सिन्धुली । सिन्धुली जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयको आकस्मिक निरीक्षण गरेको छ । दसैँको बिदापछि खुलेका कार्यालयमा कर्मचारी तोकिएको पोसाकमा समयमै आइपुगे-नपुगेको यकिन गरी सेवा प्रवाहमा रहेका समस्याका बारेमा जानकारी लिन सोमबार आकस्मिक निरीक्षण गरिएको प्रशासकीय अधिकृत प्रनिसा घिसिङले जानकारी दिए ।
उनका अनुसार निरीक्षणका क्रममा दसैँ बिदा सकिए पनि कर्मचारी कार्यालयमा नआएको पाइएको छ । विभिन्न १० कार्यालयमा सात कार्यालय प्रमुखसहित ४९ कर्मचारी अनुपस्थित रहेको पाइएको उनले बताए । त्यस्तै तीन जना ढिला आइपुगेको र १३ कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको उनले जानकारी दिए ।
सरकारी नियमविपरीत चलिरहेका कार्यालय प्रमुख तथा कर्मचारीलाई छलफल गरेर आवश्यकता अनुसारको कारबाही गर्ने निर्णय भएको उनको भनाइ छ । बिहान १० बजेदेखि तीनवटा टोली बनाएर जिल्लाका विभिन्न कार्यालयमा पुगेको टोलीले दसैँ बिदापछि कार्यालय खुलेको दोस्रो दिन भए पनि केही कार्यालय सुनसान रहेको जनाइएको छ ।
सरकारले दसैँ बिदा यही असोज १६ फूलपातीका दिनदेखि २३ गतेसम्म मात्र दिएको थियो । कार्यालय खुलेको पहिलो दिन जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाहेकका अधिकांश सरकारी कार्यालय सुनसान थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ७ गते, २०८१ - ०९:३२
तनहुँ । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउन...
आश्विन ७ गते, २०८१ - ०९:१५
म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच...
आश्विन ७ गते, २०८१ - ०८:५८
काठमाडौं । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदैछ। आइतबार काठमाडौंको शंखमुलबाट पक्राउ पर...
आश्विन ७ गते, २०८१ - ०८:४०
काठमाडौं । नेपालको एकमात्र ‘ढोरपाटन शिकार आरक्ष’ पेशेवर विदेशी शिकारीहरूका लागि विश्वमै प्रख्यात छ। यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउ...
आश्विन ७ गते, २०८१ - ०८:१२
पोखरा । गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ। अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन्। ...
आश्विन ७ गते, २०८१ - ०८:०३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ। न्युयोर्कस्थित नेपाली महावाणिज्यदूता...
आश्विन ७ गते, २०८१ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वदेश फर्किएपछि बसेर कुरा गर्ने प्रस्ताव गरेक...
आश्विन ७ गते, २०८१ - ०७:५०
मोगादिसु । द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनका कारण सन् २०२४ को पहिलो आठ महिनामा सोमालियामा तीन लाख ४२ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त र...
आश्विन ७ गते, २०८१ - ०७:४७
अमेरिका । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी...
आश्विन ७ गते, २०८१ - ०७:४१
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ थुनुवा भागेका छन्। सोमबार बिहान साढे ३ बजेतिर भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिप्रका धनुष...
प्रतिकृया लेख्नुहोस्: