक्ष्य लिएको छ । तर, अस्वाभाविक रूपमा आयोगको छानबिन लम्बिएको छ ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending