बाग्लुङ । बागमती प्रदेशको राजधानी हेटौंडासहित मकवानपुर जिल्लामा गत साउनदेखि हालसम्म डेङ्गुको सङ्क्रमणबाट चार हजार एक सय ३१ जना बिरामी भएका छन् । मकवानपुर जिल्लामा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा डेङ्गुका बिरामी रहेको जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौंडाले जनाएको छ । हेटौँडा उपमहानगरपालिकामा हालसम्म तीन हजार चार सय ७५ जनामा डेङ्गुको सङ्क्रमण भएको सो कार्यालयले जनाएको छ ।
जिल्लाको मनहरी गाउँपालिका, थाहा नगरपालिका र मकवानपुरगढीमा पनि डेङ्गुका बिरामी बढी रहेको जनाइएको छ । डेङ्गुका बिरामी बढेसँगै हेटौँडा अस्पताल, निजी क्लिनिक तथा नर्सिङ्ग होममा बिरामीको चाप अत्यधिक रहेको छ ।
डेङ्गुका गम्भीर बिरामीलाई भरतपुर तथा काठमाडौँका अस्पतालमा पठाउने गरिएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा बढी सहरी क्षेत्रमा पाइने गरेको छ । डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, आँखामाथिको भाग दुख्नेलगायतका समस्या देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: