काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताएको छन् ।
भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको तीन दिने प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको सहकार्य बिना आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताए। पछिल्लो समय आर्थिक सूचकाङ्हरुमा सुधार देखिएको उल्लेख गर्दै उनले पूँजी बजारमा निजी क्षेत्रको उपस्थिति बढाउनुपर्नेमा जोड दिए ।
मन्त्री भण्डारीले भने, “पुँजी बजारलाई बढाउनुपर्ने छ, स्वदेशी उत्पादन बढाउनुपर्ने छ, व्यापार घाटा न्यून गर्नुपर्ने छ, नविनतम प्रविधि भित्र्याउनुपर्ने छ, आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनुपर्ने मुख्य चुनौती हाम्रा सामु छ ।” उनले उद्योग व्यवसायसँग सम्बन्धित बाधक विभिन्न कानुन परिमार्जनका लागि सरकारले तयारी गरेको बताए।
स्वदेशी लगानीकर्तालाई उत्साहित हुने गरेर सरकारले सुविधा दिइने उनको भनाइ छ । नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै उहाँले समग्र उद्योगी व्यवसायीलाई नेपालमा लगानी बढाउन आग्रह गरे। “सरकार मेरो छ, म उद्योग चलाइरहेको छु, सरकार साथमा छ भन्ने महसुस अहिलेको सरकारले गराउन खोजेको छ”, मन्त्री भण्डारीले भने ।
सेवा प्रवाहको क्षेत्र र उत्पादनका क्षेत्रमा रहेका जटिलता हटाउन सरकारले पहलकदमी थालेको उनले बताए। उद्योग मन्त्रालयमा सुधारका कार्य गर्नका लागि पहल भइरहेको उनले जानकारी गराए। उनले छिट्टै लगानीका क्षेत्रमा देखिएका समस्या सुधारका लागि वर्तमान सरकारले पहलकदमी अगाडि बढाउने बताए। उनले सरकारले वित्तीय क्षेत्र, लगानीकर्ता, कूटनीतिक निकायका प्रतिनिधिलगायत सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित व्यावसायिक सम्मेलन गर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललगायत वक्ताहरुले वर्तमान सरकारले निजी क्षेत्रको सुझावअनुसार आर्थिक अवस्था सुधारका कार्य अगाडि बढाएकोमा प्रशंसा गर्दै आगामी दिनमा सरकारले निजी क्षेत्रका समस्या समाधानमा पहल गर्ने विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २६ गते, २०८३ - १७:४७
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...
जेष्ठ २६ गते, २०८३ - १७:३५
काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...
जेष्ठ २६ गते, २०८३ - १७:१४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...
जेष्ठ २६ गते, २०८३ - १७:०३
तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् । डुम...
जेष्ठ २६ गते, २०८३ - १६:५९
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...
जेष्ठ २६ गते, २०८३ - १६:४६
काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...
जेष्ठ २६ गते, २०८३ - १६:३०
काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...
जेष्ठ २६ गते, २०८३ - १६:०२
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...
जेष्ठ २६ गते, २०८३ - १५:४१
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...
जेष्ठ २६ गते, २०८३ - १५:१४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...



प्रतिकृया लेख्नुहोस्: