Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

जब नेपाली सेनाले नाकाबन्दी खुलाउन नयाँ दिल्लीमा दूत पठायो

'निर्णायक अवसरमा गोल हान्ने अवसर नेपाली प्रधानसेनापतिले पाएका थिए'

नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ महारथीको सम्मान लिएर नयाँ दिल्लीबाट काठमाण्डू नफर्कँदै उक्त अघोषित नाकाबन्दी हटेको थियो
खबरडबली संवाददाता

काठमाडौं ।  नेपालमा सात वर्ष अघि नयाँ संविधान जारी हुँदा त्यसलाई लिएर नयाँ दिल्लीले व्यक्त गरेको चिसो प्रतिक्रिया अझै पनि धेरैको मनमा ताजै छ।

त्यसबेला तराईमा भइरहेको आन्दोलनमाझ संविधानसभाले अनुमोदन गरेको संविधान जारी भएको क्षणलाई नेपालको सबैभन्दा प्रभावशाली छिमेकी भारतले 'जानकारीमा लिएको' प्रतिक्रिया दिएको थियो।

संविधान जारी हुनु अघि दुई दिन अघि भारत सरकारको विशेष दूत बनेर नेपाल आएका तत्कालीन भारतीय विदेश सचिव एस जयशङ्करले संविधान जारी गर्ने प्रक्रिया स्थगित गरी असन्तुष्ट पक्षहरूसँग वार्ता गर्न सरकार र राजनीतिक दलका नेताहरूलाई सुझाएका थिए।

तर भारतीय सुझावलाई अस्वीकार गर्दै नेपाल अघि बढेपछि नयाँ दिल्लीले अघोषित रूपमा नाकाबन्दी लगायो।

झन्डै साढे चार महिना चलेको उक्त नाकाबन्दी फिर्ता गर्ने अभियानको केन्द्रमा त्यस बेला नेपाली सेनालेसमेत भूमिका खेलेको जानकार अधिकारीहरू बताउँछन्।

त्यो छलफल

नेपालमा व्यापक रूपमा भारत विरोधी भावना जगाइदिएको नाकाबन्दीको घटनाक्रमबारे भारतीय संसद्‌मा समेत छलफल भएको थियो।

तत्कालीन भारतीय सेनाध्यक्ष दलवीर सिंह सुहाग गोर्खा राइफल्सबाट भारतीय सेनाध्यक्ष बन्ने दोस्रो व्यक्ति थिए

त्यस बेला संविधानमा नयाँ दिल्लीको असन्तुष्टि के हो भनेर प्रस्ट रूपमा प्रकट नभएको भएपनि राजनीतिक नेतृत्वले पनि भारतसँग औपचारिक र अनौपचारिक माध्यमबाट संवादको प्रयास जारी नै राखेको थियो।

त्यस बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग 'अनुमति' लिएर सैन्य कूटनीतिमार्फत् नाकाबन्दी खुलाउने प्रयास गरेको कतिपय सैनिक अधिकारीहरूले बताउने गरेका छन्।

नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्री नयाँ दिल्लीको औपचारिक भ्रमणमा रहेकै बेला १३५ दिन चलेको उक्त नाकाबन्दी फिर्ता भएको थियो।

आफू नयाँ दिल्ली पुग्नुअघि प्रधानसेनापति क्षत्रीले तत्कालीन युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापालाई आफ्नो विशेष दूत बनाएर भारत पठाएका भनिएको छ।

सन्देशवाहकका रूपमा को दिल्ली गएको थियो

बीबीसीलाई दिएको अन्तरवार्तामा थापाले आफू प्रधानसेनापतिको प्रतिनिधिको रूपमा तत्कालीन भारतीय सेनाध्यक्ष दलवीर सिंह सुहागसँग संवाद गर्न गएको बताए।

भारतीय सेनाध्यक्ष दलवीरसिंह सुहागसँग नेपाली सेनाका तत्कालीन उपरथी हिमालय थापा

उनी भन्छन्, "त्यस बेला प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो। उहाँको सहमतिमा म नाकाबन्दी हटाउने विषयमा वार्ता गर्न भारत गएँ। मानिसहरूले विभिन्न टीकाटिप्पणी गर्छन् सेनाले कहाँ गर्न सक्छ यो त अरू विभिन्न ठाउँबाट पनि भइरहेको हुन्छ भन्छन्। तर मलाई लाग्छ हामीले गरेको संवादले पनि एउटा महत्त्वपूर्ण भूमिका खेल्यो।"

तत्कालीन भारतीय सेनाध्यक्ष सिंहले गोर्खा रेजिमेन्टमा पनि सेवा गरेको हुँदा त्यसले संवादलाई अझ सहजीकरण गरेको थापा सम्झन्छन्।

उनले थपे, "म उहाँलाई निक्कै सम्मान गर्छु। मैले नेपालको अवस्थाको वास्तविक चित्रण उहाँ समक्ष गरिदिएँ। अवस्था के छ, यसले कसलाई फाइदा हुन्छ र कसलाई नोक्सान हुन्छ भनेर मैले सुनाएपछि उहाँले आफूले प्रधानमन्त्रीलाई गएर त्यसबारे अवगत गराउने बताउनुभयो।"

उनका अनुसार भारतीय सेनाध्यक्षले प्रधानमन्त्री मोदीसँग छलफल गरेपछि अवस्था बिस्तारै सामान्य हुन थाल्यो।

नेपाल र भारतका सेनाध्यक्ष एक अर्काको सेनाका मानार्थ महारथी हुने परम्परा सन् १९५० मा आरम्भ भएको बताइन्छ

थापाले भने, "त्यसपछि हाम्रा प्रधानसेनापति भारत जानुभयो र उहाँ त्यहाँ नै रहँदा नाकाबन्दी हट्यो। सेनाले मात्रै भूमिका खेलेको होइन होला अरूले पनि खेले होलान् तर त्यसको साङ्केतिक महत्त्व छ। पछि भारतीय सेनाध्यक्ष दलवीर सिंह अवकाश लिनुभन्दा अघि नेपाल आउँदा मैले उहाँलाई भेटेरै त्यस बेला गरेको समर्थन र सहयोगका लागि धन्यवाद दिए।"

थापाको डेढ साता लामो उक्त भ्रमणमा हाल नेपाली सेनाका सहायक रथी रहेका अनुपजङ्ग थापा पनि सँगै थिए।

'राजनीतिक उद्देश्यले पहल गरिएको थिएन'

भारतीय पक्षले उसको सेनाले नेपालको त्यस बेलाको परिस्थितिबारे कुनै किसिमको दृष्टिकोणहरू राखेको कुरा सार्वजनिक रूपमा बताएको पाइँदैन।

नेपाल र भारतका सेनाध्यक्ष एक अर्काको सेनाका मानार्थ महारथी हुन् र दुवै देशका सेनाले विशिष्ट आपसी सम्बन्ध रहेको बताउने गरेका छन्।

नाकाबन्दी खुलाउनका लागि भएको उक्त पहलको तत्कालीन प्रधानसेनापति क्षत्रीले पनि बीबीसीसँगको एउटा अन्तरवार्तामा चर्चा गरेका थिए।

प्रधानसेनापति क्षत्रीले बीबीसीलाई दिएको अन्तरवार्तामा आफूले नाकाबन्दी खुलाउन सहयोग गर्न तत्कालीन रक्षा मन्त्री, गृह मन्त्री र अन्य भारतीय अधिकारीलाई अनुरोध गरेको बताएका थिए

उनले भनेका थिए, "त्यस्ता किसिमका राजनीतिक गतिरोधबाट सुरक्षाको दृष्टिले पर्ने असरबारे मेरा भारतीय समकक्षी तत्कालीन प्रधानसेनापतिसँग एक किसिमको सम्पर्क कायम थियो र उहाँलाई अवगत गराउने कार्य भइरहेको थियो। त्यसपछि नेपाल सरकारको स्वीकृतिमै भएको औपचारिक भ्रमणको सिलसिलामा यस विषयमा अझ सशक्त ढङ्गले कुरा राख्न सकियो।"

"संयोगवश म भारतमै रहेको अवस्थामा नाकाबन्दी पूर्ण रूपमा हट्यो। त्यसमा सेनाले कुनै राजनीतिक हिसाबबाट खेल खेलेको चाहिँ होइन।"

किन रक्षा कूटनीति प्रयोगमा ल्याइयो

कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माको पुस्तक द नेपाल नेक्ससमा नाकाबन्दी खुलाउन सैन्य कूटनीतिकको प्रयोग गरिएको सन्दर्भको चर्चा गरिएको छ।

उनले लेखेका छन्, "जानकार स्रोतहरू भन्छन् कि भारतको प्रारम्भिक योजना अधिकतम १० दिन नाकाबन्दी लगाउने थियो। तर त्यो महिनौँसम्म लम्बियो… आयातमा पूर्ण रूपमा भारतमा निर्भर भएकाले नेपाल नाकाबन्दीले अस्तव्यस्त हुने र उसका राजनीतिक नेतृत्व पछि हट्न बाध्य हुने आकलन थियो।"

नेपाल र भारतबीच निकट सैन्य सम्बन्ध छ। नेपाली युवाहरू भारतीय सेनामा भर्ना हुन जाने गर्छन्

उनी थप्छन्, "मधेशी दलहरूले लामो समयसम्म आफ्ना आन्दोलनलाई सशक्त रूपमा परिचालन गर्न नसकेपछि भारतले प्रयोग गरेको नाकाबन्दीको हतियार भुत्ते भइसकेको थियो। सरकारले संविधान संशोधन सहित कतिपय सुधारका कदम चालेको थियो। नयाँ दिल्लीले प्रधानमन्त्री ओलीलाई भ्रमणका लागि निम्तो पनि दिएको थियो। तर ओलीले नाकाबन्दी नखुलेसम्म भारत नजाने अडान लिएका थिए।"

त्यस बेला भारतीय पक्षमा ओलीले चीनसँग निकटता बढाउने चिन्ताहरू बढेको र त्यही समयमा रक्षा कूटनीति प्रयोगमा ल्याइएको द नेपाल नेक्सस पुस्तकमा उल्लेख छ।

खासमा भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्न प्रधानसेनापति क्षत्रीले नयाँ दिल्लीको भ्रमण गरेको भएपनि उनको उक्त भ्रमण औपचारिकतामा मात्रै सीमित थिएन।

क्षत्रीका अनुसार उनले प्रधानसेनापतिका रूपमा भारतको भ्रमण गर्दा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल, रक्षामन्त्री मनोहर पर्रिकर र गृहमन्त्री राजनाथ सिंहसँग नाकाबन्दीले निम्त्याउने सुरक्षा चुनौतीका बारेमा छलफल गरेका थिए।

निर्णायक अवसर

सुरक्षाको दृष्टिबाट नाकाबन्दीले नकारात्मक परिणामहरू निम्त्याउने, दुई देश र दुई देशका सेनाबीचको ऐतिहासिक सम्बन्धमा असर पर्नसक्ने र भारतविरोधी वा नेपाल विरोधी भावना दुवै देशमा फैलँदै गएको अवस्थामा अनावश्यक तत्त्वले त्यसलाई प्रयोग गर्न सक्ने धारणा आफूले राखेको तत्कालीन प्रधानसेनापतिको भनाइ छ।

कान्तिपुर दैनिकमा प्रकाशित आफ्नो एउटा लेखमा शर्माले लेखेका छन्, "अर्थ यो होइन कि नाकाबन्दीको निर्णय फिर्ता लिइनुमा प्रधानसेनापति क्षत्री मात्रको भूमिका छ । तर जुन समय र परिस्थितिमा उनी दिल्ली पुगे, त्यहाँको राजनीतिक नेतृत्वमा दोधार देखिन थालिसकेको थियो।"

भारत भ्रमणका क्रममा तत्कालीन प्रधानसेनापती राजेन्द्र क्षत्री

मोदी स्वयंले आन्तरिक बैठकहरूमा 'नेपालमा कतै हामीबाटै त गल्ती भएन' भन्न थालिसकेका थिए । त्यही बेला निर्णायक गोल हान्ने अवसर सेनापति क्षत्रीलाई प्राप्त भएको हो, जसको पछाडि द्विदेशीय संवादका थुप्रै प्रकट-अप्रकट कडीहरू जोडिएका छन्।"

नेपाली सेनाका अवकाशप्राप्त उपरथी थापा त्यस बेला भएका संवाद र तीनले दिएका परिणामले विभिन्न तहका कूटनीतिक संयन्त्रहरूको विशिष्ट महत्त्व देखाएको उल्लेख गर्छन्।

नेपाल भारतबीच रहेका सीमा विवाद जस्ता थाती रहेका समस्याहरू पनि संवादबाटै हल गर्नुको विकल्प नरहेको उनले सुनाए।

भारतीय सेनाध्यक्षलाई दिएको प्रस्तुतीमा तपाईँले त्यस बेला के भन्नुभएको थियो? भन्ने बीबीसीको प्रश्नमा उनले भने, "त्यो राष्ट्रिय स्वार्थका विषयमा कुरा गरिएको थियो। त्यति गहिराइमा नजाऔँ।"

उनले थपे, "तर नाकाबन्दी लागिरह्यो भने यसले दुवै राष्ट्रलाई घाटै हुन्छ, फाइदा हुँदैन। त्यो परिस्थितिको परिकल्पना गरेर मैले भारतीय सेनाध्यक्षलाई ब्रिफिङ गरेको थिए।" बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद्‌ कत्रो हुन्छ ?

मन्त्रीमा विज्ञ कि सांसद?

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।  ...

एमाले अध्यक्ष ओलीलाई पितृशोक

आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

१० चैतभित्र नयाँ सरकार

काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा  पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...

अमेरिकाले उल्लङ्घन गरेका व्यापार सम्झौताको ‘दृढताका साथ प्रतिक्रिया’ दिइनेः इयु

काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...

राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...

बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...

चुनाव सुधार्न नीतिगत शल्यक्रियाको प्रस्ताव : के-के छन् नयाँ सुझाव ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्।  नि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: