कैलाली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कैलालीमा एक सय ४४ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि ४८ र प्रदेशसभा सदस्य पदका लागि ९६ जनाको उम्मेदवारी परेको छ । कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेको छ ।
प्रमुख दलबाहेक ४२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट प्रतिनिधिसभामा १० र प्रदेशसभाका लागि ३२ जनाको उम्मेदवारी परेको छ । कैलालीको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका दुई स्वतन्त्रसहित १० जनाको उम्मेदवारी परेको छ । प्रदेशतर्फ १ (क) मा सात राजनीतिक दलबाट छन् भने तीन स्वतन्त्र गरी १० जनाको उम्मेदवारी परेको प्रदेश (ख) मा आठ राजनीतिक दलबाट छन् भने चार स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी परेको छ ।
कैलालीको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि नौ जना र प्रदेशसभातर्फ क्षेत्र नं २ (क) मा एक स्वतन्त्र र आठ राजनीतिक दलका गरी नौ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नं २ को (ख) मा चार स्वतन्त्र र सात जना राजनीतिक दलको गरी ११ जनाको उम्मेदवारी परेको हो । निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा दुई स्वतन्त्र र छ जना राजनीतिक दलका गरी आठ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ३ को ९क० मा दुई स्वतन्त्र र छ राजनीतिक दलका गरी आठ जनाको उम्मेदवारी परेको छ । त्यस्तै क्षेत्र नं ३ को (ख) मा सात जना स्वतन्त्र र छ जना राजनीतिक दलका गरी १३ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभामा एक स्वतन्त्र र नौ राजनीतिक दलका गरी १० जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ४ को (क) मा ६ स्वतन्त्र र सात राजनीतिक दलका गरी १३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै क्षेत्र नं ४ को ख० मा दुई जना स्वतन्त्र र चार राजनीतिक दलका गरी छ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभामा पाँच जना स्वतन्त्र र छ जना राजनीतिक दलका गरी ११ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं ५ को (क) मा एक स्वतन्त्र र पाँच जना राजनीतिक दलका गरी छ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नं ५ को ९ख० मा एक स्वतन्त्र र सात राजनीतिक दलका गरी आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: