Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

ताप्लेजुङमा तीन साताभित्र ३०६ तोला बढी सुन बरामद

खबरडबली संवाददाता

ताप्लेजुङ । तीन साताभित्र ताप्लेजुङमा तीन सय छ तोलाभन्दा बढी सुनसहित रु छ लाखभन्दा बढी नगद प्रहरीले बरामद गरेको छ । गत असोज १७ गते सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित मनी ट्रान्सर्फरमा भएको लुटपाटमा उक्त सुन र नगद बरामद गरिएको हो । 
 
ताप्लेजुङको फुङ्लिङस्थित कञ्चन मनी ट्रान्सर्फरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये शुक्रबार साँझसम्ममा प्रहरीले ३०६दशमलव६१ तोला सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार बेलुका फुङ्लिङ नगरपालिकामा निर्माण हुँदै  गरेको नयाँ बसपार्क छेउमा खाल्डो खनी पुरेको अवस्थामा ३३ थान अर्थात् ४६दशमलव६१ तोला सुनका गहना फेला पारिएको जिल्ला प्रहरी कार्यालय प्रमुख ९डिएसपी० कैलाश राईले बाउनुभयो ।  

शुक्रबार दिउँसो प्रहरीले फुङ्लिङ नगरपालिका–४ स्थित जङ्गलमा प्रहरीले थप ८९ थान अर्थात् एक सय १७ तोला सुनका गहना फेला पारेको थियो । यस अगाडि नै एक सय ४३ तोला सुन प्रहरीले बरामद गरिसकेकामा शुक्रबार फेला परेका ४६दशमलव६१ र ११७ तोला गरी यसअघि बरामद गरिएको एक सय ४३ तोलाम गरी ३०६दशमलव६१ तोला सुन र नगद रु छ लाख १३ हजार तीन सय ४० प्रहरीले फेला पारेको उक्त कार्यालयले जनाएको छ । 

लुटपाटमा संलग्न चार आरोपीलाई नियन्त्रणमा लिइएकामा उनीहरुको साथबाट बरामद गरेको नगद तथा सुनका गरगहनासमेत बारामद गरिएको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल, झापा शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेल रहेका छन् । 

 बरामद गरिएका नगद र सुनका गरगहनाबाहेक एक थान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएको सामान ९डोरी, कैचीलगायत सामग्री० पनि सार्वजनिक गरिएको थियो । यता कञ्चन मनी ट्रान्सर्फरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिनुभएको जाहेरीमा ९असोज २४ गते० रु ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको उल्लेख गरिएको छ । यसैगरी रु तीन करोड ३९ लाख ९९ हजार छ सय  बराबरको तीन सय ४८ तोला सुन पनि लुटपाट भएको जनाइएको छ ।
 
पैसा पठाउने र दिने आइएमईसँग सुन कारोबारको इजाजत भए नभएकोबारे कागजात अनुसन्धान गर्न तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताए । उनले भने, “सुन कारोबार ९जाकेट०को इजाजत छ वा छैन । कागजात मागेका छौँ । अनुसन्धान हुन्छ ।” आरोपीहरुले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई असोज १७ गते बिहान पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र सुनका गरगहना लुटपाट गरेका थिए  । लुटपाटमा संलग्नभएकाहरु  लागुपदार्थ सेवनकर्ता भएका प्रहरीको अनुसन्धानले जनाएको छ । 

उनीहरुले गरगहना लुटपाटको योजना काठमाडौँस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । आरोपीविरुद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 कसरी बनाइयो लुटपाटको योजना ?
 
फुङ्लिङ नगरपालिका–२ बस्ने २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल कुनै बेला सदरमुकाममा सुन पसल गर्दथे। त्यसैले  कञ्चन मनी ट्रान्सर्फरबारे उनमा राम्रो जानकारी थियो । प्रहरीसमक्ष गरिएको स्वीकारोक्तिमा त्यहाँ जाँदा पर्तेलले पछाडिको ढोका ९कर्मचारीले मात्र आवतजावतमा प्रयोग गर्ने ढोका० प्रयोग गर्दथे । सुन र नगद राख्ने दराजबारे भेउ राम्रोसँग पाएका उनले एकदिन साथीहरुसँग काठमाडौँमै बसेर योजना बनाए । बाँकी तीन जनालाई लुटपाट गर्ने योजनामा त्यही सहभागी गराए । ती अभियुक्त  झापामा आएपछि आइएमईको बारेमा विस्तृत योजना बनाइयो । सदरमुकामस्थित एक होटलमा आएर बास बसेका उनीहरुमध्ये  एक जनाले आइएमई कर्मचारीलाई फोन गरेर ज्याकेट राखेको सुन उकास्न आउने सूचना दिए । उनीहरुले टिपाएको नाम भएका व्यक्तिको सुन जाकेट रेकर्डमा नभएको सम्बन्धित कर्मचारीले जानकारी दिए  । उनीहरुमध्ये एक जनाले फेरि अर्को नाममा सुनको ज्याकेट राखेको नाम दिँदा कर्मचारीले अर्को दिन आउन आग्रह गरे । असोज १७ गते बिहान बजार केही सुनसान भएको बखतमा पर्तेलसहित चारमध्ये एकजना आइएमई आउनुअघि ज्याकेट राख्न दिएको व्यक्तिको नाम खातामा हेर्न लगाए र लगत्तै बाँकी दुई जनाले कर्मचारीलाई नियन्त्रणमा लिए अनि  एक जनाले टेबलमाथि चढेर सिसी क्यामेराको तार चुडाएर नगद र सुन लुटेका थिए । प्रहरीले बसपार्कमै केही सुन र नगदसहित उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending