पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एथ्लेटिक्स विधाको खेल समापनसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । सर्वाधिक ३७ स्वर्ण पदकका लागि भएको भीडन्तमा आर्मीले १९ स्वर्णपदक जित्दै टिम च्याम्पियन बन्न सफल भयो । आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्यगरी कूल ४५ पदक हात पा¥यो ।
त्यसैगरी सशस्त्र प्रहरी बल (एपिएफ) दोस्रो स्थानमा रह्यो । एपिएफले १० स्वर्ण, १० रजत र १० कांस्यसहित कूल ३० पदक जित्दै दोस्रो बनेको हो । प्रतियोगितामा नेपाल प्रहरी क्लब तेस्रो बन्यो । प्रहरीले दुई स्वर्ण, सात रजत र छ कांस्यसहित कूल १५ पदक जितेर तेस्रो स्थानमा रहेको हो । बागमती प्रदेशले दुई स्वर्ण, एक रजत र चार कांस्य पदक जित्यो भने लुम्बिनीले दुई स्वर्ण, चार रजत र एक कांस्य जित्यो । गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्य जित्यो । त्यसैगरी कर्णाली प्रदेशले एक स्वर्ण र एक रजत तथा सुदूरपश्चिमले एक कांस्य पदक जितेको छ ।
विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङग गहतराजले पुरस्कार तथा पदक प्रदान गरे।
एथ्लेटिक्समा सबैभन्दा बढी स्वर्ण जित्ने जयरानी
त्रिभुवन आर्मी क्लबमा आबद्ध धाविका २१ वर्षीय जयरानी थारुले पाँच स्वर्ण पदक हात पारिन । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्गत एथ्लेटिक्समा पाँचवटा स्वर्ण पदक हात पार्ने उनी एक्ली खेलाडी बन्न सफल भइन् ।
पाँच स्पर्धामा भाग लिएकी जयरानीले सबै स्पर्धामै स्वर्ण जितेकीमा तीन वटा स्पर्धामा राष्ट्रिय कीर्तिमानसमेत बनाइन् । उनले एथ्लेटिक्सको चार गुणा १०० मिटर रिलेमा स्वर्ण जितिन् भने चार सय मिटर हर्डल्स र १०० मिटर हल्र्डसमा आफ्नै प्रदर्शन सुधार्दै स्वर्ण जितिन् । जयरानीले लङजम्पमा कीर्तिमानसहित स्वर्ण पदक हात पारिन् । आजै भएको चार गुणा चार सय मिटर रिलेमा पनि उनले स्वर्ण पदक हात पारिन् । यसैगरी एथ्लेटिक्सअन्तर्गतको पुरुषतर्फको खेलमा सबैभन्दा बढी पदक जित्ने खेलाडी शिवराज पार्की भए । एपिएफका खेलाडी उनले नवौँ राष्टिय खेलमा तीन स्वर्ण पदक हात पारे । शिवराजले दुई सय मिटर पुरुष, एक सय मिटर दौड र रिलेमा स्वर्णपदक हात पारेका हुन् ।
त्यसैगरी महिला १०० मिटरमा सरस्वती चौधरीले राष्ट्रिय रेकर्ड बनाउँदा पुरुष १० हजार मिटरमा दीपक अधिकारीले कीर्तिमान बनाएका थिए । चार सय मिटर हडल्समा पुरुषतर्फ सोमबहादुर कुमालले र महिलातर्फ रमिताकुमारी थारुले नयाँ कीर्तिमानी बनाए । तीन सय मिटर स्टिपल चेसमा दुर्गाबहादुर बुढाले राष्ट्रिय कीर्तिमान बनाउँदा लङजम्पको पुरुषतर्फ सलिम देवानले राष्ट्रिय कीर्तिमान कायम गरे । एथ्लेटिक्समा आर्मी, एपिएफ, प्रहरी, प्रदेश नम्बर १, मधेश प्रदेश बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका खेलाडीले भाग लिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...
मंसिर २४ गते, २०८२ - १६:४९
काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...
मंसिर २४ गते, २०८२ - १६:४५
विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति
मंसिर २४ गते, २०८२ - १६:२१
काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ठेक्कामा बढी कबोल रकम गरे...
मंसिर २४ गते, २०८२ - १६:१२
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...
मंसिर २४ गते, २०८२ - १५:५४
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...




प्रतिकृया लेख्नुहोस्: