Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

प्रचण्डले चितवन ३ छाडेर मैदानमा उतारेका डाक्टर, जसलाई एमालेले मैदान छाड्यो

कांग्रेसको पूर्ण समर्थन, जो चितवनवासीको मनमनमा छन्

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली राष्ट्रिय राजनीतिमा 'बोल्ड' निर्णय गर्ने नेताको रूपमा चिनिन्छ । प्रचण्डले पटक(पटक गरेका त्यस्तै ठूला निर्णयले मुलुकले निकास मात्र पाएको छैन व्यवस्था नै परिवर्तन पनि भएको छ ।

गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी प्रतिनिधित्वलगायतको सुनिस्चितता प्रचण्डको तिनै बोल्ड निर्णयका परिणाम हुन् ।

यसपटक पनि प्रचण्ड किन चुक्थे र ? आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार तयार गर्दा प्रचण्डले यसपटक पनि त्यस्तै बोल्ड निर्णय गरे । उनले चितवनका एक अब्बल र जनताको बीचमा लोकप्रीय डाक्टरलाई उम्मेदवार बनाउँदै आफूले निर्वाचन क्षेत्र नै छाडेर गोरखा पुगे ।

माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि चितवन ३ बाट डा. भोजराज अधिकारीलाई मैदानमा उतारेको छ । डा. अधिकारीलाई आफ्नो निर्वाचन क्षेत्रबाट मैदानमा उतारेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने गोरखाबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

प्रचण्डको त्यो उद्घोष

त्यसो त प्रचण्डले यसपटक अब्बल र कसैले पनि नसोचेको उम्मेदवारलाई चुनावी मैदानमा उतार्ने उद्घोष यसअघि नै गरिसकेका थिए ।

केही समय पहिले काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले बालेन (काठमाडौं महानगरपालिकाका मेयर) भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उम्मेदवार अघि सार्ने उद्घोष गरेका थिए ।

‘हामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौँ । तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ' प्रचण्डले भनेका थिए, 'सबैले साथ दिन सक्ने, अनि यो त ठीक छ भन्ने खालको मान्छे ल्याउँछौँ ।’

नभन्दै प्रचण्डले त्यस्तै अब्बल डाक्टरलाई आफ्नो निर्वाचन क्षेत्र चितवन ३ को मैदानमा उम्मेदवार बनाए अनि आफूचाहिँ गोरखाबाट उम्मेदवार बने ।

प्रचण्डले सबैको साथ पाउने उम्मेदवारको खोजीमा छौँ भनेपछि धेरैले त्यो पात्र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हुन सक्ने आँकलन पनि गरे । उनी माओवादीबाट उम्मेदवार बन्दैछन् भन्ने चर्चा पनि सुनियो । तर, घिसिङलाई माओवादीले उम्मेदवार बनाएको छैन ।

त्यसो त माओवादीको सरकारले नै घिसिङलाई पहिलोपटक विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । त्यसबेला जुनियर घिसिङलाई कार्यकारी निर्देशक बनाएको भन्दै आलोचना पनि नभएको होइन । 

तर, प्रचण्डको दरिलो साथ पाएपछि घिसिङले मुलुकमा विद्यमान १८ घण्टाको लोडसेडिङ मात्र हटाएनन् अर्बौं घाटामा गएको प्राधिकरणलाई चुहावट रोक्दै नाफामा पुर्‍याए ।

चितवनबासीको मनमनमा बसेका भोजराज

डा। भोजराज अधिकारी चितवनबासीको मनमनमा बसेका चिकित्सक हुन् । उनी गठबन्धनबाट चितवन- ३ मा माओवादी केन्द्रका उम्मेदवार भएपछि चितवनबासीले उनीप्रति निकै आत्मियता देखाएको माओवादी केन्द्रका जिल्ला नेताहरू बताउँछन् ।

कतिसम्म भने चुनावी अभियानअन्तर्गत भोट माग्दै हिँडेका डा. अधिकारीलाई चितवनका स्थानीयले पहिला आफ्नो रिपोर्ट देखाएर स्वास्थ्य सल्लाह माग्छन् ।

'पहिले यो मेरो रिपोर्ट चैँ हेरिदिनुस्‌ न डाक्टरसाब, तपाईं उठेपछि भोट त दिइहाल्छम् नि!' चुनावी अभियानमा चितवनका मतदाताले डा। अधिकारीलाई गरेको आग्रह सम्झँदै माओवादीका जिल्ला नेता भन्छन्, 'उहाँ चिकित्सकका रूपमा जनतामा पूरै भिज्नुभएको छ । जनतासँग धेरै भावनात्मक र आत्मीय सम्बन्ध छ ।'

एमालेले मैदान छाड्यो

चितवन ३ को मैदानबाट नेकपा एमाले पछि हटेको छ । चितवन ३ बाट नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको थियो । तर, उनको उम्मेदवारी एमालेले फिर्ता गराएको छ ।

एकातर्फ एमालेले उम्मेदवारी फिर्ता गराएको र अर्कातर्फ कांग्रेससहित सत्ता गठबन्धनको साथ पाएपछि माओवादीका उम्मेदवार डा. भोजराज अधिकारी ुसेफ जोनुमा रहेको स्थानीयहरू बताउँछन् ।

त्यसो त चितवन ३ मा कांग्रेसको बागी उम्मेदवारी पनि परेको छ । तर, बागीलाई पार्टीले कारबाही गर्ने भएको छ । जसका कारण चितवन कांग्रेसको मत पनि आफूले पाउने डा। अधिकारी बताउँछन् । सोही कारण आफूले चुनाव जित्नेमा उनी निर्धक्क सुनिन्छन् ।

'गठबन्धनको मत त आउँछ नै । गठबन्धनभन्दा बाहिरको मतदाताहरूसँग पनि मेरो आत्मियता छ । उहाँहरूले पनि मलाई नै मत दिनुहुन्छ भन्नेमा ढुक्क छु' अधिकारी भन्छन् ।

त्यसो त स्थानीय चुनावको मतभार हेर्दा पनि चितवन( ३ मा गठबन्धन निकै अगाडि छ । त्यसमाथि अधिकारीको व्यक्तिगत लोकप्रियताका कारण यो मत थप बढ्ने माओवादीका जिल्ला नेताहरू बताउँछन् ।

को हुन् अधिकारी ?

डा. भोजराज अधिकारीको जन्म वि.सं. २०३६ सालमा चितवनको तत्कालीन कुरिनटार गाविसको कमेरेको एक विपन्न परिवारमा भएको हो । बाबु एकदेव अधिकारी र आमा चुनादेवी अधिकारीको छैटौँ सन्तानका रूपमा उनको जन्म भएको हो ।

उनी १ वर्षका हुँदा उनको परिवार जन्मथलो छोडेर चितवनको साविक पटिहानी गाउँपालिका अर्थात हालको भरतपुर महानगरपालिका- २२ मा बसाई सर्‍यो ।

पटिहानीकै राष्ट्रिय प्राथमिक विद्यालयबाट उनको प्राथमिक शिक्षा सुरु भयो । पटिहानीकै अमर माविबाट २०५२ मा अधिकारीले विशिष्ट श्रेणीमा एसएलसी उर्तीण गरे । पढाईमा अब्बल अधिकारी कहिल्यै दोस्रो हुनु परेन । विद्यालयकै सबैभन्दा धेरै नम्बर ल्याउने विद्यार्थी थिए उनी । सधैँ विद्यालय टप गर्थे । कक्षा ५ र ८ को परीक्षामा उनले चितवन जिल्ला टप गरे ।

अधिकारीले एसएलसीपछि अमृत साइन्स क्याम्पसबाट २०५४ सालमा प्रथम श्रेणीमा आईएससी गरे । अनि शिक्षा मन्त्रालयको छात्रवृत्तिमा पोखरास्थित मणिपाल मेडिकल कलेज, शिक्षण अस्पतालबाट एमबीबीएस गरे ।

त्यसपछि अधिकारीले चिकित्सा क्षेत्रको पहिलो काम चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) बाट सुरू गरे । सोही मेडिकल कलेजबाट काठमाण्डौं विश्वविद्यालयको इन्टरनल मेडिसिन (फिजिसियन) मा एमडी गरे ।

एमडी अध्ययन गर्दागर्दै उनले लोकसेवामार्फत सरकारी चिकित्सकको रूपमा नाम निकालेर हालको कालिका नगरपालिकाको जुटपानी स्वास्थ्य चौकीमा सरकारी चिकित्सक बने । त्यो उनको पहिलो सरकारी सेवा थियो ।

त्यसपछि अधिकारीले पुरानो मेडिकल कलेजबाट विशिष्टिकृत सेवा सुरु गरे । एमडी अध्ययन गर्देगर्दा कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालमा उनकै नेतृत्वमा नेपालमै नीजि क्षेत्रबाट पहिलोपटक मिर्गौलाको डायलायसिस सेवा सुरु भएको थियो ।

अधिकारी १७ वर्षदेखि चिकित्सा क्षेत्रमा कार्यरत छन् । पछि उनी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष भए । माओवादीले प्रतिनिधिसभाको उम्मेदवार बनाउने भएपछि अस्पताल अध्यक्षको पदबाट राजीनामा दिएर अधिकारी चुनावी मैदानमा होमिएका छन् ।

१७ वर्षसम्म स्वास्थ्य सेवामा सक्रिय रहँदा अधिकारीले धेरै चितवनबासीको उपचार गराएका छन् । धेरैलाई स्वास्थ्य सल्लाह दिएका छन् । अनि धेरैलाई निको बनाएर घर फर्काएका छन् ।

उनी राजनीतिक रूपमा २०५२ मै संगठित भएका थिए । त्यतिबेला उनले नेकपा ९मशाल०को सदस्यता लिएका थिए । हाल अधिकारी माओवादी केन्द्रनिकट स्वास्थ्य तथा जनसंख्या विभागको केन्द्रीय सचिव छन् । अस्पताललाई जनताकोमा पुर्‍याउने उनको सपना छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending