हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर यातायातका साधन गुड्न नसक्ने अवस्था भएपछि लिमी आउजाउ यस वर्षका लागि बन्द भएको हो ।
मङ्सिर दोस्रो हप्ताबाट हिमालपारीको गाउँ लिमी आउजाउ यस वर्षका लागि बन्द भएको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले जानकारि दिनुभयो । लिमी जाने न्यालु लेकको सडकमा असोज अन्तिम साता परेको हिउँ जमेर सडक बरफमय भएको र त्यसमा यातायातका साधन चलाउन नसकिने अवस्था आएपछि लिमी पूर्ण रुपमा प्राकृतिक बन्दाबन्दी परेको उनले बताए।
लिमीबाट गाडी ल्याएर एउटा समूह सिमकोटतर्फ आउन खोजेको भएपनि लिमीतर्फको न्यालुमा जमेको बरफमा गाडी अगाडी बढ्न नसकेपछि लिमीनै फिर्ता भएको उनले बताए। असोजमा परेको हिउँबाट बनेको बरफलेनै सडक अवरुद्ध गरेको र यो वर्ष हिउँ पर्न नै बाँकी रहेको कारण अब आगामी चैत वैशाख महिनासम्म लिमी आउजाउ बन्द भएको उनले बताए।
यसले गर्दा अब लिमी जान र लिमीबाट आउने सम्भावना नभएको नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए। यतिबेला हिउँ कम भएपनि करिब दुई किलो मिटर सडकमा बरफ जमेको कारण यातायात सेवा चलाउन नसकिने अवस्था रहेकोले गाउँपालिकाले जोखिम उठाएर यात्रा नगर्न सवैलाई आग्रह गरेको उनले बताए।
सडकमा जमेको बरफ फुटाउन सकिने अवस्था समेत रहेको देखिँदैन । त्यसैले जोखिम उठाउनु भन्दा जो जहाँ भएपनि त्यही बस्नु पर्ने सुझाव उनको छ । गाउँपालिका वा पूर्वाधार विकास कार्यालयले डोजर लगाएर सडकमा जमेको बरफ फुटाएर सडक सुचारु गर्न सक्ने सम्भावना पनि कम भएको उनले बताए। लिमीका स्थानीय कोही बिरामी परे महङ्गो भाडादर तिरेर हवाई उद्धार गर्नुको अन्य बिकल्प भने देखिदैन । घाम लागेको भएपनि न्यालु क्षेत्रमा दिउसै तापक्रम माईनस पाँचसम्म झर्ने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: