Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

कैलालीमा थारु समुदायको ४२ प्रतिशत उम्मेदवारी

खबरडबली संवाददाता

कैलाली । कैलालीमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि थारु समुदायबाट ४२ दशमलव ८४ प्रतिशत उम्मेदवार रहेको देखिएको छ । जिल्लाको पाँच निर्वाचन क्षेत्रमा थारु समुदायबाट प्रतिनिधिसभामा १२, प्रदेशसभामा २२ गरी जम्मा ३४ जना चुनावी प्रतिस्पर्धामा छन् ।

धनगढीस्थित सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले एक सय २६ जनाको उम्मेदवारी रहेको जानकारी दिए । जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक सय ४४ जनाले उम्मेदवारी दर्ता गराएकामा बुधबार १८ जनाले उम्मेदवारी फिर्ता गरिएपछि एक सय २६ जना चुनावी मैदानमा उत्रिएका हुन् । कैलालीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ४८ तथा प्रदेशसभामा ७८ जना उम्मेदवार छन् भने पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा थारु समुदायबाट तीन जनाले  उम्मेदवारी दिएकामा नेपाली कांग्रेसबाट रामजनम चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरी र नेपालका लागि नेपाली पार्टीबाट मानबहादुर चौधरी छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर–२ मा पनि नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट कमलेश चौधरी र नेपाल लोकतान्त्रिक पार्टीबाट देशराम चौधरीले निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । 

त्यसैगरी क्षेत्र नं ३ पनि नेकपा माओवादी केन्द्र (गठबन्धन)बाट कुमार चौधरी, नागरिक मुक्ति पार्टीबाट गङ्गाराम चौधरी र नेकपा (एमाले)बाट गौरीशङ्कर चौधरी प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र नं ४ मा नागरिक उन्मुक्ति पार्टीबाट कइया चौधरीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्  । कैलाली क्षेत्र नंं ५ मा थारु समुदायका दुई जना उम्मेदवार छन् । यहाँ एमालेबाट नारदमुनि राना र स्वतन्त्रबाट जगदीश चौधरीसहित बाह्र (१२) जनाको उम्मेदवारी परेको छ । 

त्यसैगरी १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रदेशसभाका लागि कैलाली क्षेत्र नं १ को प्रदेशसभा (क) मा पाँच, प्रदेशसभा (ख) मा चार जना थारु समुदायका प्रतिस्पर्धी छन् भने निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा एक प्रदेशसभा (ख) मा दुई जना उम्मेदवार थारु समुदायबाट छन् ।

त्यसैगरी कैलालीको निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (क) मा तीन र प्रदेशसभा (ख) मा पनि तीन गरी छ जना थारु समुदायका उम्मेदवार निर्वाचनमा होमिएका छन् । निर्वाचन क्षेत्र नं. ४ प्रदेशसभा (क) मा एक र निर्वाचन क्षेत्र नं ५ बाट प्रदेशसभा (क) मा दुई र प्रदेश (ख) मा एक जना थारु समुदायका प्रदेशसभा सदस्य उम्मेदवार छन् । कैलालीको पाँच क्षेत्रबाट विभिन्न दल तथा पार्टी र स्वतन्त्रबाट प्रतिनिधिसभाका लागि ४८ जना उम्मेदवार छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धोबीखोलामा हाम फालेकी महिला मृत फेला, परिचय खुल्न बाँकी

काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...

राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...

धोबीखोलामा महिलाले हाम फालिन्

काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...

सुकुमवासीको मानवअधिकार सुरक्षित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने

काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...

राहदानी विभागमा आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, शरीरको ६० प्रतिशत भाग जलेको

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...

संविधान संशोधनका सबै विषय एकैपटक खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक जटिलतामा फस्न सक्ने थापाको चेतावनी

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो, अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

मसांसद कठरियाको प्रश्न: मलका लागि किसानको पीडा देखेर सरकार किन संवेदनशील हुँदैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending