काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले गठबन्धनको राजनीति प्रारम्भ भएकाले सङ्घीयताले संस्थागत रुप लिन नसकेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले निर्वाचनमा अग्रगामी र परिवर्तनलाई रोक्न खोज्ने पक्षधरबीच सङ्घर्ष हुने बताए।
एक सय ६५ सङ्घीय निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र करिब १३५ वटा क्षेत्रमा सहमति गरिसकेका दाबी गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “बाँकी ३० क्षेत्रमा पनि विस्तारै सहमति हुन्छ । प्रादेशिक निर्वाचन क्षेत्रबारे पनि कुरा भइरहेको छ । दसैँ अगाडि नै सबै कुरा टुङ्ग्याएर अगाडि बढ्ने जमर्को गरेका छौँ ।” मुख्यतः सङ्गठनात्मक शक्ति र उम्मेदवारको व्यक्तित्वलाई मुख्य आधार मानेर गठबन्धनलाई अगाडि बढाउन खोजिएको उनले जानकारी दिए ।
मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मान्यताअनुसार देशलाई अगाडि बढाउनुपर्ने भए पनि पुरानो राज्ययन्त्रले त्यसलाई रोक्न खोजिरहेको टिप्पणी गरे। उहाँले आगामी मङ्सिरमा हुने सङ्घीय चुनावमा आफूले काठमाडौं–७ बाट उम्मेदवारी दिने स्पष्ट पारे । उक्त क्षेत्रबाट लामो समयदेखि आफूले राजनीतिलाई अगाडि बढाउँदै आएको बताए । आफ्नो कार्यकालमा सो क्षेत्रमा विकासको जनलहर सिर्जना गरेको दाबी गर्दै श्रेष्ठले विद्यालयदेखि शिक्षा, स्वास्थ्य, पर्यटकीय विकास, बाटो निर्माणदेखि खानेपानीको सम्बन्धमा साथ दिँदै आएको उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १७ गते, २०८० - १७:४१
गाजा । ६ सय भन्दा बढी विदेशी नागरिकले गाजा छोड्ने अपेक्षा गरिएको छ । गाजामा दोहोरो नागरिकता भएका ६ सय भन्दा बढी विदेशी नागरिक र प्यालेस्टिनीहरूलाई...
मंसिर १७ गते, २०८० - १७:३०
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ३ जनाले उच्च अदालत पाटनले तोकेको धरौटी बुझाएका छन् । धरौटी बुझाउनेमा शमशेर मियाँ, नरेन्द्र केसी ...
मंसिर १७ गते, २०८० - १७:११
तेहरान । प्यालेस्टाइनी भुमीमा इजरायलको आक्रामण जारी राखे क्षेत्रीय द्धन्द्ध बढने चेतावनी दिएको छ । इरानका विदेश मन्त्रीले इजरायलले प्यालेस्टाइनीहरू...
मंसिर १७ गते, २०८० - १६:४९
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको समय आएको बताएका छन । शनिबार पन्चकन्या गाउँ पालिका स्थित कविलास स्वास्थ्य चौ...
मंसिर १७ गते, २०८० - १६:३७
काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेल गलत मनशाय राखेर खरिदविक्री भएको दाबी गरेका छन...
मंसिर १७ गते, २०८० - १६:२३
सङ्खुवासभा । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट यहाँका गर्भवती र सुत्केरीको उद्धारमा सहज भएको छ । गम्भीर समस्यामा परेका गर्भवती र सुत्केरीको समयमै ह...
मंसिर १७ गते, २०८० - १६:०५
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्ने बताएक...
मंसिर १७ गते, २०८० - १५:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताएका छन् । नेकपा एमालेले सुरु...
मंसिर १७ गते, २०८० - १५:२२
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन: १६ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपरान्ह दुई ब...
मंसिर १७ गते, २०८० - १५:१०
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन लागिपरेको बताएको छन्। अपाङ्गता भएका व्यक्त...
प्रतिकृया लेख्नुहोस्: