काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य ‘बिटुमिन’ अभावका कारण दुई महिनादेखि प्रभावित बनेको छ। कालोपत्रे गर्ने मुख्य सामग्री नै उपलब्ध नभएपछि सडक पक्की बनाउने काम रोकिएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार चैत महिनामा राति सवारी आवागमन बन्द गरेर तथा दिउँसो एकतर्फी सञ्चालन गर्दै सडकको पहिलो चरणको डिबिएम (कालोपत्रे) कार्य सम्पन्न गरिएको थियो। तर त्यसयता बिटुमिन अभावले बाँकी काम अघि बढ्न सकेको छैन।
कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार चार किलोमिटर सडकखण्डमध्ये करिब २.५ किलोमिटरमा पहिलो चरणको पक्की कार्य सम्पन्न भए पनि अन्तिम ‘अस्फाल्ट’ तह बिछ्याउने काम अझै बाँकी छ। बाँकी १.५ किलोमिटर सडक पनि बिटुमिन आयात भएपछि मात्र कालोपत्रे गरिनेछ।
हाल यात्रुलाई सहज बनाउन निर्माणाधीन खण्डमा खाल्डाखुल्डी पुर्ने र मर्मतसम्भारको काम भइरहेको छ। ग्राभेलमाथि सिमेन्ट मिसिएको बेस बिछ्याएर डिबिएम र अस्फाल्टसहित दुई चरणमा कालोपत्रे गरिने योजना छ।
लामो समय निर्माण व्यवसायीको ढिलासुस्तीका कारण रोकिएको परियोजना गत कात्तिकमा नयाँ ठेकेदार कम्पनी सी–एन ए–वान काली जेभी सँग सम्झौता भएपछि पुनः अघि बढाइएको थियो। कम्पनीसँग भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ भने आगामी पुसभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यसअघि तोकिएको समयसीमाभित्र २५ प्रतिशत कामसमेत सम्पन्न गर्न नसकेपछि डिभिजन सडक कार्यालयले गौरी–पार्वती निर्माण सेवा सँगको ठेक्का रद्द गरेको थियो।
धुलिखेल–खावा सडकखण्ड नेपालको उत्तरी नाका तातोपानी नाका तथा दोलखा, रामेछापलगायत जिल्लासँग जोडिने अरनिको राजमार्गको महत्वपूर्ण भाग भएकाले यसको स्तरोन्नतिमा भएको ढिलाइले यात्रु र ढुवानी क्षेत्र दुवै प्रभावित बनेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...
श्रावण ९ गते, २०८३ - ०८:५५
काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...
श्रावण ९ गते, २०८३ - ०८:५२
हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...
श्रावण ९ गते, २०८३ - ०८:४६
वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय
श्रावण ९ गते, २०८३ - ०८:४०
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...



प्रतिकृया लेख्नुहोस्: