Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

कैलालीका बाढी प्रभावितको बिचल्ली, भन्छन् : ज्यान बाँचे खाइएला

हजारौँ घर डुबानमा, सयौँ विस्थापित

खबरडबली संवाददाता

कैलाली । बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बाढी आउँदा भजनी नगरपालिकाका करिब सात हजार घरपरिवार  प्रभावित भएका छन् । बाढीका प्रभावित परिवार शनिबार बिहानदेखि हुलाकी सडकमा बसेका छन् । 

बाढीका कारण आठ हजार बिघामा लगाएको फुट्न लागेको धानबालीमा क्षति भएको बताइएको छ । गत वर्ष पाकेको धान बाढीमा बगेका यहाँका किसान यस वर्ष फुल्न थालेको धानबाली बाढीले नोक्सान गरेपछि थप पीडामा परेका छन् । 

बाढीले प्रभावितले घरमा रहेका अन्नपातसमेत जोगाउन सकेनन्, प्रभावितहरू अत्यावश्यक कागजात र गाईभैँसी डोहो(याएर भागेर ज्यान बचाएका स्थानीय जयप्रसाद ढुङ्गानाले बताए। 

हुलाकी सडकमा बसेकाहरूको बिचल्ली छ । सडकमा बस्नेहरू एकसरो लुगामा रहेका स्थानीय रुपा चौधरीले बताए । “बाढी बस्तीमा पसेपछि ज्यान जोगाउन भन्दै सात जनाको परिवार भाग्यौँ”, उनले भने, “ज्यान बाँचे खाइएला, हामी सबै भोकै छौँ, अब सम्पत्ति बगेको हिसाब छैन ।”

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणी क्षेत्र डुबानमा परेको हो । चुरे मुहान भएर बग्ने पथरैया, कान्द्रा, काँढा, मोहना, खुटिया, कटैनी नदीमा आएको बाढीले भजनी, कैलारी, जोशीपुर, टीकापुर, जानकी, धनगढीलगायतका पालिकामा डुबान भएको छ । टीकापुर नगरपालिका–८ को वनगाउँ क्षेत्रमा कर्णाली नदी गाउँ पसेको छ । 

भजनी नगरपालिका सबै डुबानमा परेको र त्यसमा पनि वडा नं ३, ५, ७ र ८ बढी प्रभावित भएका भजनी नगरप्रमुख केवल चौधरीले जानकारी दिए । “पूरै पालिका डुबानमा परेको छ, डुबानमा परेकाहरूको उद्धार कार्य जारीरहेको छ”, उनले भने, “स्थानीय पनि उद्धारमा खट्नुभएको छ । हामी स्रोत साधन र जनशक्ति परिचालन गरेर खटेका छौँ, हजारौँ घर डुबानमा परेका र सयौँ विस्थापित भएका छन् ।”

टीकापुर नगरपालिकामा कर्णाली, मोहना र पथरैया नदीको पानी गाउँमा पस्दा करिब साढे पाँच सय घर डुबानमा परेका छन् । वडा नं ८ को वनगाउँमा कर्णाली नदीले तटबन्ध भत्काएर गाउँमा पस्दा त्यहाँ निकै जोखिम बढेको छ । त्यहाँका नागरिकलाई उच्च घरमा सारिएको छ । 

अहिलेको यो तथ्याङ्क नै अन्तिम नभएको र अझै पनि तथ्याङ्क सङ्कलन गर्ने काम जारी रहेकाले वाढीबाट प्रभावितको सङ्ख्या बढ्न सक्ने नगर उपप्रमुख खडक शाहले जानकारी दिनुभयो । “हामीले प्रभावितलाई अत्यावश्यक सामान त्रिपाल, पानीलगायतका वितरण गरेका छौँ”, उनले भने, “उद्धारमा खटेका छौँ, अझै सङ्ख्या बढ्न सक्ने देखिएको छ ।”

जानकी गाउँपालिकामा पनि पथरैया नदीको पानी गाउँमा पस्दा वडा नं ४ र ७ का एक सय पाँच घर विस्थापित भएका छन् भने दुई सय घरपरिवार प्रभावित भएका छन्  । उनीहरु अहिले स्थानीयस्तरमा बनेका उच्च घरमा आश्रय लिएर बसिरहेका र डुबानबाट विस्थापित परिवारलाई गाउँपालिकाले सामूहिक मेस सञ्चालन गरी खानाको व्यवस्था गरेको जानकी गाउँपालिका विपद् व्यवस्थापन शाखाका संयोजक नेत्रप्रसाद जैशीले जानकारी दिए ।

जोशीपुर गाउँपालिकामा पनि एक हजार घर डुबानमा परेका र त्यसको यकिन तथ्याङ्क आउन केही दिन लाग्ने गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले जानकारी दिए । अहिले गाउँपालिकाले बाढीबाट विस्थापित भएकालाई सुरक्षित स्थानतर्फ सारी उनीहरूलाई तत्कालीन राहत दिने काम भइरहेको अध्यक्ष चौधरीले बताए । 

कैलारी गाउँपालिकाको पनि वडा नं १, २, ५, ७ र ८ डुबानमा परेका छन् । वडा नं १ र २ आंशिकरूपमा डुबानमा परे पनि ५, ७ र ८ वडाका सबै घर डुबानमा परेका कारण कति घर डुबानमा परे भनी तथ्याङ्कसमेत लिन सकिने अवस्था छैन । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सहयोगमा डुबानमा फसेकाहरूलाई उद्धार गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, स्थानीय पालिका तथा वडा कार्यालयको समन्वय र सहकार्यमा उद्धार गरिएको छ भने उनीहरूलाई तत्कालीन राहत प्रदान गर्ने काम पनि भइरहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending