Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय जनशक्ति परिचालन गरिने

खबरडबली संवाददाता

तनहुँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय ६० जनशक्ति परिचालन गरिने भएको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेको छ  ।

जिल्ला निर्वाचन कार्यालयले सबै मतदान स्थलमा आवश्यक पर्ने कर्मचारीको विवरण तयार गरेको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार तनहुँ क्षेत्र नं १ तर्फ एक हजार आठ सय २४ र क्षेत्र नं २ तर्फ एक हजार आठ सय ३६ कर्मचारी परिचालन गरिनेछ ।  

क्षेत्र नं १ तर्फ एक लाख २३ हजार चार सय ९० मतदाता छन् । त्यसमध्ये प्रदेश १ तर्फ ६७ हजार एक सय ४४ र प्रदेश २ तर्फ ५६ हजार तीन सय ४६ मतदाता छन् । प्रदेश १ तर्फ ३६ मतदानस्थल र ८२ मतदान केन्द्र तथा प्रदेश २ तर्फ ३३ मतदानस्थल र ७० मतदान केन्द्र छन् । 

प्रदेश १ अन्तर्गतका ८२ मतदान केन्द्रमा ८२ मतदान अधिकृत, ८२ सहायक मतदान अधिकृत, चार सय दश सहायक, ८२ सहयोगी नियुक्त गरिनेछ । त्यस्तै अन्य छ सय ५६ र तीन सय २८ स्वयंसेवक नियुक्त गरिने निर्वाचन कार्यालयले जनाएको छ । 

प्रदेश २ अन्तर्गतका ७० मतदान केन्द्रमा ७० मतदान अधिकृत, ७० सहायक मतदान अधिकृत, तीन सय ५० सहायक, ७० सहयोगी, पाँच सय ६० अन्य र दुई सय ८० स्वयंसेवक नियुक्त गरिनेछ । 

तनहुँ क्षेत्र नं २ अन्तर्गत एक लाख २५ हजार पाँच मतदाता छन् । त्यसमध्ये प्रदेश १ तर्फ ६७ हजार ३२ र प्रदेश २ तर्फ ५७ हजार नौ सय ७३ मतदाता छन् । प्रदेश १ तर्फ ३७ मतदानस्थल र ८० मतदान केन्द्र तथा प्रदेश २ तर्फ ३६ मतदानस्थल र ७३ मतदान केन्द्र छन् । 

प्रदेश १ अन्तर्गतका ८० मतदान केन्द्रमा ८० मतदान अधिकृत, ८० सहायक मतदान अधिकृत, तीन सय २० सहायक, ८० सहयोगी, अन्य छ सय ४० र स्वयंसेवक तीन सय २० जना परिचालन गरिने कार्यालयले जनाएको छ । 

प्रदेश २ अन्तर्गतका ७३ मतदान केन्द्रमा ७३ मतदान अधिकृत, ७३ सहायक मतदान अधिकृत, दुई सय ९२ सहायक, ७३ सहयोगी, अन्य पाँच सय ८४ र दुई सय ९२ स्वयंसेवक परिचालन गरिनेछ । 

जिल्लाका मतदान केन्द्रमा प्रति केन्द्र पाँच वटाका दरले एक हजार पाँच सय २५ मतपेटिका व्यवस्थापन गरिने निर्वाचन अधिकारी ढकालले बताउनुभयो । त्यस्तै प्रति केन्द्र एउटाका दरले तीन सय पाँच मतदान सामग्री व्यवस्थापन गरिनेछ । 

निर्वाचन सम्पन्न गराउनका लागि दमौलीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृत र दुलेगौडास्थित शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टपरी र चकटी बुन्न सिक्दैछन् तनहुँका विद्यार्थी

तनहुँ । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउन...

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच...

छविलाल जोशीलाई म्याद थपका लागि जिल्ला अदालत उपस्थित गराइँदै

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदैछ। आइतबार काठमाडौंको शंखमुलबाट पक्राउ पर...

एउटा नाउरको शिकार गर्न २३ लाख रुपैयाँ !

काठमाडौं । नेपालको एकमात्र ‘ढोरपाटन शिकार आरक्ष’ पेशेवर विदेशी शिकारीहरूका लागि विश्वमै प्रख्यात छ। यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउ...

रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ?

पोखरा । गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ। अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन्। ...

सुरक्षा संवेदनशीलता देखिएपछि न्युयोर्कमा प्रधानमन्त्रीले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ।  न्युयोर्कस्थित नेपाली महावाणिज्यदूता...

ओलीलाई रविले भने- सहकारीपीडितलाई न्याय दिने नियत भए बसेर कुरा गरौं, बिचौलियाको घर चाहिन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वदेश फर्किएपछि बसेर कुरा गर्ने प्रस्ताव गरेक...

सोमालियामा द्वन्द्व र विपद्‌को प्रभाव : ८ महिनामा तीन लाखभन्दा बढी विस्थापित

मोगादिसु । द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनका कारण सन् २०२४ को पहिलो आठ महिनामा सोमालियामा तीन लाख ४२ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त र...

मोदी-ओलीको भेटपछि परराष्ट्रमन्त्री राणा : चाँडै नेपाल भ्रमण गर्छु भन्नुभएको छ

अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी...

भेन्टिलेसन तोडेर धनुषाको प्रहरी हिरासतबाट आठ थुनुवा भागे

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ थुनुवा भागेका छन्। सोमबार बिहान साढे ३ बजेतिर भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिप्रका धनुष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy