Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय जनशक्ति परिचालन गरिने

खबरडबली संवाददाता

तनहुँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय ६० जनशक्ति परिचालन गरिने भएको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेको छ  ।

जिल्ला निर्वाचन कार्यालयले सबै मतदान स्थलमा आवश्यक पर्ने कर्मचारीको विवरण तयार गरेको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार तनहुँ क्षेत्र नं १ तर्फ एक हजार आठ सय २४ र क्षेत्र नं २ तर्फ एक हजार आठ सय ३६ कर्मचारी परिचालन गरिनेछ ।  

क्षेत्र नं १ तर्फ एक लाख २३ हजार चार सय ९० मतदाता छन् । त्यसमध्ये प्रदेश १ तर्फ ६७ हजार एक सय ४४ र प्रदेश २ तर्फ ५६ हजार तीन सय ४६ मतदाता छन् । प्रदेश १ तर्फ ३६ मतदानस्थल र ८२ मतदान केन्द्र तथा प्रदेश २ तर्फ ३३ मतदानस्थल र ७० मतदान केन्द्र छन् । 

प्रदेश १ अन्तर्गतका ८२ मतदान केन्द्रमा ८२ मतदान अधिकृत, ८२ सहायक मतदान अधिकृत, चार सय दश सहायक, ८२ सहयोगी नियुक्त गरिनेछ । त्यस्तै अन्य छ सय ५६ र तीन सय २८ स्वयंसेवक नियुक्त गरिने निर्वाचन कार्यालयले जनाएको छ । 

प्रदेश २ अन्तर्गतका ७० मतदान केन्द्रमा ७० मतदान अधिकृत, ७० सहायक मतदान अधिकृत, तीन सय ५० सहायक, ७० सहयोगी, पाँच सय ६० अन्य र दुई सय ८० स्वयंसेवक नियुक्त गरिनेछ । 

तनहुँ क्षेत्र नं २ अन्तर्गत एक लाख २५ हजार पाँच मतदाता छन् । त्यसमध्ये प्रदेश १ तर्फ ६७ हजार ३२ र प्रदेश २ तर्फ ५७ हजार नौ सय ७३ मतदाता छन् । प्रदेश १ तर्फ ३७ मतदानस्थल र ८० मतदान केन्द्र तथा प्रदेश २ तर्फ ३६ मतदानस्थल र ७३ मतदान केन्द्र छन् । 

प्रदेश १ अन्तर्गतका ८० मतदान केन्द्रमा ८० मतदान अधिकृत, ८० सहायक मतदान अधिकृत, तीन सय २० सहायक, ८० सहयोगी, अन्य छ सय ४० र स्वयंसेवक तीन सय २० जना परिचालन गरिने कार्यालयले जनाएको छ । 

प्रदेश २ अन्तर्गतका ७३ मतदान केन्द्रमा ७३ मतदान अधिकृत, ७३ सहायक मतदान अधिकृत, दुई सय ९२ सहायक, ७३ सहयोगी, अन्य पाँच सय ८४ र दुई सय ९२ स्वयंसेवक परिचालन गरिनेछ । 

जिल्लाका मतदान केन्द्रमा प्रति केन्द्र पाँच वटाका दरले एक हजार पाँच सय २५ मतपेटिका व्यवस्थापन गरिने निर्वाचन अधिकारी ढकालले बताउनुभयो । त्यस्तै प्रति केन्द्र एउटाका दरले तीन सय पाँच मतदान सामग्री व्यवस्थापन गरिनेछ । 

निर्वाचन सम्पन्न गराउनका लागि दमौलीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृत र दुलेगौडास्थित शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending