Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको हो : महासचिव गुरुङ

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन् । गठबन्धमा आबद्ध रहेका कांग्रेस निकट लमजुङ–काठमाडौँ सम्पर्क समिति, एकीकृत समाजवादी निकट समन्वय समिति र माओवादी केन्द्र निकट सम्पर्क मञ्चले आज सामाखुशीमा आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले राष्ट्रियता र लोकतन्त्रलाई जोगाउनका लागि उक्त गठबन्धन भएको बताए।

 “राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनमा आबद्ध दललाई जिताउन आवश्यक छ”, उनले भने । आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा लमजुङबाट गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवारसमत बन्नुभएका महासचिव गुरुङले भ्रष्टाचार, कमिशनतन्त्रको अन्त्य गर्दै सुशासनको अभियानमा गठबन्धन लागेको उल्लेख गरे । उनले कृषि, पर्यटन, जलविद्युत्मार्फत लमजुङको विकास गर्न सकिने बताउँदै यसका लागि पूर्वाधार निर्माणको खाँचो औँल्याए। घरेलु उद्योग, कृषिलाई यान्त्रीकरण र व्यवसायीकरण गर्नसके लमजुङको विकास हुने उनको भनाइ छ । उनले मस्र्याङ्दी, चेपे, दोर्दी, मिदिम, रुदी तथा मादी नदीमा करिडोर निर्माण गर्नसके लमजुङलाई उत्तर–दक्षिण व्यापारिक नाकाको रुपमा विकास गर्न सकिने बताए।

लमजुङ प्रदेशसभा ९क०का उम्मेदवार डा टकराज गुरुङले संविधानको कार्यान्वयन गर्नका लागि गठबन्धन निर्माण भएको बताए । उनले अघिल्लो निर्वाचनमा पार्टीले हारे पनि देशले जित्नुपर्छ भनेर कांग्रेसले निर्वाचन गरेको स्मरण गर्दै देशको विकासका लागि गठबन्धनको जित आवश्यक रहेको उल्लेख गरे ।

कांग्रेस लमजुङका सभापतिसमेत रहनुभएका डा गुरुङले लमजुङका सबै ग्रामीण बस्तीमा मोटरबाटो पु¥याएर त्यहाँको पर्यटन, कृषि र जलविद्युत्लाई देशको अर्थतन्त्रसँग जोड्नुपर्ने बताए। लमजुङ प्रदेशसभा ९ख०का उम्मेदवार भेषबहादुर पौडेलले समृद्ध लमजुङ निर्माण आफ्नो अभियान भएको बताए। “म लमजुङ उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुँदादेखि समृद्ध लमजुङको अभियानलाई अगाडि बढाउँदै आएको छु, लमजुङको विकास नै मेरो र गठबन्धनको प्रमुख एजेण्डा हो”, उनले भने । कृषि, पर्यटन र जलविद्युत्लाई रोजगारीसँग जोड्न सके लमजुङको विकास हुने उहाँको भनाई छ ।

नेपाली कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन सम्पर्क समिति तथा मञ्चको महत्वपूर्ण भूमिका रहेकाले उक्त कार्यक्रम आयोजना गरिएको बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । आगामी १२ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम राखिएको थियो । तर,आजै एक स...

ओखलढुङ्गा कारागारमा कैदीबन्दीबिच झडप

ओखलढुङ्गा। ओखलढुङ्गा कारागारमा कैदीबन्दीबिच झडप भएको छ । बिहीबार बिहान ३ बजेको समयमा कैदीबन्दीबिच झडप भएको हो ।  कारगारको नाइके र सहनाइकेले आर्थिक ...

मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार

मनाङ । जिल्लाको प्रवेशद्वार आगन तालगाउँ खेलाडी र कलाकारले भरिभराउ भएको छ । आजदेखि यहाँ आयोजना हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्पर्धा गर्न प्रतिष...

वयस्क मगर गोहीको उद्धार गरी तालमा छोडियो

कैलाली। जैविक विविधताले महत्त्वपूर्ण कैलालीको सिमसार क्षेत्रमा आज बिहान एउटा वयस्क मगर गोहीको उद्धार गरी घोडाघोडी तालमा छोडिएको छ ।  पूर्वी ओजुवा त...

कटहरियामा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

रौतहट। रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हर...

सुनको मुल्य एकैदिन १५ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो ।  य...

सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

लमजुङ।  बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थ...

कोदो मर्ने समस्याले कृषक चिन्तित

पर्वत। निरन्तर चार वर्षदेखि कोदो मर्न थालेपछि पर्वतका कृषक समस्यामा परेका छन् । निकै मेहनत र खर्च गरी लगाएको बाली फल्ने बेलामा मर्न थालेपछि कृषक चिन्त...

अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । राजदूतामा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाइ हु...

बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन

काठमाडौँ । बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ । ८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy