Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

‘प्रतिनिधि सभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्त्वपूर्ण’

खबरडबली संवाददाता

मोरङ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ।

निर्वाचन आयोग, नेपालले सोमबार विराटनगरमा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ कोशी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा सहभागीहरूले प्रदेशभरिका मतदान केन्द्रहरूमा कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरूको परिचालनमा आएका चुनौती र त्यसको समयमै गरिएको समाधान निर्वाचन सफलताका रूपमा रहेको बताएका छन्।

सहभागीहरूले प्रदेशको भौगोलिक रूपमा विकट हिमाली तथा पहाडी जिल्लाहरूदेखि सुगम तराईका जिल्लाहरूमा मतपेटिका, मतपत्र पुर्‍याउन सुरक्षाकर्मीहरूको प्रभावकारी रूपमा परिचालन प्रशासनको महत्पूर्ण कार्य रहेको विचार राखेका छन् ।

निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले निर्वाचन निष्पक्ष रूपमा रहेको स्वदेशी तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मान्यता भएको प्रतिवेदन दिएको बताए। उनले आगामी दिनमा निर्वाचनलाई ‘ग्रिन इलेक्सन’का रूपमा कार्यान्वयन गर्ने धारणा राख्दै सहभागीबाट प्राप्त सुझावलाई आगामी दिनमा सुधार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई सफल, स्वच्छ एवं भयरहित वातावरणमा सम्पन्न सबैले आ–आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण सहयोग प्राप्त गरेको बताए।

आयोगका सहसचिव कमल ज्ञवालीले यस निर्वाचनमा सबैभन्दा कम मत बदर भएको जनाउँदै देशका सबै वडामा एकरएक जनालाई मतदाता शिक्षाका लागि खटाइएको जानकारी दिए।

उक्त निर्वाचनमा आयोगले रु चार अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ खर्च भएकामा मतदाता सङ्ख्या एक करोड ७९ लाख तीन हजार ६६९ लाई आधार मान्दा प्रतिमतदाता औसत खर्च रु २६३ भएको सोही अवसरमा जनाइएको छ।

समीक्षा कार्यक्रममा प्रदेशका १४ जिल्ला निर्वाचन अधिकारीहरू, मोरङका निर्वाचन अधिकृत, पर्यवेक्षक, स्यवंसेवक, मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको भारत भ्रमण जेठ १८ देखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। उनी जेठ २० गते स्वदेश फर्किने क...

सुशासन र सुधारमा केन्द्रित लुम्बिनीको नयाँ नीति तथा कार्यक्रम

दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम स...

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा साइबर अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। पर्सा प्रहरीले दिए...

‘प्रतिनिधि सभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्त्वपूर्ण’

मोरङ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्त्वपूर्ण भू...

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ : कानुनमन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बत...

नेप्से २७ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब ९८ करोड पुग्यो

काठमाडौं । सोमबार नेपालको सेयर बजार मापक सूचक नेप्से परिसूचकमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से २७.८५ अंक (करिब १ प्रतिशत) ले बढेर ...

महोत्तरीको जलेश्वरमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

महोत्तरी। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ साहुजी ...

ईयूको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शाहसँग भेट्ने

काठमाडौं । उच्चस्तरीय भ्रमणका लागि नेपाल आएको युरोपेली संघ (ईयू) को प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग सामूहिक भेट गर्ने भएको छ। ...

‘लुसिफर राइजिङ’ नाटक अनिश्चितकालका लागि रोकियो, राजनीतिक दबाब वा अत्याधिक अश्लीलता ?

काठमाडौं । थापागाउँस्थित एक थिएटरमा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ हिजोदेखि अनिश्चितकालका लागि रोकिएको छ। निर्माण पक्षले राजनीतिक दबाबका कारण शो स...

सेती खोँचबाट निकालियो भारतीय युवकको शव

लेखनाथ। कास्कीको पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती नदीमा सोमबार फेरि दु:खद घटना भएको छ । वडा नम्बर १७ मा पर्ने नदीको खोँचमा आइतबार राति हाम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending