Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

जसले राष्ट्रिय खेलकुदमा लगातार पाँच स्वर्ण जिते

खबरडबली संवाददाता

बागलुङ । आइटिएफ तेक्वान्दोका लीलाधर बस्नेतका लागि नवौँ राष्ट्रिय खेलकुद पनि सुखद् रह्यो । विभागीय टिम नेपाल आर्मीका लागि खेलेका उनले दुई स्वर्ण पदक जिते । यहाँ भएको प्रतियोगितामा ६५–७० किलो तौल समूहको एकल स्पाइरिङ र टिम स्पाइरिङबाट बस्नेतले स्वर्ण हात पारेका हुन् ।

विसं २०६४ देखि खेल जीवन सुरु गरेका बस्नेतले विसं २०७३ मा भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्ण जितेका थिए । त्यस यताका दुई राष्ट्रिय खेलकुदमा पनि उनले आफ्नो अपराजित यात्रालाई कायमै राखे । नेपालगञ्जमा भएको आठौँमा पनि बस्नेतले दुई स्वर्ण पदक हाँसिल गरेका थिए । दाङ घर भएका उनी १८ वर्षदेखि नेपाल आर्मीमा आबद्ध छन् । ३८ वर्षीय उनले यसअघि आइटिएफको साउथ एसियन च्याम्पियनसीपमा पनि दुई स्वर्ण जितेका थिए । अङ्ग्रेजी वर्ष २०१२ र २०१८ मा भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक पाएको बस्नेतले सुनाए ।

सकारात्मक ऊर्जा, खेलप्रतिको समर्पण र देशका लागि खेल्ने इच्छाशक्तिका कारण खेलमा आफू पछाडि फर्कन नपरेको बस्नेतले बताए । “लक्ष्य त अन्तर्राष्ट्रिय पदकसम्मको हुन्छ, टिमले पनि त्यसरी नै मेहनत गरेको हुन्छ”, उनले भने, “राष्ट्रिय प्रतियोगिता जित्नु पनि हाम्रा लागि लागि महत्वपूर्ण छ, खेल जीवनमा यसले ठूलो अर्थ राख्छ ।” ऊर्जा, उमेर र स्वास्थ्यले साथ दिँदासम्म खेलमै रहने बस्नेतले बताए । नेपाल आर्मी जस्तो प्रतिष्ठित टिमबाट राष्ट्रिय खेलकुदमा भाग लिन पाउँदा गौरवको अनुभूति हुने गरेको उनले सुनाए । उनीसहितका खेलाडीको उत्कृष्ट प्रदर्शनकै बलमा आर्मी नवौँ राष्ट्रिय खेलकुदमा पनि च्याम्पियन बन्न सफल रह्यो ।

आर्मीकै अर्का खेलाडी भीमबहादुर तामाङले अहिलेकै प्रतियोगितामा चार स्वर्ण हात पारेका थिए । एकल प्याटर्न, टिम प्याटर्न, एकल स्पाइरिङ र टिम स्पाइरिङमा उनले आर्मीलाई स्वर्ण दिलाएका हुन् । एकल स्पाइरिङमा ७६–८० किलो तौल समूहमा तामाङले प्रतिस्पर्धा गरेका थिए । आर्मीकी निकिता धिमालले पनि अहिलेको प्रतियोगितामा दुई स्वर्ण पदक जितिन् । टिममा बस्नेत, तामाङ र धिमालजस्तै सक्षम तथा प्रतिभाशाली खेलाडी भएकै कारण आर्मी लगातार आइटिएफ तेक्वान्दोमा च्याम्पियन बन्दै आएको छ । सातौँ राष्ट्रिय  खेलकुदमा १७ र आठौँमा १६ स्वर्ण पदकसहित आर्मी नै पहिलो बनेको थियो ।

बिहीबार सकिएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दोमा छ स्वर्ण, तीन रजत र तीन कांस्य जितेर बागमती प्रदेशले दोस्रो स्थान बनायो । तेस्रो स्थान हासिल गरेको गण्डकी प्रदेशले पाँच स्वर्ण, आठ रजत र दुई कांस्य पदक जित्यो । प्रदेश नं तीन स्वर्ण, दुई रजत र पाँच कांस्य पदक हात पा¥यो । लुम्बिनी प्रदेशले एक स्वर्ण, तीन रजत र आठ कांस्य पायो ।

सशत्र प्रहरी बलले एक स्वर्ण, तीन रजत र दुई कास्यमा चित्त बुझायो । कर्णाली प्रदेशले दुई रजत र दुई कास्य पदक हात पा¥यो । नेपालले पुलिसले चार कास्य पदक जित्दा मधेश प्रदेशले एउटा मात्र कांस्य पदकमा सीमित भयो । सुदूरपश्चिम प्रदेशले कुनै पनि पदक जित्न सकेन । आइटिएफ तेक्वान्दोमा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । आगामी १२ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम राखिएको थियो । तर,आजै एक स...

ओखलढुङ्गा कारागारमा कैदीबन्दीबिच झडप

ओखलढुङ्गा। ओखलढुङ्गा कारागारमा कैदीबन्दीबिच झडप भएको छ । बिहीबार बिहान ३ बजेको समयमा कैदीबन्दीबिच झडप भएको हो ।  कारगारको नाइके र सहनाइकेले आर्थिक ...

मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार

मनाङ । जिल्लाको प्रवेशद्वार आगन तालगाउँ खेलाडी र कलाकारले भरिभराउ भएको छ । आजदेखि यहाँ आयोजना हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्पर्धा गर्न प्रतिष...

वयस्क मगर गोहीको उद्धार गरी तालमा छोडियो

कैलाली। जैविक विविधताले महत्त्वपूर्ण कैलालीको सिमसार क्षेत्रमा आज बिहान एउटा वयस्क मगर गोहीको उद्धार गरी घोडाघोडी तालमा छोडिएको छ ।  पूर्वी ओजुवा त...

कटहरियामा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

रौतहट। रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हर...

सुनको मुल्य एकैदिन १५ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो ।  य...

सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

लमजुङ।  बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थ...

कोदो मर्ने समस्याले कृषक चिन्तित

पर्वत। निरन्तर चार वर्षदेखि कोदो मर्न थालेपछि पर्वतका कृषक समस्यामा परेका छन् । निकै मेहनत र खर्च गरी लगाएको बाली फल्ने बेलामा मर्न थालेपछि कृषक चिन्त...

अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । राजदूतामा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाइ हु...

बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन

काठमाडौँ । बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ । ८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy