Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

देउवा-ओली 'लाइभ डिबेट'मा आए मतदाताको मनस्थितिमा प्रभाव पर्ला?

प्राध्यापक लोकराज बराल भन्छन् : संसदीय प्रणालीमा खासै अर्थ हुँदैन

खबरडबली संवाददाता

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष प्रसारण हुने बहसका लागि आफू तयार रहेको बताएपछि त्यसबारे सामाजिक सञ्जालमा विभिन्नखाले टिप्पणीहरू भइरहेका छन्।

आम निर्वाचनको पूर्वसन्ध्यामा ओलीको उक्त भनाइलाई कतिपयले "चुनावी स्टन्ट"का रूपमा अर्थ्याएका छन्।

यद्यपि ओली निकट विश्लेषकका दृष्टिकोणमा चाहिँ उनको आह्वान अनुसार प्रत्यक्ष प्रसारण हुनेगरी बहस भए त्यो "नेता चिन्ने अवसर" बन्न सक्छ।

प्रधानमन्त्री देउवाका प्रेस प्रमुखले चाहिँ "एकल नेतृत्वयुक्त राष्ट्रपतीय प्रणालीमा चल्तीमा रहेको तर बहुल नेतृत्वयुक्त संसदीय प्रणालीमा खासै चलनमा नरहेको" कुरा ओलीले अघि सारेको बताएका छन्।

ओलीले के भने?

ओलीले मङ्गलवार सामाजिक सञ्जालमार्फत् देउवालाई "लाइभ डिबेट"का लागि आह्वान गरेका हुन्।

उनले लेखेका छन्, "सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले 'लाईभ डिबेट'मा आउन आग्रह गर्नु भएको छ।"

"धेरैजसोले मेरो र नेकाका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ।"

"निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ। म त यसका लागि तयार छु, देउवाजी नि?"

उनले फेसबुकमा लेखेको उक्त पोस्टमा कसैले सकारात्मक त कसैले नकारात्मक प्रतिक्रिया दिएका छन्।

उनका समर्थकले देउवाले ओलीसँग त्यस्तो "बहस गर्न नसक्ने" दाबी गरेका छन् भने उनका विरोधीले "हावादारी गफ गर्ने व्यक्तिसँग देउवाले बहस गर्नु नहुने" तर्क गरेका छन्।

कतिपयले चाहिँ देउवा, ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बहस हुनुपर्ने बताएका छन्।

त्यस्तै कैयौँले बहस गर्नु रामो हुने तर सर्वसाधारणले प्रत्यक्ष रूपमा प्रश्न सोध्न पाउनुपर्ने प्रतिक्रिया दिएका छन्।

सञ्चारमाध्यमको ध्यानाकर्षण

देउवालाई प्रत्यक्ष प्रसारण हुने बहसमा निम्तो दिएका ओलीले बुधवार त्यसबारे पुन: सामाजिक सञ्जालमा लेखेका छन्। उनले बुधवार चाहिँ सञ्चारमाध्यमलाई त्यसबारे ध्यानाकर्षण गराएका हुन्।

ओलीले फेसबुकमा लेखेका छन्, "मैले हिजो एजेण्डा आधारित बहसका लागि नेकाका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई आमन्त्रण गरेको थिएँ।"

"यस विषयलाई आम सञ्चार माध्यमहरुले पनि सकारात्मक चर्चा गरेको पाएँ। यसप्रति म खुसी छु।"

"विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाईभ डिबेटहरू सार्वजनिक सञ्चारमाध्यमबाट आयोजना गर्ने गरिन्छ। यहाँका सञ्चारमाध्यम र सम्पादकज्यूहरूले यस विषयमा के सोच्नु भएको छ, समग्र सञ्चार जगतको ध्यानाकर्षण गर्न चाहन्छु।"

देउवा निकट के भन्छन्?

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले उक्त विषयमा "प्रतिक्रिया दिनुको खासै अर्थ नरहेको" बताए।

उनका भनाइमा चुनावका बेलामा ओलीले फेसबुकमा त्यस्ता कुरा लेखेर खासै अर्थ नहुने र त्यो उनको चुनावी दाउ मात्र जस्तो देखिन्छ।

"अन्यत्र पनि राष्ट्रपतीय प्रणाली भएका देशहरूमा मात्र त्यस्तो बहस हुन्छ किनकी त्यो एकल नेतृत्वको प्रणाली हो," उनले भने।

"संसदीय प्रणाली भनेको सामूहिक नेतृत्वको हुने भएकाले यस्ता बहस हुने चलन छैनन्। त्यसैले उहाँले (ओली) भनेको कुरा नै मिल्ने खालको भएन।"

उनका भनाइमा आम निर्वाचनका बेलामा नेताहरू घरघरमा गएर मतदातासँग प्रत्यक्ष नै भेट्ने चलन भएकाले त्यस्ता बहसको तुक पनि रहँदैन।

'सकारात्मक कुरा हो'

ओलीको प्रधानमन्त्री बनेका बेला उनका प्रेस सल्लाहकार रहेका कुन्दन अर्याल चाहिँ ओलीले उठाएको विषयलाई लोकतान्त्रिक प्रणालीमा आफूले सकारात्मक रूपमा लिएको बताउँछन्।

उनले भने, "चुनाव भनेको प्रतिस्पर्धाको पर्याय हो। जब उम्मेदवारबीचको प्रतिस्पर्धा हुँदा बहस हुन्छ भने त्यो राम्रै कुरा हो।"

"हुन त अमेरिकाको राष्ट्रपतीय प्रणालीमा त्यस्तो हुन्छ भन्छौँ तर नेपालमा पनि ठिकै छ नि!"

"एउटा घोषित प्रधानमन्त्रीको उम्मेदवार र अर्को सम्भावित प्रधानमन्त्रीको उम्मेदवारबीच बहस हुँदा राम्रै हुन्छ।" उनका भनाइमा त्यस्तो बहसले उम्मेदवारलाई परख गर्न मतदातालाई बल पुग्छ।

त्यस्तै नेताहरूले पनि सार्वजनिक बहसमा संयमित भएर र आफ्ना बाचाहरू जनतासमक्ष पुर्‍याउन त्यसालाई उपयोग गर्न सक्छन्।

मतदाताले पनि नेताहरूले बोलेका कुरालाई समातेर उनीहरूलाई जवाफदेही बनाउन सक्ने भएकाले त्यस्तो बहस हुनु सकारात्मक रहेको उनको भनाइ छ।

'खासै अर्थ छैन'

राजनीतिशास्त्रका एकजना प्राध्यापक लोकराज बराल चाहिँ नेपालमा त्यस्ता बहसले खासै अर्थ नराख्ने ठान्छन्।

उनी भन्छन्, "त्यस्तो बहस बढी प्रत्यक्ष रूपमा उम्मेदवार चुनिने प्रणालीमा हुने हो। संसदीय प्रणालीमा खसै हुँदैन।"

"नेपालमा भइहाले पनि त्यसमा गालीगलौज बढी होला वा कसले कसलाई गम्भीर र अनावश्यक आरोप लगाइदेला? त्यो कसरी व्यवस्थापन गर्ने भन्ने हो।"

नेपालमा मतदाता प्रभावित गर्न पनि त्यस्ता बहसले खासै भूमिका खेल्लान् भन्ने उनलाई लाग्दैन। उनी ओलीले चुनावी "स्टन्ट"का लागि मात्र त्यस्तो बहसको कुरा निकालेको हुनसक्ने ठान्छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending