काठमाडौं । रुसमा युक्रेन युद्धका लागि जगेडा सैनिकहरूलाई बोलाउने मस्कोको निर्णयविरुद्ध देशभर जारी प्रदर्शनबीच सयौँ मानिसहरूलाई पक्राउ गरिएको एउटा स्वतन्त्र अधिकारवादी समूहले जनाएको छ।
ओभीडी-इन्फोका अनुसार ७२४ जना मानिसहरू शनिवार रुसका ३२ भिन्न भिन्न सहरबाट पक्राउ परेका थिए।
राष्ट्रपति पुटिनले युक्रेनमा लड्नका लागि तीन लाखको सैनिक परिचालन गर्ने घोषणा गरेसँगै देशव्यापी प्रदर्शनहरू भएका छन्।
पूर्वस्वीकृति बिनाका र्यालीहरू रुसी कानुन अन्तर्गत प्रतिबन्धित छन्। तर नागरिकलाई सेनामा भर्ती गर्ने पुटिनको कदमले सहरी क्षेत्रमा ठूला प्रदर्शनहरू निम्त्याएका छन्।
गत साताको सुरुमा मात्र त्यहाँ १ हजारभन्दा धेरै मानिसहरू पक्राउ परेका थिए। समाचार संस्था एएफपीका अनुसार मस्कोमा एक प्रदर्शनकारी पक्राउ पर्दै गर्दा "हामी तोपको चारा होइनौँ" भन्दै चिच्याएको देखिएको थियो।
र रुसको दोस्रो सहर सेन्ट पिटर्सबर्गमा एक व्यक्तिले पत्रकारहरूलाई "म पुटिनका लागि युद्धमा जान चाहन्न" भनेका थिए।
७० वर्षीय नताल्या दुबोभाले एएफपीसँग कुरा गर्दै आफू युद्धको विपक्षमा उभिएको बताइन्। उनले लडाइँमा पठाउने आदेशले "युवाहरू चिन्तित बनेको" बताइन्।
अन्यत्र युवा रुसीहरू सैन्य सहभागिताबाट भाग्न देश छाड्न खोजिरहेका छन्। जोर्जियासँगको सीमामा रुसी कारको लहर ३० किलोमिटरभन्दा लामो देखिएको थियो।
र आन्तरिक मामिला मन्त्रालयले मानिसहरूलाई यात्रा नगर्न भनेको थियो। देश छाड्न खोज्ने कारहरूको सङ्ख्या उल्लेख्य रहेको कुरा स्थानीय रुसी अधिकारहरूले समेत स्विकारेका छन्।
एउटा जाँच विन्दुमा झन्डै २,५०० कारहरू पालो पर्खेको पाइएको थियो। त्यस्तो स्वीकारोक्ति क्रेमलिनले यसअघिको अभिव्यक्तिभन्दा फरक हो। बिहीवार उसले रुसीहरू देश छाडेका समाचारहरूलाई 'झुटो' बताएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ११ गते, २०८१ - ०९:४०
काठमाडौं । भारत सरकारले अघि बढाएका परराष्ट्र सम्बन्ध र छिमेकी देशहरूसँग सोझै जोडिने कतिपय विषयले पनि अहिले सुरु भएको निर्वाचनमा महत्त्वपूर्ण स्थान पाए...
बैशाख ११ गते, २०८१ - ०९:३३
काठमाडौं । माल्दिभ्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहमद मुइज्जुको दलले अत्यधिक बहुमत ल्याएको छ । निर्वाचनको परिणाम औपचारिक रूपमा केही दिनपछि मा...
बैशाख ११ गते, २०८१ - ०९:२६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ । महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा ज...
बैशाख ११ गते, २०८१ - ०९:२२
काठमाडौँ । सभामुख देवराज घिमिरेले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका ...
बैशाख ११ गते, २०८१ - ०८:२५
काठमाडौं । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला ...
बैशाख ११ गते, २०८१ - ०८:१८
रामेछाप । नगर क्षेत्रमा फोहर विसर्जनको समस्या भइरहेको बेला रामेछापका युवा भने फोहरबाट मोहर बनाउने अभियानमा जुटेका छन् । कागजजन्य फोहर सङ्कलन गरी अण्डा...
बैशाख ११ गते, २०८१ - ०८:१४
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वा...
बैशाख ११ गते, २०८१ - ०७:५४
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । ...
बैशाख ११ गते, २०८१ - ०७:४५
काठमाडौं । वैशाख ११ गते, २०६२र०६३ को जनआन्दोलन सफल भएको दिन आज लोकतन्त्र दिवस परेको छ। २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज यो दिवस म...
बैशाख ११ गते, २०८१ - ०७:२१
कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ । नि...
प्रतिकृया लेख्नुहोस्: