काठमाडौं । सप्तरीमा मुस्लिम धर्मकी नक्कली छोरीलाई हिन्दु बनाएर नागरिकता जारी भएको खुलासा भएको छ । बुबा (नागरिकताअनुसार) जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका वीरेन्द्र सुतिहारले पैसाको बाँडफाँट नमिलेपछि आफ्नी छोरी नरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दिएपछि सो कुरा बाहिरिएको हो ।
गत साउनको दोस्रो साता आमा (नागरिकताअनुसार) सुशीलादेवी मण्डलले आफ्नी छोरी रहेको भन्दै सकिरा खातुनलाई सोनीकुमारी सुतिहारको नामले वडा कार्यालयबाट नागरिकता सिफारिस लिइन् । सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी देवु यादवमार्फत सुशीलाले सोनीकुमारीलाई लिएर सो कार्यालय पुगे ।
‘नागरिकता जारी गर्नुअघि प्रशासकीय अधिकृत शिशिर घिमिरेले सोधपुछ शुरू गरे तर देवुले सोनीसँग आफ्नो लामो समयदेखि चिनजान रहेको भनेपछि नागरिकता जारी भयो’, स्रोतले भन्यो– ‘जिल्ला प्रशासन कार्यालयमा सघाउनका लागि देवुले मात्रै सोनीसँग ३० हजार रुपियाँ लिएको रैछ, थप अन्य कर्मचारीले पनि मोटो रकम लिएकै हो ।’
नागरिकता जारी भइसकेपछि बुबा र आमा भनिएका वीरेन्द्र र सुशीलाबीच सोनीसँग लिइएको पैसाको बाँडफाँट गर्ने विषयमा खटपट शुरू भयो । वीरेन्द्रले सुशीलासँग दोस्रो विवाह गरेका छन् भने हाल दुवै जना अलगअलग नै बस्ने गर्छन् । बाँडफाँट नमिलेपछि वीरेन्द्रले नै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको स्रोतले बतायो ।
जिल्ला प्रशासन कार्यालयमा निवेदन आइसकेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सिफारिस गर्ने वडा अध्यक्ष सिकेन्द्र साह र वडा सचिव, वीरेन्द्र, सुशीला र सोनीलाई झिकाएर सो नागरिकता जफत गरेका छन् ।
यद्यपि, नागरिकता फाँटका प्रशासकीय अधिकृत शिशिरको ठाउँमा राजु शर्मालाई हेरफेर गर्ने बाहेक हालसम्म अन्य कसैलाई पनि कारबाही भएको छैन । यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - ०७:२१
काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...
पौष ७ गते, २०८२ - ०७:१६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...
पौष ७ गते, २०८२ - ०७:१०
जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...
पौष ७ गते, २०८२ - ०७:०८
कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...
पौष ७ गते, २०८२ - ०७:००
काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...
पौष ७ गते, २०८२ - ०६:५८
काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...
पौष ७ गते, २०८२ - ०६:५५
काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...




प्रतिकृया लेख्नुहोस्: