Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कश्मीरको एक घुमन्ते जातिको अस्तित्व संकटको कथा (तस्वीरहरू)

खबरडबली संवाददाता

काठमाडौं । भारत प्रशासित कश्मीरमा एउटा घुमन्ते जातिले वन जङ्गल र मौसमी अवस्थाको बदलिँदो अवस्थामाझ आफ्नो परम्परागत जीवनशैली कायम राख्न सङ्घर्ष गरिरहेको छ।  

"मानिसहरूले हाम्रो जीवनबारे सुन्दर चित्र प्रस्तुत गर्ने प्रयास गर्छन्। तर खासमा हाम्रो जीवन सङ्घर्षशील र कष्टपूर्ण छ," बकरवाल समूहका एकजना भेडा चराउने व्यक्ति लिकत खान भन्छन्। 

बकरवालहरू जम्मु र कश्मीर क्षेत्रमा ३४ लाख जनसङ्ख्या भएको एउटा बलियो घुमन्ते समुदायका हिस्सा हुन्। उनीहरूको आधारभूत पेसा भेडाबाख्रा पालन गर्नु हो।  

जम्मु र कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट ५५ किलोमिटरमा पर्ने दर्दोदुर जङ्गलमा उनीहरू बस्छन्। ३० बर्षीय दुब्ली पातली नजिराले काखमा नवजात शिशु झुलाइरहेकी छन्। 

उनको जातीय समूह तीन दिनअघि मात्र त्यहाँ आइपुगेर त्यस उच्च भागमा शिविर बनाएको हो। 

जङ्गलबीचमा नजिरा र उनको परिवार बस्ने घर

जङ्गलबीचमा नजिरा र उनको परिवार बस्ने घर

"यो हाम्रा लागि हिउँदे बसाइसराइ सुरु गर्ने बेला हो," नजिराले आफ्नो अस्थायी टेन्टबाट टाउको निकाल्दै भनिन्।  वर्षौँदेखि बकरवाल जातीय समूह जम्मू र कश्मीरबीचमा बसाइसराई गर्ने काम गरिरहन्छन्। 

गर्मीयामको ६ महिना उनीहरूले कश्मीरमा बिताउँछन् जहाँ उनीहरू एप्रिलमा आइपुग्छन्। अक्टोबरमा उनीहरू जम्मूको समथर भागमा हिउँदका लागि फर्किन्छन्। 

अहिले उक्त जातीको मुख्य आयस्रोतको रूपमा रहेको पशुपालन जङ्गली जनावरको हमला बढेसँगै उनीहरूको परम्परागत जीवनशैलीमा दबाव परेको छ। उनीहरूले पालेका जनावरको विक्री समेत घट्दो छ। 

"यसअघि, एक दिनको मेहनत गर्दा भेडा बाख्राका लागि राम्रै पैसा जम्मा हुन्थ्यो जुन अहिले हुँदैन," श्रीनगरको बाहिरी भागमा रहेको एक शिविरमा बसेका ५० वर्षीय मोहम्मद जुबेरले भने। 

उक्त समुदाय कठोर मौसमको बढ्दो घटनाक्रमसँग समेत सङ्घर्ष गरिरहेको छ। "हिमालयमा उच्च भागका घाँसे मैदानमा यात्रा गर्न निकै कठिन बनेको छ," एकजना भेडाबाख्रा पालन गर्ने लिकत खानले भने। 

जाडो महिनामा लिकत खान (बीचमा)झैँ मानिसहरू तल्लो भूभागमा ओर्लन्छन्

जाडो महिनामा लिकत खान (बीचमा)झैँ मानिसहरू तल्लो भूभागमा ओर्लन्छन्

जुन महिनामा बेमौसमी हिमपात भयो। निकै ठन्डी मौसमी अवस्थाले गर्दा जम्मू र कश्मीरको चेनाब उपत्यकामा सयौँको सङ्ख्यामा आदिवासीहरू सडकछेउमा अलपत्र परे जहाँ उनीहरू र पाल्तु जनावरका लागि निकै कम खाना बाँकी थियो थियो। 

अर्को मुख्य समस्या ती आदिवासीको वनमाथिको पहुँच हो। गत वर्ष उनीहरू दशकौँदेखि बसिरहेको जङ्गलमा "गैर कानुनी" बसोबास भएको भन्दै छाड्नका लागि सूचना जारी गरियो। 

अधिकारीहरूले त्यहाँ रहेका  कैयौँ  छाप्रो र माटोका घरहरू भत्काइदिए। यद्यपि केही महिनापछि लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले आदिवासी समुदायको अधिकार अधिकारीहरूले सुनिश्चित गर्ने र त्यसका लागि उनीहरूको अधिकार सुनिश्चित हुने प्रमाणपत्र दिने बताए। 

मोहम्मद जुबैर

मोहम्मद जुबैर

सबैभन्दा कठोर सत्य भनेको उक्त समुदायका युवा पुस्तालाई शिक्षासहितको सहज जीवनमा केन्द्रित गर्नु रहेको छ। प्रशासनले सामुदायिक विद्यालयहरू बनाएर त्यस्ता आदिवासीलाई वन क्षेत्रमा पढाउने व्यवस्था गरेको छ।

ती समुदायमा परेका विभिन्न खाले दबाबबीच कैयौँले  उनीहरू आफ्नो परम्परागत जीवन कायम गर्न प्रतिबद्ध रहेको बताउँछन्। उनीहरू आफ्नो परम्परागत जीवन कायम राख्न दृढ छन्

"हामी हाम्रा कुनै पनि परम्परा छोड्ने छैनौँ," जुल्फीले भनिन्। "हाम्रो जीवनबारे अनिश्चितताहरू धेरै छन्, तर जेसुकै भए पनि हामीले दृढतासाथ हाम्रो परम्परामा कायम छौँ।

मौसमी परिवर्तनको असर यी आदिवासी समुदायमा परेको छ मौसमी परिवर्तनको असर यी आदिवासी समुदायमा परेको छ

वन जङ्गलमा पहुँचको विषय अहिले उनीहरूका लागि चुनौती बनेको छवन जङ्गलमा पहुँचको विषय अहिले उनीहरूका लागि चुनौती बनेको छ

उनीहरू आफ्नो परम्परागत जीवन कायम राख्न दृढ छन्उनीहरू आफ्नो परम्परागत जीवन कायम राख्न दृढ छन्

 

सबै तस्बिरहरू: अबिद भट्ट। शब्द: जइद बीन शबिर

 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending