बाजुरा । लगातारको अविरल वर्षाका कारण बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकात्र्तिक खापर गाउँपालिका–१ सापकोटाको खोली गाउँमा पहिरो जाँदा दुई सय घर उच्च जोखिममा परेका छन् । मंगलबार आएको अविरल वर्षासँगै गाउँको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको स्थानीय उज्जले विकले जानकारी दिए ।
उनले गाउँको चारैतिरबाट पहिरो खस्नथालेको गाउँका स्थानीय सुरक्षित ठाउँमा जाने कतै बाटो नभएपछि पहिरोको बीचमा बसेको बताए । पहिरोले स्थानीयवासीका गाईगोरु, भैँसी, भेडाबाख्रा बगाएर क्षति पु¥याएको विकको भनाइ छ । बस्तीमा रहेका दुई सय परिवारलाई पहिरो नरोकिँदा उद्धार गर्न समस्या भएको छ । बाढीपहिराका कारण उक्त बस्तीमा जाने कतै बाटो नभएपछि उनीहरुले उद्धारका लागि तत्काल पहलगर्न माग गरेका छन् ।
पहिरोबाट विस्थापित भएका उनीहरुले सुरक्षित स्थानमा लैजान रुवाबासी चलेको प्रत्यक्षदर्शी विकले बताए । उद्वार हुन नसक्दा दुई परिवारका स्थानीयवासी भोकभोकै पहिरोको त्रासमा बसेका छन् । स्वामीकार्तिकको विर्मामा कर्णाली नदीले पुल बगाएपछि उद्वारमा कठिनाइ भएको गाउँपालिकाले जनाएको छ । लगातारको वर्षाले पहिरो झरेपछि बस्ती नै बग्ने सम्भावना बढेको छ । उक्त बस्तीका स्थानीयवासीलाई उद्धार गर्नका लागि स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया सहितको टोली पहिरो प्रभावित क्षेत्रमा गएका छन् ।
पहिरो गएको क्षेत्रमा पुगेर क्षतिको विवरण र विस्थापित परिवारको तथ्याङ्क सङ्कलन गरी सुरक्षित स्थानमा सार्न तत्काल राहत उपलव्ध गराउने गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ । जिल्लाको पूर्वी उत्तरी भेगका बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक र जगन्नान गाउँपालिकामा बाढीपहिरोबाट प्रभावित भएर विस्थापित भएकाको उद्धार र राहत वितरण र क्षतिको विवरण सङ्कलन गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुराको नेतृत्वको टोली खटाइएको छ । चार पालिकामा बाढीपहिरोबाट बढी प्रभावित भएको खबर आउन थालेपछि जिल्ला विपद समितिले आज नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकारसहितको टोलीले राहत वितरण,उद्धार र क्षतिको विवरण सङ्कलन गर्ने गरी टोली खटाइएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: