मकवानपुर । मकवानपुर जिल्लाबाट वार्षिकरूपमा हुँदै आएको निर्यात व्यापारमा कमी आएको छ । उद्योग वाणिज्य सङ्घ मकवानपुरको तथ्याङ्कअनुसार गत अर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सञ्चालनमा रहेका निर्यातमुलक उद्योग तथा व्यावसायिक प्रतिष्ठानले रु १७ करोड ३० लाख मूल्यबराबरको निर्यात गरेका छन् । त्यसअघि आर्थिक वर्ष २०७७/७८ मा मकवानपुरबाट रु २३ करोड ६२ लाख मूल्य बराबरको निर्यात भएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा रु २५ करोड ५६ लाख मूल्य बराबरको निर्यात भएको थियो ।
उक्त वर्षमा क्लोजर सिस्टम इन्टरनेशनल नेपाल, युनिलिभर नेपाल लिमिटेड, गोदावरी पोलिप्याक्स एण्ड एफआई विसी र इभान्स लाइफ साइन्सेस लगायतले आफनो उत्पादन छिमेकी मुलुक भारतमा निर्यात गरेका थिए ।
आर्थिक वर्ष २०७७/७८ मा युनिलिभर नेपाल लिमिटेड बाहेकका उद्योगबाट उत्पादन भारत निकासी भएको थियो । त्यसमध्ये एउटा व्यापारिक प्रतिष्ठान र चारवटा उद्योगले भारत र तेस्रो मुलुकमा खाद्यपदार्थसहित औद्यौगिक उत्पादन निर्यात गरेको सङ्घले जनाएको छ ।
गत आर्थिक वर्षमा प्याक्ट ग्रुप, क्लोजर स्टिम इन्टरनेसनलले बोतलमा लाग्ने बिर्को, गोदावरी पोलिप्याक्स एण्ड एफ आई विसीले त्रिपाल तथ इभान्सलाइफ साइन्सेसले सल्लाको लोठ पाउडर भारत निकासी गरेको थियो । त्यस्तै गुराँस ग्रुप इन्टरनेसनलले चाउचाउ, चिउरा, खुर्सानी लगायतका नेपाली उत्पादन अष्ट्रेलियामा र एड्भान्स टेक्नोलजी एण्ड मेसिन नेपालले फोहर प्रशोधन गर्ने उपकरण जापान निर्यात गरेको बताइएको छ ।
एक दशक अघि आर्थिक वर्ष २०६८/६९ मा मकवानपुरबाट रु ६९ करोड ८२ लाख मूल्य बराबरको निर्यात भएको थियो । त्यस समयमा २९ वटा उद्योगबाट आर्थिक वर्ष २०६८/६९ मा निर्यात गर्ने उद्योगको सङ्ख्या बढेर ३१ भएको थियो । क्रसरजन्य उद्योगको भारत निर्यातले पनि त्यस समयमा निर्यात व्यपार बढेको देखिन्छ । क्रसरका साथै एन्ट्राटिक बिस्कुट उद्योग, नेपाल इकरात इञ्जिनीयरङ कम्पनी, माछापुच्छ्रे र हर्बल लगायतका अन्य उद्योगले निर्यात गर्दै आएको थियो ।
कोलगेट, कोडाक र युनिलिभर लगायतका राष्ट्रिय तथा बहुराष्ट्रिय उद्योगका उत्पादन निर्यात गर्दै आएको मकवानपुरबाट दुई दशक अघि आर्थिक वर्ष २०५७र५८ मा रु दुई अर्ब २९ करोड मूल्य बराबरको निर्यात भएको सङ्घद्वारा उपलव्ध तथ्याङ्कमा जनाइएको छ । कोडाक र कोलगेट नेपाल छोडेर गइसकेको छ भने युनिलिभरले भारतमा निर्यात बन्द गरिसकेको बताइएको छ ।
सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले सरकारले निर्यातजन्य उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नमा ध्यान नदिएकोले त्यस्ता उद्योग सङ्कटमा परेको गुनासो गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...
चैत्र १ गते, २०८२ - १६:०५
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...
चैत्र १ गते, २०८२ - १६:००
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...
चैत्र १ गते, २०८२ - १५:५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...
चैत्र १ गते, २०८२ - १५:४३
पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...
चैत्र १ गते, २०८२ - १५:१६
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रे...
चैत्र १ गते, २०८२ - १५:०६
हुम्ला। जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खान...
चैत्र १ गते, २०८२ - १४:५६
काठमाडौँ। रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सञ्चालन हुने 'उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम' को एघारौँ संस्करण आइतबारदेखि सुरु...
चैत्र १ गते, २०८२ - १४:४२
सुनसरी । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ। धरानमा आज बसेको केन्द्रीय समिति बैठकले नाम टुंगो लगाएको जानकार...
चैत्र १ गते, २०८२ - १४:३१
काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छ...


प्रतिकृया लेख्नुहोस्: