Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

गोलाबारीका कारण खेअरसन 'तनावग्रस्त' रहेको रुसद्वारा स्वीकार

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनमा रुसी सेनाका कमान्डरले त्यहाँको दक्षिणी सहर खेअरसनको अवस्था "कठिन" रहेको र त्यहाँका बासिन्दाहरूलाई स्थानान्तरण गरिने बताएका छन्।

जनरल सर्गेई सुरोभिकिनले युक्रेनी सेनाले हिमर्स रकेटहरू प्रयोग गरेर उक्त सहरको पूर्वाधार र आवासीय भवनहरूमा प्रहार गरिरहेको बताए। उनले रुसको सरकार सञ्चालित टेलिभिजनमार्फत् उक्त जानकारी दिएका हुन्।

"रुसी सेनाले प्राथमिक रूपमा खेअरसन क्षेत्रमा बस्ने मानिसहरूको सुरक्षित निकासी सुनिश्चित गर्नेछ," उनले भने।

ठूला समस्याहरूबारे उनको दुर्लभ स्वीकारोक्तिलाई एकजना शीर्ष स्थानीय अधिकारीले पुष्टि गरेका छन्। रुसीहरूद्वारा नियुक्त क्षेत्रीय अधिकारी किरिल स्ट्रेमोसोभले खेअरसनका बासिन्दाहरूलाई "निकट भविष्यमा" युक्रेनी सेनाले सहरमा आक्रमण गर्न सक्ने चेतावनी दिए।

"मेरा शब्दहरूलाई गम्भीरतापूर्वक लिनुहोस् - म सकेसम्म चाँडो यो सहर खाली गर्ने बारे कुरा गर्दै छु," उनले टेलिग्राम नामक सन्देश आदानप्रदान गर्ने सञ्जालमार्फत् भनेका छन्। उनले निपर नदीको पश्चिमी किनारमा अवस्थित, युक्रेनमा निप्रो भनिने क्षेत्रमा मानिसहरू सबैभन्दा बढी जोखिममा रहेको बताएका थिए।

उक्त क्षेत्रमा रुसले नियुक्त गरेका गभर्नर भ्लादिमिर साल्डोले एक भिडिओ सन्देशमार्फत् उक्त कुरा पुष्टि गरे।

फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध आक्रमण सुरु गरेपछि खेअरसन रुसीहरूले कब्जा गरेको पहिलो ठूलो सहर थियो।  युक्रेनी सेनाले विगत केही सातादेखि त्यहाँ नजिकैको भूभागहरूलाई बिस्तारै पुनः आफ्नो नियन्त्रणमा लिँदै आएको छ।

उनीहरूले रुसी सेनालाई फसाउने धम्की दिँदै निपर हुँदै ३० किलोमिटर दक्षिणतिर अघि बढेका छन्। "समग्रमा विशेष सैन्य कारबाहीको क्षेत्रमा स्थिति तनावपूर्ण छ भन्न सकिन्छ," जनरल सुरोभिकिनले भने।

खेअरसन रुसीहरूले उनीहरूको आक्रमणमा कब्जा गरेको एक मात्र युक्रेनी क्षेत्रीय राजधानी हो। क्रेम्लिनले अहिले खेअरसन र अन्य तीन युक्रेनी क्षेत्रहरू रुसको अंश भएको दाबी गर्छ। उक्त दाबी अन्तर्राष्ट्रिय रूपमा अस्वीकार गरिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन ३ मा सोविताको अग्रता, रेनुले कति मत पाइन् ?

चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...

भक्तपुर–२ मा राजीव खत्रीसँग पराकिलो मतान्तरले पछि परे महेश बस्नेत

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...

कालीकोटमा नेकपा अगाडि, पछ्याउँदै एमाले

काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...

रुकुमपूर्वमा फराकिलो मतान्तरले प्रचण्डको अग्रता

काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डेले बढाए अग्रता, कुलमान पछ्याउँदै

काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...

कञ्चनपुर–२ मा रास्वपाका दीपक बोहराको अग्रता

कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...

तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता

दमौली ।  तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।  उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...

रसुवामा कांग्रेसको अग्रता, पछ्याउँदै घण्टी

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...

धनुषा ३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।  झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...

भक्तपुर १ मा पनि रास्वपाको अग्रता, फराकिलो मतले पछि परे सुवाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE