Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

विश्व अण्डा दिवस: जनचेतना अभावमा अण्डा खपत कम

खबरडबली संवाददाता

चितवन । स्वास्थ्यका दृष्टिले महत्वपूर्ण प्रोटिनको स्रोत मानिने अण्डा जनचेतनाको अभावमा खपत कम भएको छ । अण्डामा गुणस्तरीय प्रोटिन, भिटामिन, खनिज तत्व, ठिक्क मात्रामा चिल्लो पदार्थ पाइने भएर पनि यसको खपत भने कम भएको हो ।

विज्ञका अनुसार मानिस शरीरले सजिलैसँग शोषण हुने एकमात्र खाद्यवस्तु अण्डा हो । यसमा मुख्यरुपमा गुणस्तरीय प्रोटिन, भिटामिन ई, ए, के, बि १, बि २, बि ३, बि ६, बि ९, बि १२ खनिज तत्वहरु फोस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, आइरनका साथै चिल्लो पदार्थ पनि ठिक्क मात्रामा पाइन्छ । यी तत्वले मान्छेको शरीरमा मांशपेशी र दिमागको पर्याप्त वृद्धि विकास, स्नायु र मुटुसम्बन्धी तथा अन्य शारीरिक र मानसिक कार्य समान रुपले चलाउन महत्वपूर्ण भूमिका खेल्दछ ।

वरिष्ठ फिजिसियन डा।महेन्द्र अग्रहरि प्रोटिनको सबैभन्दा राम्रो स्रोत अण्डा भएको बताउँछन् । अण्डामा प्रोटिन, क्यालोरी र मिनिरल्स पाइने उनको भनाइ छ । यो अण्डाको सेतो भागमा धेरै पाइन्छ । पहेँलो भागमा कोलेस्ट्रोल र मिनिरल्स पाइन्छ । उनी बच्चालाई कोलेस्ट्रोल पनि चाहिने हुँदा पहेँलो भाग खुवाउनुपर्ने बताउँछन् । कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप भएकालाई पहेँलो भाग नखान उनको सुझाव छ ।

मादक पदार्थ धेरै खाएर प्रोटिनको मात्रा घटेका, कलेजोमा समस्या देखिएकाले प्रोटिन बढाउने मुख्य माध्यम अण्डा भएको डा।अग्रहरीको भनाइ छ । उनले भने– “अण्डाले कलेजो र शरीरमा थिग्रिएको पानीलाई सोस्न सहयोग गर्छ ।” बयस्क र बच्चाका लागि दैनिक कम्तीमा एउटा अण्डा खानुपर्ने उनको सुझाव छ । 

शारीरिक विकास, मानसिक वृद्धि सबैमा अण्डा उपयोगी हुने उनको भनाइ छ । उनले भने– “मानिसलाई बुझाउन नसक्दा अण्डाको उपयोग कम छ ।” यसका लागि उपयुक्त माध्यम जनचेतना नै भएको उनी बताउँछन् । विश्वको तुलनामा नेपालमा अण्डाको उपभोग निकै कम छ । नेपाल पशु चिकित्सक परिषद्का उपाध्यक्ष, वरिष्ठ पशु चिकित्सक डा।सुवीर सिंह एशियाका मानिसले वार्षिक एक सय ८० अण्डा उपभोग गर्नुपर्ने भए पनि नेपालमा यो दर ६१ मात्रै रहेको बताउँछन् । जापानमा यो दर तीन सय ६२ रहेको उनले जानकारी दिए । मानिसमा आवश्यक जनचेतनाको अभावका कारण खपत बढ्न नसकेको सिंह बताउँछन् । 

उनले भने– “बेमौसमी काउलीभन्दा अण्डा सस्तो छ, तर बुझाउन नसक्दा खपत हुन सकेन ।” प्रोटिनको मुख्य स्रोत अण्डा निकै सस्तो भएर पनि उपभोग बढाउन नसकिएको उनको भनाइ छ ।  नेपालमा सबैभन्दा धेरै अण्डा उत्पादन गर्दै आएको दाउन्ने कर्पोरेटका कार्यकारी निर्देशक विनोद पोखरेल सरकारी तवरबाट अण्डाको महत्वका बारेमा आम नागरिकलाई बुझाउन नसक्दा खपत नबढेको बताउँछन् । निजी क्षेत्रले लागत मूल्य बढी भएकाले जनचेतनामूलक काम गर्न नसकेको भन्दै उनले नेपालमा आत्मनिर्भर यो व्यवसायलाई टिकाउनका लागि सरकारी तवरबाट काम हुनुपर्ने बताए ।

कोरोनाका बेला अण्डाको उपभोग निकै बढेको भन्दै उनले यसको महत्वका बारेमा आम नागरिकलाई बुझाउनुपर्ने बताए । नेपालमा ठूला फार्म खुलेका जनाउँदै उनले व्यवसाय आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्र सहकार्य गर्नुपर्नेमा जोड दिए । 

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीको भनाइमा अहिले दैनिक ४८ देखि ५० लाख अण्डा उत्पादन हुँदै आएको छ । सङ्घमा आबद्ध फार्म मात्रै एक हजार दुई सय छन् । सङ्घमा दर्ता नभएका साना फर्म तीन गुणा बढी भएको उनी बताउँछन् । दुई लाखभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी यसले दिएको छ ।

समग्र पोल्ट्री क्षेत्रमा नेपालमा रु एक खर्ब ५० अर्बभन्दा बढी लगानी रहेको तथ्याङ्क छ । त्यसको झण्डै आधा अण्डा उत्पादन क्षेत्रमा लगानी भएको उनले जानकारी दिए । यद्यपि उचित प्रचारप्रसारको कमीका कारण उपभोग बढाउन नसकिएको उनी बताउँछन् ।

मानिसमा क्रयशक्तिमा कमी आउँदा प्राथमिकतामा अण्डा पर्न नसकेको उनको भनाइ छ । नागरिकलाई बुझाउन सकेमा मानवीय स्वास्थ्यका लागि अण्डाको खपत बढाउन सकिने केसी बताउँछन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

स्थानीय तहका पदाधिकारीको सुविधा संशोधन विधेयक प्रदेश सभाबाट फिर्ता हुने

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...

हात्ती आक्रमणमा मृत्यु भएकी बोटे परिवारलाई कांग्रेस चितवनको आर्थिक सहयोग

नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...

उद्योग व्यवसाय र लगानी वातावरण सुधारबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...

सुदूरपश्चिम बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको केन्द्रीय टोली धनगढीमा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

बीपी प्रतिष्ठानमा बिचौलिया बिगबिगी : बिरामीलाई निजी अस्पताल पठाउन खोज्ने १२ जना पक्राउ

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending