कैलाली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कैलालीमा एक सय ४४ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि ४८ र प्रदेशसभा सदस्य पदका लागि ९६ जनाको उम्मेदवारी परेको छ । कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेको छ ।
प्रमुख दलबाहेक ४२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट प्रतिनिधिसभामा १० र प्रदेशसभाका लागि ३२ जनाको उम्मेदवारी परेको छ । कैलालीको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका दुई स्वतन्त्रसहित १० जनाको उम्मेदवारी परेको छ । प्रदेशतर्फ १ (क) मा सात राजनीतिक दलबाट छन् भने तीन स्वतन्त्र गरी १० जनाको उम्मेदवारी परेको प्रदेश (ख) मा आठ राजनीतिक दलबाट छन् भने चार स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी परेको छ ।
कैलालीको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि नौ जना र प्रदेशसभातर्फ क्षेत्र नं २ (क) मा एक स्वतन्त्र र आठ राजनीतिक दलका गरी नौ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नं २ को (ख) मा चार स्वतन्त्र र सात जना राजनीतिक दलको गरी ११ जनाको उम्मेदवारी परेको हो । निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा दुई स्वतन्त्र र छ जना राजनीतिक दलका गरी आठ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ३ को ९क० मा दुई स्वतन्त्र र छ राजनीतिक दलका गरी आठ जनाको उम्मेदवारी परेको छ । त्यस्तै क्षेत्र नं ३ को (ख) मा सात जना स्वतन्त्र र छ जना राजनीतिक दलका गरी १३ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभामा एक स्वतन्त्र र नौ राजनीतिक दलका गरी १० जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ४ को (क) मा ६ स्वतन्त्र र सात राजनीतिक दलका गरी १३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै क्षेत्र नं ४ को ख० मा दुई जना स्वतन्त्र र चार राजनीतिक दलका गरी छ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभामा पाँच जना स्वतन्त्र र छ जना राजनीतिक दलका गरी ११ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं ५ को (क) मा एक स्वतन्त्र र पाँच जना राजनीतिक दलका गरी छ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नं ५ को ९ख० मा एक स्वतन्त्र र सात राजनीतिक दलका गरी आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: