Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

गोरखामा प्रचण्डसहित ५६ जनाको उम्मेदवारी

खबरडबली संवाददाता

गोरखा । गण्डकी प्रदेशको गोरखा जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि ५६ जनाको उम्मेदवारी परेको छ ।  माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को समेत निर्वाचन क्षेत्र रहेको गोरखामा यस पटक निकै महत्वका साथ हेरिएको छ । 

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार भएको मनोनयन दर्ता क्रममा गोरखा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २३ जना र चार प्रदेशसभाका निर्वाचन क्षेत्रमा ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । 

प्रतिनिधिसभा अन्तर्गत गोरखा क्षेत्र नं १ मा १० जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए । क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र बजगाईंको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतको उम्मेदवारी परेको छ । 

त्यस्तै जनता समाजवादी पार्टीबाट उत्तरबहादुर खड्का, राप्रपाबाट उदयप्रसाद भट्ट, मङ्गोल नेसनल अर्गनाइजेसनबाट देवबहादुर थापा र नेपाल सुशासन पार्टीबाट मीनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएको उनले जानकारी दिए । जसपाबाट नै रुपेश राना, नेपाल मजदुर किसान पार्टीबाट लीलाकुमारी बुढाथोकी र राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाय र विष्णु पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ । 

प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित १३ जनाको उम्मेदवारी परेको उनले बताए । सत्ता गठबन्धनको सिट बाँडफाँटका क्रममा माओवादीको केन्द्रको भागमा परेको यो क्षेत्रमा नेकपा एमालेबाट अब्दुस सलाम मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कवीन्द्र बुर्लाकोटी, राप्रपाबाट सुशील पन्त, राप्रपा नेपालबाट कुलबहादुर बस्नेत, नेपाली कांग्रेस (विपी) बाट टीकादत्त पोखरेल, नेपाल मजदुर किसान पार्टीबाट प्रल्हाद लामिछाने, हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा र मङ्गोल नेसनल अर्गनाइजेसनबाट सोमबहादुर गुरुङकोे उम्मेदवारी परेको हो । क्षेत्र नं २ मा विनोदकुमार गुरुङ, गणेश देवकोटा र कांग्रेस नेत्री डा माधवी पराजुली (भट्ट) ले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा तर्फ गोरखा क्षेत्र नं १ (क) मा सात जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । जसमा नेकपा माओवादी केन्द्रबाट कृष्ण धिताल, नेकपा एमालेबाट सुरेन्द्रबहादुर थापा, राप्रपाबाट सुदीप ढकाल, राप्रपा नेपालबाट हरिराम अर्याल, मङ्गोल नेसनल अर्गनाइजेसनबाट गङ्गाबहादुर राना, नेस्नलिष्ट पिपल्स पार्टीबाट बिष्णुबहादुर कुँवरको उम्मेदवारी परेको छ भने कांग्रेस निकट मानिएका रामशरण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नं १ अन्र्तगत प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने, नेकपा एमालेका मोहन भट्टराई, एकीकृत समाजवादीका टेकराज भट्ट, नेस्नलिष्ट पिपल्स पार्टीका रामचन्द्र कुमाल, मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर लामा, राप्रपा नेपालका सरिता देवकोटा, राप्रपाका सोमनाथ अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् भने डाकबहादुर पराजुली, माओवादी केन्द्रका युवानेता राजकुमार ढकाल र कांग्रेस नेता पूर्णबहादुर दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभाअन्तर्गतको यो क्षेत्रमा १० जनाको उम्मेदवारी परेको हो ।

यस्तै गोरखा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (क) मा  नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा, नेकपा एमालेका राजु राना, नेकपा एकीकृत समाजवादीका जुद्धविलास भण्डारी, नेमकिपाका बेलबहादुर बस्नेत, राप्रपाका राजेन्द्र शाह, मङ्गोलनेसनल अर्गनाइजेसनका विपीका बराम गुरुङ, राप्रपा नेपालका सुबोध बस्न्यात र हाम्रो नेपाल पार्टीका सरोज गिरीले उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेशसभाको यो क्षेत्रमा गण्डकी प्रदेशका ऊर्जामन्त्रीसमेत रहेका हरिशरण आचार्य र बिलबहादुर तामाङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नं २ को प्रदेशसभा (ख) मा कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, नेकपा एमालेबाट वसन्तकुमार गुरुङ, राप्रपाबाट ठाकुरप्रसाद लामिछाने, राप्रपा नेपालबाट सफिदिन मियाँ र मङ्गोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर घलेको उम्मेदवारी परेको छ ।  क्षेत्र नं २ को प्रदेशसभा (ख) मा हरि पोखरेलले स्वतन्त्र दर्ता गराउनु भएको निर्वाचन कार्यालयले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending