काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन्। उम्मेदवार मनोनयनमा उल्लेख भएको नाम, जन्ममितिसहित विभिन्न विषयमाथि प्रश्न उठाउँदै उजुरी परेको हो।
नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगनकुमार थापासहित विभिन्न उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै, सोमबार निर्वाचन आयोगमा कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी दर्ता भएको छ।
त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीले नेपाली कांग्रेसले गठबन्धनबाट प्रतिनिधिसभातर्फ चितवन-१ बाट उठाएको उम्मेदवार विश्वनाथ पौडेलविरुद्ध निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी दिएका छन्। नेपालका लागि नेपाली पार्टीका प्रतिनिधिले काठमाडौं ४ का कांग्रेस, एमाले र राप्रपाका उम्मेदवारहरूको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा, एमालेका राजन भट्टराई र राप्रपाका उम्मेदवारले नियमविपरीत मनोनयन गरेको दावी गर्दै उम्मेदवारी खारेजीको लागि उजुरी दर्ता गराएका थिए।
त्यस्तै, काठमाडौं क्षेत्र नम्बर १ मा नेपालका लागि नेपाली पार्टीका बालकृष्ण न्यौपानेले कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल र राप्रपाका रवीन्द्र मिश्रले आयोगले तोकेबमोजिम कानुनी प्रक्रिया पूरा नगरी उम्मेदवारी पेस गरेको दावी गर्दै मनोनयन खारेजीको लागि उजुरी दिएका छन्। यो समाचार नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ७ गते, २०८१ - ०९:३२
तनहुँ । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउन...
आश्विन ७ गते, २०८१ - ०९:१५
म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच...
आश्विन ७ गते, २०८१ - ०८:५८
काठमाडौं । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदैछ। आइतबार काठमाडौंको शंखमुलबाट पक्राउ पर...
आश्विन ७ गते, २०८१ - ०८:४०
काठमाडौं । नेपालको एकमात्र ‘ढोरपाटन शिकार आरक्ष’ पेशेवर विदेशी शिकारीहरूका लागि विश्वमै प्रख्यात छ। यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउ...
आश्विन ७ गते, २०८१ - ०८:१२
पोखरा । गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ। अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन्। ...
आश्विन ७ गते, २०८१ - ०८:०३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ। न्युयोर्कस्थित नेपाली महावाणिज्यदूता...
आश्विन ७ गते, २०८१ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वदेश फर्किएपछि बसेर कुरा गर्ने प्रस्ताव गरेक...
आश्विन ७ गते, २०८१ - ०७:५०
मोगादिसु । द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनका कारण सन् २०२४ को पहिलो आठ महिनामा सोमालियामा तीन लाख ४२ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त र...
आश्विन ७ गते, २०८१ - ०७:४७
अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी...
आश्विन ७ गते, २०८१ - ०७:४१
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ थुनुवा भागेका छन्। सोमबार बिहान साढे ३ बजेतिर भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिप्रका धनुष...
प्रतिकृया लेख्नुहोस्: