गोरखा । सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’को क्षेत्र गोरखा २ मा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
प्रतिनिधि सभा उम्मेदवार निर्वाचन परिचालन कमिटीमा नेसपा जिल्ला अध्यक्ष यानप्रसाद भट्ट, नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णु भट्ट र एकीकृत समाजवादीका यादव बस्नेतलाई राखिएको छ ।
यस्तै गोरखा २ ‘क’ चार दलका आठ जना रहनेगरी निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा कांग्रेसबाट दिपक कँडेल र दीर्घमान गुरुङ, माओवादी केन्द्रबाट कमला नहर्की र विवश चिन्तन, एकीकृत समाजवादीबाट गणेश गिरी र मिग पनेरु, नेपाल समाजवादीबाट नारायण खत्री र प्रेम गुरुङ छन् । यस क्षेत्रबाट गठबन्धनका तर्फबाट नेपाल समाजवादी पार्टीका फनिन्द्र देवकोटाले उम्मेदवारी दिएका छन् ।
यस्तै प्रदेश सभा ‘ख’ बाट चारै दलका आठ जना रहनेगरी निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसमा कांग्रेसबाट दिनेश खनाल र दिपक हमाल, माओवादीबाट दिपक देवकोटा र पूर्णकुमारी कँडेल, एकीकृत समाजवादीबाट टंक शाह र किशान श्रेष्ठ, नेपाली समाजवादीबाट तेजबहादुर गुरुङ र धनबहादुर गुरुङ छन् । यस क्षेत्रबाट गठबन्धनका तर्फबाट कांग्रेसका सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: