Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सर्वोच्चले राष्ट्रपतिसँग माग्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

खबरडबली संवाददाता

काठमाडौँ। संघीय संसद्‍बाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो ।

रिट निवेदक सुनिलरञ्जन सिंहले फुयालको इजलासले आग्राधिकारसहित कारण देखाउ आदेश जारी भएको जानकारी दिए ।

बिहीबार दर्ता भएका ५ वटा मुद्दाको पेशी शुक्रबारका लागि तोकिएको थियो । न्यायाधीश मनोज शर्माको एकल इजलासमा पेशी तोकिएकोमा शुक्रबार पालो नआएपछि आइतबारका लागि सरेको थियो ।

संघीय संसदको दुवै सदनबाट पारित भएर आएको नागरिकता विधेयक संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ४ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो ।

तर राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि संविधान उल्लंघन भएको भन्दै सर्वोच्चमा ५ वटा रिट गरेको छ । सबै रिटमा राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि परमादेश जारी गर्न समेत माग गरिएको छ ।अधिवक्ता सुनीलरञ्जन सिंह, अधिवक्ताद्वय सुनीलकुमार यादव र विजय पोखरेल, अधिवक्ता सागर बराल, सौगातराज बराल र काठमाडौं स्कुल अफ लमा अध्ययनरत अविनेश अधिकारी, मोरङको रंगेली नगरपालिकाका देव शर्मा र सोनु रौनियारले संयुक्त र छुट्टाछुट्टै रिट दर्ता गराएका हुन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो- तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न ...

गण्डकी प्रदेशको संसद् बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । गण्डकीको संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।  बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए , कांग्रेस र राप्रपाका...

सुप्रिम सहकारी ठगी प्रकरण: गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई थुनामा पठाउन र ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार थुन...

संकल्प प्रस्ताव संबिधान विपरित छ, म संबिधानको धारा अनुसार हिड्छुः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव संबिधान अनुसार नभएको बताएका छन् । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्...

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना समाप्त

काठमाडौँ । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एशिया कपमा छनौट ह...

सर्बदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्बदलीय सरकार बनाउन अपिल गरेका छन् । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले...

महाजात्राले २६ करोड ६५ लाख कमायो

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फ...

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौँ । नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले तेस्रो विकेट गुमाएको हो । नेप...

सांसद खानद्वारा सपथ ग्रहण

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराएको छन् । ...

गण्डकीमा कांग्रेसले संसद बहिष्कार गर्ने निर्णण

पोखरा । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा  संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय द...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies