Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

रुसले युक्रेन युद्धमा परमाणुअस्त्र प्रयोग गर्ला ?

जनमत संग्रह गराएर युक्रेनका दक्षिणी तथा पूर्वी क्षेत्रहरूलाई गाभ्ने पुटिनको योजना

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भूभागहरूको रक्षाका निम्ति परमाणु अस्त्रहरूको प्रयोग गर्न तयार रहेको बताएपछि युक्रेनमा उनले "ट्याक्टिकल" अर्थात्‌ साना सीमित दायरा भएका परमाणुअस्त्रको प्रयोग गर्न सक्ने डर बढेको छ।

पुटिनले त्यसो गरेमा त्यो द्वितीय विश्वयुद्धयताकै सबैभन्दा गम्भीर सैन्य तनाव हुने अमेरिकी राष्ट्रपति जो बाइडनले चेतावनी दिएका छन्।

परमाणुअस्त्र के हो?

ट्याक्टिकल परमाणुअस्त्रहरू साना युद्धशीर्ष र युद्धभूमिमा अथवा सीमित निसानाका लागि गरिने "डेलिभरी प्रणाली" हुन्।

व्यापक स्तरमा रेडिओधर्मी विकिरण नफैलाईकन निश्चित क्षेत्रमा शत्रुहरूको शिविरमा प्रहार गर्न मिल्नेगरी ट्याक्टिकल परमाणुअस्त्रहरूको निर्माण गरिएको हुन्छ।

सबैभन्दा सानो ट्याक्टिकल परमाणुअस्त्र एक किलोटन वा सोभन्दा कमको भार वहन गर्न सक्ने हुनसक्छ। त्यसको क्षमता १,००० टन टीएनटीजति हुनसक्छ। सबैभन्दा ठूलो चाहिँ १०० किलोटनसम्मको हुनसक्छ।

स्ट्रटीजिक परमाणु अस्त्रहरू ठूला हुन्छन् र लामो दूरीबाट प्रहार गरिन्छ। संयुक्त राज्य अमेरिकाले सन् १९४५ मा हिरोशिमामा खसालेको अणुबम १५ किलोटनको थियो।

रुससँग कस्ता ट्याक्टिकल परमाणुअस्त्र छन्?

अमेरिकी गुप्तचर निकायका अनुसार रुससँग करिब २,००० वटा ट्याक्टिकल परमाणुअस्त्र छन्।

उसका ट्याक्टिकल परमाणु युद्धशीर्षहरूलाई विभिन्न प्रकारका क्षेप्यास्त्रहरूमा राख्न सकिन्छ जुन क्षेप्यास्त्रहरूको प्रयोग सामान्यतया क्रूज क्षेप्यास्त्र अथवा आर्टिलरी शेल पठाउन प्रयोग गरिन्छ।

ट्याक्टिकल परमाणुअस्त्रहरू सैन्य विमान तथा पानीजहाजबाट पनि प्रहार गर्न सकिन्छ।

के अहिलेसम्म प्रयोग भएको छ?

अहिलेसम्म द्वन्द्वमा ट्याक्टिकल परमाणुअस्त्रको प्रयोग भएको छैन। परमाणुशक्ति सम्पन्न कुनै पनि मुलुकले ट्याक्टिकल परमाणुअस्त्र प्रयोग गरी पूर्ण रूपमा परमाणुयुद्ध सुरु गराउने जोखिम मोल्न चाहेको देखिएको छैन।

यद्यपि रुसले ठूला स्ट्रटीजिक क्षेप्यास्त्रको सट्टा साना ट्याक्टिकल परमाणुअस्त्रहरूको प्रयोग गर्न चाहेको हुनसक्छ।

पुटिनको चिन्ता

युक्रेनमाथि अतिक्रमण थाल्नुभन्दा केहीअघि मात्र पुटिनले सन् २०२२ को फेब्रुअरीमा रुसी परमाणु फौजलाई "विशेष तयारी अवस्था" मा रहन भन्नुका साथै उच्च स्तरको परमाणु अभ्यास पनि गराएका थिए।

"यदि हाम्रो भौगोलिक अखण्डतामाथि खतरा उत्पन्न भयो भने निस्सन्देह हामीले रुस र हाम्रा जनताको रक्षाका निम्ति उपलब्ध सबै साधनको प्रयोग गर्नेछौँ। यो कुनै ठट्टा होइन," हालै मात्र उनले भनेका थिए।

रुसले आफ्नै योजनामा जनमतसङ्ग्रह गराएपछि युक्रेनका दक्षिणी तथा पूर्वी क्षेत्रहरूलाई गाभ्ने योजना बनाइरहेको छ।

"सबै उपायले" ती क्षेत्रको "भौगोलिक अखण्डता"को रक्षा गर्न तयार रहेको पुटिन बताउँछन्।

अमेरिकी गुप्तचर निकाय यसलाई परमाणुयुद्ध गर्ने योजनाको सङ्केतको रूपमा नभई युक्रेनलाई ती भूभाग पुनः लिन सहयोग नगर्न पश्चिमालाई धम्की दिएको रूपमा हेर्छन्।

तर अरू चाहिँ रुसले युक्रेन युद्धमा थप क्षति बेहोरेमा अवस्था परिवर्तन गर्न, गतिरोध अन्त्य गर्न अथवा हार पन्छाउनका निम्ति साना ट्याक्टिकल अस्त्रहरूको प्रयोग गर्न सक्ने ठान्छन्।

अमेरिका के भन्छ?

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसलाई युक्रने युद्धमा परमाणुअस्त्र प्रयोग नगर्न चेतावनी दिएका छन्।

सीबीएस न्यूजसँगको अन्तर्वार्तामा बाइडनले परमाणुअस्त्र प्रयोग गरियो भने दोस्रो विश्वयुद्धपछि पहिलो पटक युद्धमा अभूतपूर्व मोड ल्याइदिने बताएका छन्। उनले त्यसको परिणाम भयावह चेतावनी दिएका छन्।

अमेरिका र नेटोले परमाणुअस्त्रको प्रयोग भएको अवस्थामा के गर्लान् भनेर अनुमान गर्न सजिलो छैन। उनीहरू परिस्थितिलाई थप बिगार्न र परमाणुयुद्धको जोखिम निम्त्याउने पक्षमा नहोलान्। तर उनीहरूले एउटा सीमा तोक्न सक्छन्।

यद्यपि रुसलाई ट्याक्टिकल परमाणुअस्त्र प्रयोग गर्न अर्को शक्तिराष्ट्र चीनले रोक्न सक्छ। "रुस चिनियाँ सहयोगमा धेरै निर्भर छ," किङ्स कलेज लन्डनमा कार्यरत डा. हीदर विलियम्सले भनिन्।

"तर चीनको परमाणुअस्त्र 'पहिला प्रयोग नगर्ने' नीति छ। यदि पुटिनले प्रयोग गरे भने चीनलाई उनलाई सहयोग गरिरहन गाह्रो हुनेछ।" "यदि उनले प्रयोग गरे भने पुटिने सम्भवतः चीनको सहयोग गुमाउनेछन्" बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्योतिषी अर्जुन क्षेत्रीको भविष्यवाणी- रवि लामिछानेको प्रधानमन्त्री बन्ने योग छ

काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...

भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...

लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...

यी हुन् लगानी सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजना

काठमाडौं  । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...

सेनाले माग्यो प्राविधिकतर्फ ३१९ सैनिक कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।  विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन- १२ राज्यका ८९ सीटका लागि मतदान

काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...

कक्षा १२ को परीक्षा आजबाट, जापानमा पनि परीक्षा केन्द्र

तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies