Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

बाँकेमा ३ लाख ३२ हजार २ सय ३१ मतदाता

खबरडबली संवाददाता

बाँके । बाँकेमा कूल तीन लाख ३२ हजार दुई सय ३१ मतदाता रहेका छन् । कूल मतदातामध्ये एक लाख ६३ हजार तीन सय ६९ महिला र एक लाख ६८ हजार आठ सय ५३ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताइन् ।

उनका अनुसार अन्य मतदाताको सङ्ख्या नौ रहेको छ । बाँके जिल्लामा प्रतिनिधिसभामा तीन वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा ६ वटा क्षेत्र छन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्दछन् ।

प्रदेशसभा क्षेत्र नं १ (क) मा नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका एकदेखि ७ नं वडा पर्दछन् । प्रदेशसभा क्षेत्र नम्बर १ (ख) मा कोहलपुर नगरपालिका र राप्तीसोनारीका ८ र ९ नं वडा पर्दछन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख २१ हजार एकसय मतदाता छन् भने प्रदेश १ (क) मा ५५ हजार आठ सय ४५ र प्रदेश १ (ख) मा ६५ हजार दुई सय ५५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  

प्रतिनिधिसभा क्षेत्र नं २ मा डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका २१ वडा (वडा नं १६ र १७ बाहेक) पर्दछन् । यसैगरी प्रदेशसभा क्षेत्र नं २ ९क० मा डुडुवा गाउँपालिका र नेपालगञ्जका वडा नं १३, १८, १९, २०, २१, २२ र २३ पर्दछन् ।

प्रदेशसभा २ (ख) मा नेपालगञ्जका १ देखि १२ तथा १४ र १५ नम्बर वडा समेटिएका छन् । क्षेत्र नं २ मा ९७ हजार आठ सय ९ मतदाता छन् । प्रदेश २ (क) मा ५० हजार तीन सय १३ र २ (ख) मा ४७ हजार चार सय ९६ मतदाता रहेका निर्वाचन कार्यालय प्रमुख पन्तले बताइन् । प्रतिनिधिसभा क्षेत्र नं ३ मा बैजनाथ, खजुरा र जानकी गाउँपालिका पर्दछन् । प्रदेशसभा ३ ९क० मा बैजनाथ गाउँपालिका र खजुराका ५, ६, ७ र ८ नं वडा समेटिएका छन् । 

यस्तै ३ (ख) मा जानकी गाउँपालिका, खजुराका एकदेखि ४ नम्बर वडा र नेपालगञ्जका १६ र १७ नम्बर वडा समेटिएका छन् । क्षेत्र नं ३ मा एक लाख १३ हजार तीन सय २२ मतदाता छन् भने प्रदेश क्षेत्र नं ३ (क)मा ६१ हजार पाँच सय ९६ र ३ (ख) मा ५१ हजार सात सय २६ मतदाता छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धोबीखोलामा हाम फालेकी महिला मृत फेला, परिचय खुल्न बाँकी

काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...

राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...

धोबीखोलामा महिलाले हाम फालिन्

काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...

सुकुमवासीको मानवअधिकार सुरक्षित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने

काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...

राहदानी विभागमा आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, शरीरको ६० प्रतिशत भाग जलेको

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...

संविधान संशोधनका सबै विषय एकैपटक खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक जटिलतामा फस्न सक्ने थापाको चेतावनी

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो, अवस्था गम्भीर

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुल्यो

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...

मसांसद कठरियाको प्रश्न: मलका लागि किसानको पीडा देखेर सरकार किन संवेदनशील हुँदैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending