काठमाडौं । युक्रेनले रुसद्वारा कब्जा गरिएको केही क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिएसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आंशिक रूपमा सेना परिचालनको आदेश दिएका छन्।
टेलिभिजनमार्फत् राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले उक्त कदम भौगोलिक अखण्डताको रक्षा गर्न आवश्यक भएको बताएका हुन्।
उक्त सम्बोधनमा पुटिनले पश्चिमा राष्ट्रहरूले रुसलाई कमजोर देख्न चाहेको आरोप लगाए र थप सैन्य आक्रमण गर्ने चेतावनी "धम्की" मात्र नभएको कुरामा समेत जोड दिए।
उनले हाल जगेडामा राखिएका सेनालाई मात्रै परिचालनका लागि बोलाइने बताए। जगेडा सेनामा ती मानिसहरू समेटिएका छन् जसले अनिवार्य रूपमा रुसी सैन्य सेवा गर्नुपर्छ।
रुसमा करिब २० लाख त्यस्ता सेना रहेको अनुमान छ। त्यहाँको रक्षामन्त्री सर्गेई शोइगुले तीमध्ये विद्यार्थीहरूलाई परिचालन गर्न नहुने बताएका छन्।
उनका अनुसार हाल त्यस्ता व्यक्तिमध्ये तीन लाख परिचालित हुँदै छन्। यो सङ्ख्या देशको कुल परिचालन स्रोतको एक प्रतिशत मात्रै भएको जनाइएको छ।
रुसले कब्जा गरेका युक्रेनका केही क्षेत्रमा रुससँग गाभिने विषयमा जनमत सङ्ग्रहको घोषणा भएको भोलिपल्ट पुटिनले यस्तो कदम चालेका हुन्।
पूर्वका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरीजा र खेअर्सनमा शुक्रवारदेखि पाँच दिन मतदान गर्ने योजना बताइएको छ।
ती चार क्षेत्रले युक्रेनको कुल भूमिको १५ प्रतिशत ओगट्छन्। रोयटर्स समाचारसंस्थाका अनुसार तिनको कुल क्षेत्रफल हङ्गेरीको जत्रो छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - ०९:३३
जीबी राईलाई सरकारले पक्राउ गर्न नसकेको कि नचाहेको ?
पौष ८ गते, २०८१ - ०९:११
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा रास्वपा सभापति रवि लामिछानेसहित थप ४४ विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । यसअ...
पौष ८ गते, २०८१ - ०९:०३
अमेरिकी विदेश मन्त्रालयबाट २०१८ को ‘टिप हिरो’ को रूपमा भएकी थिइन् सम्मानित
पौष ८ गते, २०८१ - ०८:४४
काठमाडौँ । भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन्। यही पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात ...
पौष ८ गते, २०८१ - ०८:३८
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उहाँले आफू सहित दुईजना...
पौष ८ गते, २०८१ - ०७:५६
गोरखा । गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ । सो सेवा अन्तर्गत गर्भवतीला...
पौष ८ गते, २०८१ - ०७:४९
काठमाडौँ । आइतवार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...
पौष ८ गते, २०८१ - ०७:४३
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन्। सन् २०२४ मा इपिएसमा...
पौष ८ गते, २०८१ - ०७:३७
पर्सा । नेपाल विद्युत् प्राधिकरणले साँझको समयमा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक चार घण्टा विद्युत् कटौती गरेपछि उद्योगी व्यवसायी समस्यामा परेक...
पौष ८ गते, २०८१ - ०७:३४
कैलाली । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट पाँच सय ४९ दशमलव दुई ग्राम अवैध सुनसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको उ...
प्रतिकृया लेख्नुहोस्: