चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा आज आयोजित कार्यक्रममा उनले स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराईने बताए।
सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण गरेको र आठ प्रकारका घातक रोग लागेकालाई रु एक लाखका दरले वितरण गर्दै आएको उनले बताए। उनले भने “तीनै तहका सरकार मानव स्वास्थ्य उपचारका लागि संवेदनशील छन् ।”
स्वास्थ्य बीमामा सबैलाई आबद्ध गराउने गरी काम भइरहेको भन्दै उहाँले अस्पतालको भुक्तानी पाउन बाँकी रकममा छिटो भुक्तानीका लागि आफूहरु तातो लगाइरहेको बताउनुभयो । सरकार क्यान्सर पत्ता लगाउने पेट स्क्यान मेसिन खरिद गर्ने प्रक्रियामा रहेको भन्दै मन्त्री खापुङले भन्नुभयो, “सबैभन्दा धेरै जनताले सेवा पाउने अस्पतालमा पेट स्क्यान मेसिन राख्ने हो ।” यो क्यान्सर अस्पताल देशकै महत्वपूर्ण भएको भन्दै यसको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सर अस्पतालमा अन्य अस्पताललाई जोडेर प्रतिष्ठान बनाउनुपर्ने बताए । उनले भने, “छाता ऐन बनाएर प्रतिष्ठान बनाउनुपर्छ ।” क्यान्सर रोग लाग्न नदिन जनचेतनाका काममा जोड दिनुपर्ने भन्दै उनले यसै अस्पतालमा पेट स्क्यान मेसिन ल्याउनु पर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: