Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

नुवाकोटमा प्रत्यक्षभन्दा समानुपातिक उम्मेदवार धेरै

खबरडबली संवाददाता

नुवाकोट । आगामी आमनिर्वाचनका लागि नुवाकोटबाट प्रदेससभा र प्रतिनिधिसभाको समानुपातिकतर्फ ६४ उम्मेदवार सूचीकृत भएका छन् । निर्वाचन आयोगका अनुसार जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा १६ राजनीतिक दलबाट २५ र बागमती प्रदेशसभातर्फ १९ राजनीतिक दलबाट ३९ गरेर कुल ६४ जना मनोनयनको सूचीमा समावेश छन् । 

आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको बन्दसूचीको विवरणमा प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न १६ राजनीतिक दलको सिफारिसमा नुवाकोटका २५ उम्मेदवार सूचीकृत भएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेससभा सदस्यमा ६३ उम्मेदवार आगामी मङ्सिर ४ गते हुन लागेको चुनावी प्रतिस्पर्धामा योग्य देखिएका छन् । यससँगै जिल्लामा एक सय २७ उम्मेदवार कायम भएका छन् ।
 
प्रतिनिधिसभातर्फ १६ राजनीतिक दलबाट २५ जना
नुवाकोटबाट समानुपातिकतर्फ उम्मेदवार हुनेमा नेपाली कांग्रेसबाट डा प्रकाशशरण महत, जगतबहादुर तामाङ र सीता मिजार, नेकपा ९एमाले० बाट रामशरण प्याकुरेल, नेकपा ९माओवादी केन्द्र० बाट विमला सुवेदी र श्रीकृष्ण अधिकारी, नेकपा ९एकीकृत समाजवादी० बाट गोविन्द नेपाली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा।प्रकाशचन्द्र लोहनी र नानीमैया आचार्य समावेश भएका छन् ।

यस्तै नेशनल मङ्गोल अर्गनाइजेशनबाट विष्णु तामाङ, लोकतान्त्रिक समाजवादी पार्टीबाट रामबहादुर लामा र गोमा दुलाल, एकीकृत शक्ति नेपालबाट अर्जुन उप्रेती, नेपाल मजदुर किसान पार्टीबाट पार्वती भट्टराई, नेकपा ९माले० बाट भीष्म पौडेल र नेपाल सुशासन पार्टीबाट शङ्करलाल श्रेष्ठको आगामी आमनिर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको सूचीमा समावेश भएका छन् ।

यस्तै सचेत नेपाली पार्टीबाट रामकृष्ण नेपाल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश राजभण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सुजन अधिकारी, नेपाली जनता दलबाट विजय लामा र सुशीला राई, जनसमाजवादी पार्टी सिर्जना नेपाल, मेमबहादुर तामाङ, वसन्ती चित्रकार र विमला सुनारको नामा समानुपातिक सूचीमा समावेश भएको आयोगले सार्वजनिक गरेको बन्दसूचीमा उल्लेख छ । 

 प्रदेससभातर्फ १९ राजनीतिक दलबाट ३९ जना

आगामी आमनिर्वाचनका लागि बागमती प्रदेशसभा सदस्यको समानुपातिकतर्फ नुवाकोटबाट ३९ जनाको उम्मेदवारी दर्ता भएको छ । आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको बन्दसूचीको विवरणमा विभिन्न १९ वटा राजनीतिक दलको सिफारिसमा नुवाकोटका ३९ उम्मेदवार समावेश भएका छन् ।

आयोगले सार्वजनिक गरेको प्रदेससभातर्फको समानुपातिक सूचीमा नेपाली कांग्रेसबाट प्रतापसिंह लामा, नेकपा (माओवादी केन्द्र) बाट मीना पाख्रिन, बलराम फुयाँल, देविका मिजार र नेकपा (एमाले) बाट बिन्दा नेपाल, श्रीमाया लामा, सुरज शेर्पा, बद्री मिजारको नाम समावेश गरिएको छ ।

यस्तै नेकपा (एकीकृत समाजवादी) बाट उपेन्द्रराज खनाल, जनता समाजवादी पार्टीबाट ईश्वरकुमार राउत, राज न्यौपाने, सञ्जु राई, नेपाल मजदुर किसान पार्टीबाट हरिकुमार श्रेष्ठ, साझा पार्टी नेपालबाट विमल तामाङ, उषा परियार, कमान तामाङ, बद्री सिलवाल, चन्द्रकुमार तामाङ, नेपालका लागि नेपाली पार्टीबाट सावित्री न्यौपाने, भूमिका बम्जनको नाम समानुपातिकतर्फको उम्मेदवारमा समावेश गरिएको हो ।

यस्तै नेकपा ९माले० बाट सम्झना अधिकारी, माया राई, सङ्गीता कुमाल, नेश्नलिष्ट पिपल्स पार्टीबाट सिर्जना नेपाल, नेपाली जनता दलबाट बुद्धिमान तामाङ, अनिश राई, कैलाश राई, नेपाली कांग्रेस बिपीबाट शम्भु गुरुङ, राप्रपा नेपालबाट कृष्ण घले, आमूल परिवर्तन मसिहा पार्टीबाट प्रेम गुरुङ, कल्पना तामाङ र नेपाली जनता पार्टीबाट शर्मिला माझीको नाम समावेश गरिएको छ । यस्तै जनसमाजवादी पार्टीबाट पुण्यवती जोशी, लालसिंह तामाङ, श्रीकृष्ण थापा, तेजप्रसाद नेपाल, राष्ट्रिय नागरिक पार्टीबाट सानुमाया तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट डालमाया घले र नेपाल मजदुर किसान पार्टीबाट हरिकुमार श्रेष्ठको नाम समावेश गरिएको छ । 
 
एक व्यक्तिलाई दुई दलको सिफारिस

नुवाकोट घर भएका सिर्जना नेपाललाई दुई फरक पार्टीले उम्मेदवार बनाएको छ । उनलाई प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ जनसमाजवादी पार्टीले उम्मेदवार बनाएको छ भने बागमती प्रदेशसभा सदस्यमा नेश्नलिष्ट पिपल्स पार्टीले उम्मेदवार बनाएको हो ।

समानुपातिक सूचीमा रहेको नाम, मतदाता परिचयपत्र नं, वर्ग र ठेगाना उल्लेख हुने भएकाले ती विवरणमा दुई पार्टीको सिफारिस गरिएको सूचीमा उहाँको विवरण एउटै देखिएसँगै दुई फरक पार्टीले एकै व्यक्तिलाई उम्मेदवार बनाएको खुल्न आएको हो । उनको मतदाता नं २६०५६८६ रहेको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारविरुद्ध भोलि शनिबार ९असोज २९ गते० सम्म दाबी विरोधको समय दिइएको छ ।

उम्मेदवारबारे प्राप्त दाबी विरोधको छानबिन गरी आगामी कात्तिक ९ गते अन्तिम नामावली सार्वजनिक गर्ने आयोगका सचिव एवं समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

स्थानीय तहका पदाधिकारीको सुविधा संशोधन विधेयक प्रदेश सभाबाट फिर्ता हुने

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...

हात्ती आक्रमणमा मृत्यु भएकी बोटे परिवारलाई कांग्रेस चितवनको आर्थिक सहयोग

नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...

उद्योग व्यवसाय र लगानी वातावरण सुधारबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...

सुदूरपश्चिम बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको केन्द्रीय टोली धनगढीमा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

बीपी प्रतिष्ठानमा बिचौलिया बिगबिगी : बिरामीलाई निजी अस्पताल पठाउन खोज्ने १२ जना पक्राउ

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending