Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

काठमाडौंका २० सिट मध्ये १५ मा कांग्रेसको दाबी, १६४ जना सिफारिस (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंका २० वटा प्रदेश निर्वाचन क्षेत्रमा पाँच सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा समस्या भएको छ । कांग्रेसले २० मध्ये कम्तिमा १५ सिटमा दाबी राखेको छ ।

कार्यदलका एक सदस्यका अनुसार काठमाडौंका २० वटा निर्वाचन क्षेत्रमा जसपा र राष्ट्रिय जनमोर्चाले कुनै सिट पाउने छैन । एकीकृत समाजवादी र माओवादीलाई बढीमा ५ सिट दिने कांग्रेसको तयारी छ । तर ०७४ मा २० वटै प्रदेशसभामा उम्मेदवार दिएको कांग्रेसले ४ वटा मात्र जितेको थियो ।

कांग्रेसले काठमाडौं – १(क) मा दीपेन्द्र श्रेष्ठ, ३  (क) मा छिरिङ दोर्जे लामा, ४ (क) मा नरोत्तम वैद्य र १० (क) मा पुकार महर्जनले जितका थिए । बाँकी १६ सिट माओवादी केन्द्रको सहयोगमा तत्कालीन नेकपा एमालेले जितेको थियो । प्रदेशसभा सदस्यमा ३ सिट लिएको माओवादीले निल भएको थियो भने १७ सिटमा उम्मेदवारी दिएको एमालेले एउटा सिट मात्र गुमाएको थियो ।

एमालेबाट काठमाडौं १ (ख) मा गणेश दुलाल, २ (क) मा सानुकुमार श्रेष्ठ र (ख) मा मणिराम फुयाल,  ३(ख)मा रामेश्वर फुयाल, ४ (ख) मा कुसुमकुमार कार्की, ५ (क) मा  नारायणबहादुर सिलवाल र दीपक निरौला, ६ (क) मा केशव स्थापित, ख मा योगेन्द्रराज संगौला, ७ (क)मा वसन्त मानन्धर, ८ क मा राजेश शाक्य र ९ख० मा अष्टलक्ष्मी शाक्य र  ९ (क)मा अजयक्रान्ति शाक्य र (ख) मा केशवप्रसाद पोखरेल,  १० (ख)मा रमा आलेमगर निर्वाचित भएका थिए ।

जसमा काठमाडौं कुसुम कार्की, बसन्त मानन्धर र रमा आलेमगर एकीकृत अहिले एकीकृत समाजवादीमा छन् । एमालेको १३ सिटमा गठबन्धनभित्र भागबण्डाको रस्साकस्सी चलिरहेको छ । यता कांग्रेसमा प्रदेश २० वटा प्रदेश निर्वाचन क्षेत्रमा १६४ जनाले उम्मेदवार हुने आकांक्षा देखाएका छन् । कांग्रेस बागमती प्रदेशले प्रत्यक्षतर्फ उम्मेदवारका सिफारिस भएका १६४ जनाको नाम केन्द्रमा पठाएको छ ।

यी हुन् कांग्रेसबाट उम्मेदवारका लागि १६४ जना

काठमाडौं–१ को ९क०बाट दीपेन्द्र श्रेष्ठ, राज अर्याल, प्रभाकरप्रसाद पाण्डे , सुरज भट्टराई, प्रतिमा मुडभरी, सागर भट्टराई र बाबुराम आचार्य गरी ७ जनाको नाम सिफारिस भएको छ । यस्तै १ को (ख)मा राजेन्द्र गुरुङ, सुनिता काफ्ले, सुरजचन्द्र लामिछाने, आदर्श विक्रम कार्की, सुनील शरण पराजुली, ऋषि कोइराला, गणेश बहादुर खत्री, राम बाबु प्रसाई र हिरा लाल शाक्य ९ जना आकांक्षी देखिएका छन् ।

काठमाडौं– २ को (क) बाट अर्जुन पराजुली, दिनेश विक्रम शाह, ध्रुव केसी, बसन्त घिमिरे, विप्लव अधिकारी, शिला रिजाल पराजुली, शिक्षित पराजुली र हिमाल घिमिरे गरी ८ जनाको नाम सिफारिस भएको थियो । निर्वाचन क्षेत्र (ख)बाट भने १४ जनाको नाम सिफारिस भएको छ । जसमा अनिता अधिकारी, उद्धव खड्का, ओम बहादुर कार्की, जयराम पुडाशैनी, दामोदर गजुरेल, दिपक थापा क्षेत्री, प्रयाग कुइँकेल, युपी लापमछाने, रामशरण ढुंगाना, लवराम दाहाल, विनोद सिलवाल, शकर थापा, शशांक श्री न्यौपाने र हरिभक्त न्यौपानेको नाम छ ।

काठमाडौं ३ को (क) दिपेन्द्र लामा, जयराम पुडासैनी, छिरिङ दोर्जे लामा, नातिकाजी कार्की, श्रीराम चालिसे, राधाकृष्ण पुडाशैनी, कुमार राज सुवेदी, डा सुन्दर सिंह बोहोरा, भोला सिग्देल, चन्द्र दिप लामा र जितेन्द्र धिताल गरी ११ जनाको नाम केन्द्रमा पुगेको छ । यस्तै प्रदेश निर्वाचन क्षेत्र ९ख०बाट मनोज ढुंगाना, गिता सिंखडा, विमल ठकुरी, कृष्णजी खड्का, विनय कुमार पण्डित, श्रीकृष्ण थापा, उत्तम खनाल र दितिल थापा गरी ८ जनाको नाम सिफारिस भएको छ ।

काठमाडौं – ४ को (क)बाट ८ र (ख)बाट ४ जनाको नाम सिफारिस भएको छ । जसमा नरोत्तम वैद्य, राधा घले, श्यामकृष्ण संगत, श्रीराम लामिछाने, विनोद बाबु प्रधान, शुशील नाहाटा, प्रशन्नमान श्रेष्ठ  रसरिन घिमिरे तथा न्हुच्छे नारायण श्रेष्ठ, अच्युत प्रसाद पौडेल, शंकर आचार्य र मनोज सिग्देलको नाम समेटिएको छ ।

काठमाडौं –५ को (क)बाट रमा गुरागाई, प्रकाश महर्जन, तेजेन्द्र गुरुङ्ग, अनिषराम भट्टराई, भैरव सापकोटा, किरणराज मिश्र, उत्तम शर्मा, लिखितेन्द्र श्रेष्ठ, प्रनिषज शाह, धिरेन विक्रम मोक्तान र सरोज पौडेल गरी ११ को नाम सिफारिस भएको छ । यस्तै काठमाडौं– ५ को ९ख०बाट भिमसेन खत्री, डा भगवान् खड्का, राजु खड्का, गोकर्ण केसी खत्री, दीपक राज जोशी, श्याम बहादुर खड्का, राजेन्द्र महर्जन, रामचन्द्र घिमिरे, नविन केसी, कृष्ण प्रसाद वस्ती, फुलमाया तामाङ र सिंहराज श्रेष्ठ गरी १२ जना आकांक्षीको नाम केन्द्रमा पुगेको छ ।

काठमाडौं ६ को ९क०बाट १० र (ख)बाट ७ जनाको नाम सिफारिस भएको छ । जीवन डंगोल, हरिप्रभा खड्गी श्रेष्ठ, सुवास अधिकारी, केदारनाथ पाठक, अष्टकुमार शाही, सुसन वैद्य, दीपक अर्याल, वर्षाराम भण्डारी, सरोज कुमार बस्नेत र पेम्बा तामाङ्गको नाम सिफारिस भएको छ । ९ख० बाट इन्द्रमान महर्जन, विष्णुभक्त तिमल्सिना,  हरिहर अधिकारी, राजकुमार डंगोल, श्रीराम थापा, इच्छाराम कार्की र तेजेन्द्र जंग कार्कीको नाम सिफारिस भएको छ ।

काठमाडौं ७ को (क)बाट जनक राज उप्रेती, इन्द्रलाल सिंह, प्रशान्तमान मास्के, द्वारिका महर्जन, वेदकृष्ण श्रेष्ठ, राजिव श्रेष्ठ, विष्णुकुमारी पराजुली र उत्तम सिंखडा गरी ८ जनाको नाम सिफारिस भएको छ । यता (ख)बाट धर्मराज अर्याल, सविन तामाङ, वासुदेव लामा, सन्तोषी लामा, सुरेन्द्र श्रेष्ठ र रसिला लामा ६ जनाको नाम केन्द्रमा पुगेको छ ।

काठमाडौं – ८ को (क) र (ख)बाट ६–६ जनाको नाम सिफारिस भएको छ । जसमा ई। इन्द्रमान सिंह सुवाल, विजय गोपाल श्रेष्ठ, रोमेल श्रेष्ठ, राजेन्द्रराम श्रेष्ठ, प्रदीप कुमार शाही र सुरेन्द्र मानन्धर तथा राजु खरेल, केदार मानन्धर, अमिन पाण्डे, देवरत्न डंगोल, रविन सिंह बस्नेत र दिपक चन्द्र गौतमको नाम छ ।

काठमाडौं – ९ को (क)बाट ११ र ९ख०बाट ५ जनाको नाम सिफारिस भएको छ ।  ९क०बाट मोहनकुमार बस्नेतको नाम एक नम्बरमा सिफारिस हुँदा (ख) बाट राजेन्द्रप्रसाद भट्टराईको नाम छ । बाँकी १४ जनामा (क)बाट इन्द्रमान तुलाधर, सुनिल श्रेष्ठ, कुवेर खड्का, रमेश रायमाझी, सन्त महर्जन, विनोद डंगोल, सागर दास जित, डा अमिता प्रधान, उज्ज्यल बज्राचार्य र महेश थापा तथा (ख)बाट राजन खत्री केसी, श्याम कृष्ण खड्का, लव ढुंगाना केसी र  मिम बहादुर  मानन्धरको नाम छ ।

काठमाडौं – १० को (क)बाट पुकार महर्जन, राजेन्द्र खत्री, दिपेश विष्ट, राजेन महर्जन ,कृष्णमान डंगोल र देवेन्द्र केसी गरी ६ जनाको नाम सिफारिस भएको छ । यस्तै ९ख०बाट धर्म नन्द श्रेष्ठ, इश्वर लामा, पुर्षोतम उदास, राजेन्द्र विक्रम बानियाँ, राजेन्द्र महर्जन राज, विमला पोखरेल र बाबु शरण महर्जन गरी ७ जनाको नाम सिफारिस भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धानको समर्थन मूल्य तोकियो, यस्तो छ मन्त्रिपरिषद्को बैठकका चारवटा महत्त्वपूर्ण निर्णय

काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...

प्रधानमन्त्रीज्यूले आवश्यकता अनुसार सम्बोधन गर्नैपर्ने ठाउँमा गर्नुहुन्छ: सकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको सम्बोधन आवश्यकताअनुसार हुने बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकक...

प्रधानमन्त्री बालेनको विदेश भ्रमण उपयुक्त समयमा हुन्छ: सरकार प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा मात्र ...

सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि तयार गरिएको सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गर...

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरण...

रवि लामिछानेको भारत भ्रमण जेठ १८ देखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। उनी जेठ २० गते स्वदेश फर्किने क...

सुशासन र सुधारमा केन्द्रित लुम्बिनीको नयाँ नीति तथा कार्यक्रम

दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम स...

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा साइबर अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। पर्सा प्रहरीले दिए...

‘प्रतिनिधि सभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्त्वपूर्ण’

मोरङ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्त्वपूर्ण भू...

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ : कानुनमन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending