काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डेङ्गुको रोकथाम र नियन्त्रणका लागि सरकारले निरन्तर पहल गरिरहेको बताएका छन्। आज यहाँ ‘दोस्रो नेपाल चिकित्सक राष्ट्रिय स्वास्थ्य सम्मेलन’को उद्घाटन गर्दै उनले कोभिड–१९ को महामारी नसकिँदै डेङ्गुको सङ्क्रमण बढेकाले रोकथाम र नियन्त्रण गर्नुका साथै उपचारको व्यवस्था गरिएको बताए। स्वास्थ्य पूर्वाधार विस्तार गरेर महामारी नियन्त्रण गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकार क्रियाशील रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।
कोभिड–१९ महामारीजस्तै डेङ्गु नियन्त्रण गर्नका लागि चिकित्सक सङ्घको सहयोग आवश्यक रहेको उनको भनाइ रहेको थियो । “सबैको सहयोगबाट कोभिड–१९ जस्तै डेङ्गुको सङ्क्रमण पनि सामान्य अवस्थामा ल्याउन विश्वास लिएको छु”, उनले भने । उनले कोरोना भाइरस र डेङ्गुको उपचारका लागि सरकारले सबै व्यवस्था गरेको जानकारी दिए। उनले सम्मेलनमा गरिने छलफल, परामर्श र सुझावलाई सरकारले ग्रहण गर्दै स्वास्थ्यका नीति तथा रणनीति तयार पार्न सहयोग मिल्नेसमेत बताए ।
उनले स्वास्थ्य बहुआयामिक विषय रहेकाले कुनै पनि विषयका समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको भन्दै कोरोना भाइरस होस् वा डेङ्गु होस् सबैको सामूहिक प्रयासले नियन्त्रण गर्न सकिन्छ भन्नेमा दुईमत नभएको बताए ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सम्मेलनमा नेपालको स्वास्थ्य क्षेत्रको बारेमा छलफल भई स्वास्थ्यको नीति नियम बनाउन सरकारलाई सहज हुने बताए। उनले कोरोना भाइरस महामारी नियन्त्रणको प्रयासमा सरकार रहेको उल्लेख गर्दै डेङ्गुको सङ्क्रमण नियन्त्रण गर्न सरकार लागिपरेको बताउनुभयो । स्वास्थ्य सचिव डा रोशन पोखरेलले सम्मेलनबाट प्राप्त भएका सुझावले सरकारलाई स्वास्थ्य क्षेत्रका नीति तथा रणनीति बनाउन सहयोग मिल्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १८ गते, २०८२ - १७:२६
दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...
फाल्गुन १८ गते, २०८२ - १७:१७
दमक। नेकापा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न नेकपा (एमाले) को जित अनिवार्य रहेको बताएको छन्् । झापा ५ को दमकमा ...
फाल्गुन १८ गते, २०८२ - १७:००
काठमाडौं । रामेछाप जिल्लामा मतपेटिका तथा अन्य निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय, ...
फाल्गुन १८ गते, २०८२ - १६:५३
भक्तपुर। भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय होली मनाएर रमाएका हुन् । स्थानीय ...
फाल्गुन १८ गते, २०८२ - १६:४४
महोत्तरी । महोत्तरी जिल्ला क्षेत्र नं. १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। कुलम...
फाल्गुन १८ गते, २०८२ - १६:३९
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्यालीमार...
फाल्गुन १८ गते, २०८२ - १६:०४
बेरुत। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको ...
फाल्गुन १८ गते, २०८२ - १५:५३
नैरोबी। डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारी बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पिये...
फाल्गुन १८ गते, २०८२ - १५:४५
काठमाडौँ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचन अन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्...
फाल्गुन १८ गते, २०८२ - १५:३१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताएको छन्। वामपन्थी पृष्ठभूमिका व्यक्...



प्रतिकृया लेख्नुहोस्: