Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

कैलालीका बाढी प्रभावितको बिचल्ली, भन्छन् : ज्यान बाँचे खाइएला

हजारौँ घर डुबानमा, सयौँ विस्थापित

खबरडबली संवाददाता

कैलाली । बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बाढी आउँदा भजनी नगरपालिकाका करिब सात हजार घरपरिवार  प्रभावित भएका छन् । बाढीका प्रभावित परिवार शनिबार बिहानदेखि हुलाकी सडकमा बसेका छन् । 

बाढीका कारण आठ हजार बिघामा लगाएको फुट्न लागेको धानबालीमा क्षति भएको बताइएको छ । गत वर्ष पाकेको धान बाढीमा बगेका यहाँका किसान यस वर्ष फुल्न थालेको धानबाली बाढीले नोक्सान गरेपछि थप पीडामा परेका छन् । 

बाढीले प्रभावितले घरमा रहेका अन्नपातसमेत जोगाउन सकेनन्, प्रभावितहरू अत्यावश्यक कागजात र गाईभैँसी डोहो(याएर भागेर ज्यान बचाएका स्थानीय जयप्रसाद ढुङ्गानाले बताए। 

हुलाकी सडकमा बसेकाहरूको बिचल्ली छ । सडकमा बस्नेहरू एकसरो लुगामा रहेका स्थानीय रुपा चौधरीले बताए । “बाढी बस्तीमा पसेपछि ज्यान जोगाउन भन्दै सात जनाको परिवार भाग्यौँ”, उनले भने, “ज्यान बाँचे खाइएला, हामी सबै भोकै छौँ, अब सम्पत्ति बगेको हिसाब छैन ।”

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणी क्षेत्र डुबानमा परेको हो । चुरे मुहान भएर बग्ने पथरैया, कान्द्रा, काँढा, मोहना, खुटिया, कटैनी नदीमा आएको बाढीले भजनी, कैलारी, जोशीपुर, टीकापुर, जानकी, धनगढीलगायतका पालिकामा डुबान भएको छ । टीकापुर नगरपालिका–८ को वनगाउँ क्षेत्रमा कर्णाली नदी गाउँ पसेको छ । 

भजनी नगरपालिका सबै डुबानमा परेको र त्यसमा पनि वडा नं ३, ५, ७ र ८ बढी प्रभावित भएका भजनी नगरप्रमुख केवल चौधरीले जानकारी दिए । “पूरै पालिका डुबानमा परेको छ, डुबानमा परेकाहरूको उद्धार कार्य जारीरहेको छ”, उनले भने, “स्थानीय पनि उद्धारमा खट्नुभएको छ । हामी स्रोत साधन र जनशक्ति परिचालन गरेर खटेका छौँ, हजारौँ घर डुबानमा परेका र सयौँ विस्थापित भएका छन् ।”

टीकापुर नगरपालिकामा कर्णाली, मोहना र पथरैया नदीको पानी गाउँमा पस्दा करिब साढे पाँच सय घर डुबानमा परेका छन् । वडा नं ८ को वनगाउँमा कर्णाली नदीले तटबन्ध भत्काएर गाउँमा पस्दा त्यहाँ निकै जोखिम बढेको छ । त्यहाँका नागरिकलाई उच्च घरमा सारिएको छ । 

अहिलेको यो तथ्याङ्क नै अन्तिम नभएको र अझै पनि तथ्याङ्क सङ्कलन गर्ने काम जारी रहेकाले वाढीबाट प्रभावितको सङ्ख्या बढ्न सक्ने नगर उपप्रमुख खडक शाहले जानकारी दिनुभयो । “हामीले प्रभावितलाई अत्यावश्यक सामान त्रिपाल, पानीलगायतका वितरण गरेका छौँ”, उनले भने, “उद्धारमा खटेका छौँ, अझै सङ्ख्या बढ्न सक्ने देखिएको छ ।”

जानकी गाउँपालिकामा पनि पथरैया नदीको पानी गाउँमा पस्दा वडा नं ४ र ७ का एक सय पाँच घर विस्थापित भएका छन् भने दुई सय घरपरिवार प्रभावित भएका छन्  । उनीहरु अहिले स्थानीयस्तरमा बनेका उच्च घरमा आश्रय लिएर बसिरहेका र डुबानबाट विस्थापित परिवारलाई गाउँपालिकाले सामूहिक मेस सञ्चालन गरी खानाको व्यवस्था गरेको जानकी गाउँपालिका विपद् व्यवस्थापन शाखाका संयोजक नेत्रप्रसाद जैशीले जानकारी दिए ।

जोशीपुर गाउँपालिकामा पनि एक हजार घर डुबानमा परेका र त्यसको यकिन तथ्याङ्क आउन केही दिन लाग्ने गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले जानकारी दिए । अहिले गाउँपालिकाले बाढीबाट विस्थापित भएकालाई सुरक्षित स्थानतर्फ सारी उनीहरूलाई तत्कालीन राहत दिने काम भइरहेको अध्यक्ष चौधरीले बताए । 

कैलारी गाउँपालिकाको पनि वडा नं १, २, ५, ७ र ८ डुबानमा परेका छन् । वडा नं १ र २ आंशिकरूपमा डुबानमा परे पनि ५, ७ र ८ वडाका सबै घर डुबानमा परेका कारण कति घर डुबानमा परे भनी तथ्याङ्कसमेत लिन सकिने अवस्था छैन । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सहयोगमा डुबानमा फसेकाहरूलाई उद्धार गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, स्थानीय पालिका तथा वडा कार्यालयको समन्वय र सहकार्यमा उद्धार गरिएको छ भने उनीहरूलाई तत्कालीन राहत प्रदान गर्ने काम पनि भइरहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending