Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

मकवानपुरबाट निर्यात व्यापारमा कमी

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुर जिल्लाबाट वार्षिकरूपमा हुँदै आएको निर्यात व्यापारमा कमी आएको छ । उद्योग वाणिज्य सङ्घ मकवानपुरको तथ्याङ्कअनुसार गत अर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सञ्चालनमा रहेका निर्यातमुलक उद्योग तथा व्यावसायिक प्रतिष्ठानले रु १७ करोड ३० लाख मूल्यबराबरको निर्यात गरेका छन् । त्यसअघि आर्थिक वर्ष २०७७/७८ मा मकवानपुरबाट रु २३ करोड ६२ लाख मूल्य बराबरको निर्यात भएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा रु २५ करोड ५६ लाख मूल्य बराबरको निर्यात भएको थियो ।

उक्त वर्षमा क्लोजर सिस्टम इन्टरनेशनल नेपाल, युनिलिभर नेपाल लिमिटेड, गोदावरी पोलिप्याक्स एण्ड एफआई विसी र इभान्स लाइफ साइन्सेस लगायतले आफनो उत्पादन छिमेकी मुलुक भारतमा निर्यात गरेका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा युनिलिभर नेपाल लिमिटेड बाहेकका उद्योगबाट उत्पादन भारत निकासी भएको थियो । त्यसमध्ये एउटा व्यापारिक प्रतिष्ठान र चारवटा उद्योगले भारत र तेस्रो मुलुकमा  खाद्यपदार्थसहित औद्यौगिक उत्पादन निर्यात गरेको सङ्घले जनाएको छ । 

गत आर्थिक वर्षमा प्याक्ट ग्रुप, क्लोजर स्टिम इन्टरनेसनलले बोतलमा लाग्ने बिर्को, गोदावरी पोलिप्याक्स एण्ड एफ आई विसीले त्रिपाल तथ इभान्सलाइफ साइन्सेसले सल्लाको लोठ पाउडर भारत निकासी गरेको थियो । त्यस्तै गुराँस ग्रुप इन्टरनेसनलले चाउचाउ, चिउरा, खुर्सानी लगायतका नेपाली उत्पादन अष्ट्रेलियामा र एड्भान्स टेक्नोलजी एण्ड मेसिन नेपालले फोहर प्रशोधन गर्ने उपकरण जापान निर्यात गरेको बताइएको छ ।

एक दशक अघि आर्थिक वर्ष २०६८/६९ मा  मकवानपुरबाट रु ६९ करोड ८२ लाख मूल्य बराबरको निर्यात भएको थियो । त्यस समयमा २९ वटा उद्योगबाट आर्थिक वर्ष  २०६८/६९ मा निर्यात गर्ने उद्योगको सङ्ख्या बढेर ३१ भएको थियो । क्रसरजन्य उद्योगको भारत निर्यातले पनि त्यस समयमा निर्यात व्यपार बढेको देखिन्छ । क्रसरका साथै एन्ट्राटिक बिस्कुट उद्योग, नेपाल इकरात इञ्जिनीयरङ कम्पनी, माछापुच्छ्रे र हर्बल लगायतका  अन्य उद्योगले निर्यात गर्दै आएको थियो ।

कोलगेट, कोडाक र युनिलिभर लगायतका राष्ट्रिय तथा बहुराष्ट्रिय उद्योगका उत्पादन निर्यात गर्दै आएको मकवानपुरबाट दुई दशक अघि आर्थिक वर्ष २०५७र५८ मा रु दुई अर्ब २९ करोड मूल्य बराबरको निर्यात भएको सङ्घद्वारा उपलव्ध तथ्याङ्कमा जनाइएको छ । कोडाक र कोलगेट नेपाल छोडेर गइसकेको छ भने युनिलिभरले भारतमा  निर्यात बन्द गरिसकेको बताइएको छ । 

सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले सरकारले निर्यातजन्य उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नमा ध्यान नदिएकोले त्यस्ता उद्योग सङ्कटमा परेको गुनासो गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending